Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

प्रकाशकीयः तेस्रो वर्ष पार गर्दै हामी चौथो वर्षमा

संवादाताः रामचन्द्र वि.क.
पुस २२, २०८०

प्रहार मिडिया प्रा.लि.द्वारा प्रकाशित प्रहार खबर साप्ताहिक पत्रिका तेस्रो वर्ष पार गर्दै चौथो वर्षमा प्रवेश गरेको छ । तीन वर्ष अघि समाचारको अपरिहार्यतालाई पूरा गर्ने बाचा सहित सुरु गरिएको यात्रा चौथो वर्ष सम्ममा आइपुग्दा हामीले धेरै अनुभवहरू लिने मौका पाएका छौँ । यो तीन वर्षको अवधिमा लिइएका अनुभवलाई हामीले हाम्रो सम्पत्तिको रूपमा लिएका छौँ । देशलाई संकटमा पु¥याउने गरी फैलिइरहेको कोरोना महामारीकै बिच प्रकाशनमा रहेका पत्रिका समेत बन्द भइरहेकै बेला हामीले जोखिम मोलेरै सुरु गरेको प्रहार खबर साप्ताहिकलाई तीन वर्ष सम्म नियमित प्रकाशन गर्न सफल भएका छौँ । कोरोना महामारी, देशमा आएको आर्थिक संकट, विज्ञापन बजारमा ठुलो मन्दी र त्यसपछि आएका विभिन्न विपत्तिमा समेत पत्रिकालाई नियमित प्रकाशन गरेर जीवित राख्न सफल भएकोमा हामीले यो सफलतालाई ठुलो अवसरका रूपमा लिएका छौँ ।

यो तीन वर्षको अवधिमा रामेछाप जिल्लाबाट प्रकाशित साप्ताहिक पत्रिकामा प्रहार खबर साप्ताहिक पनि सशक्त एक संचार माध्यमको रूपमा उदाइसकेको छ । तीन वर्षे यात्रामा हामीले भोग्दै आएका चुनौतीका चाङलाई अवसरमा मात्र बदलेका छैनौँ । यो छोटो समयमा आम पाठकहरूको विश्वास जित्न पनि सफल भएका छौँ । यसलाई हामीले अर्को सफलता मानेका छौँ । आम पाठकहरूले दिएको माया र हाम्रा सामाग्री प्रति देखाएको विश्वास हामीले हाम्रो ठुलो सम्पत्ति मानेका छौँ । हामीले आर्जन गरेको यति ठुलो सम्पत्तिको श्रेय तपाईँ पाठकहरूमा नै जान्छ । पत्रिकाको भिडमा उदाएको प्रहार खबर साप्ताहिकले छुट्टै स्थान बनाउन सफल भएको हामीले महसुस गरेका छौँ । आम पाठकको चाहना अनुसार कोरोना कालमै सुरु भएर कोरोना महामारी र त्यसपछिका विभिन्न संकटमा समेत समाचारको अपरिहार्यतालाई पूरा गर्दै नियमित प्रकाशन भइरहेकाले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ ।

सकारात्मक सोच र सही सूचनाले मात्रै पत्रकारिताको जग बलियो हुन्छ भन्ने मान्यतालाई हामीले आत्मसात् गर्दै निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भीकतापूर्वक समाचार सामग्री प्रकाशन गर्ने दायित्वबाट हामी कहिल्यै भाग्ने छैनौँ । समाचार सामाग्री प्रकाशन गर्ने क्रममा हामीबाट अन्जानमा गल्ती भएको भए माफी माग्दै आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन हामी थप सचेत हुने छौँ ।

‘राम्रोलाई प्रचार प्रसार, नराम्रोलाई सिधै प्रहार’ भन्ने नारा लिएर सुरु भएको हाम्रो यात्रालाई कदापि पनि विचलित हुन दिने छैनौँ । संविधान विपरीत कार्य गर्ने विरुद्ध प्रहार खबरको खबरदारी कायमै रहने छ । समाजमा मौलाइरहेको भ्रष्ट्राचार, अनियमितता, हत्या, हिंसा, बलात्कार जस्ता अपराध जन्य गतिविधिका विरुद्धमा हाम्रो कलम चलिरहने छ । लामो संघर्षपछि स्थापना भएको सङ्घीयतालाई संस्थागत गर्ने जिम्मेवारी हामीमाथि पनि छ । तसर्थ लोकतान्त्रिक गणतन्त्रसँगै संघीयतामाथि धावा बोल्नेका विरुद्ध हामी सधैँ आवाज उठाइरहने छौँ । हामी कुनै पनि दलगत आस्था र विचारको स्वार्थको प्रभावमा परेका छैनौँ र भविष्यमा समेत दलगत आस्था र विचारको स्वार्थको प्रभावमा पर्ने छैनौँ ।

अबको हाम्रो प्राथमिकता यो तीन वर्ष सम्म लिएको अनुभवलाई थप परिमार्जन गर्दै संवेदनशील बन्दै आम पाठकहरूको चाहनाअनुसारको सामग्रीहरू पस्कनेमा केन्द्रित हुनेछ ।

अन्तमा कोरोनाको महामारीबाट सुरु भएर विभिन्न संकटहरुमा समेत नियमित प्रकाशनमा रहेर कष्टपूर्ण तीन वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने आम पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार साथीहरू, कर्मचारी लगायत सबैमा मनै देखि धन्यवाद दिन चाहन्छौँ । हामी चाहन्छौ तपाइको सल्लाह र सुझाव नियमित पाउँ । तपाइले दिने सल्लाह र सुझावलाई आत्मसात् गर्दै थप सशक्त बनेर अगाडि बढ्ने प्रण गर्दछौँ । 

रामचन्द्र वि‍.क.
अध्यक्ष एवं प्रधान सम्पादक

प्रहार खबर साप्ताहिकमा २०८० पौष २२ गते आइतबार प्रकाशित

Related Posts

पत्रपत्रिका

प्रहार खबर साप्ताहिक पत्रिका २०८१ चैत्र ३

संवादाताः हाम्रो प्रहार
चैत्र ३, २०८१
0

पुरा पढ्नुहोस्
पत्रपत्रिका

प्रहार खबर साप्ताहिक ६ असोज २०८१

संवादाताः हाम्रो प्रहार
अशोज ६, २०८१
0

पुरा पढ्नुहोस्
पत्रपत्रिका

प्रहार खबर साप्ताहिक ९ भदाै २०८१, अंक- २९

संवादाताः हाम्रो प्रहार
भदौ ९, २०८१
0

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper