Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछापको विकासलाई प्राथमिकतामा राख्छु– प्रधानमन्त्री दाहाल

संवादाताः रामचन्द्र वि.क.
पुस २२, २०८०

रामेछाप- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बिहीबार रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा आफ्नो भनाई राख्ने क्रममा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएको बेला सडक पूर्वाधारको लागि आवश्यक पर्ने आर्थिक सुनिश्चितता, ठुला जलविद्युत आयोजनाको काम सुरु, सिँचाई र खानेपानीको प्रबन्ध, पर्यटकीय क्षेत्रको विकास, कृषि क्षेत्रलाई परियोजनाकै रूपमा विकास गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेर रामेछापको विकासलाई अगाडि बढाउने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले रामेछाप जिल्लामा पर्ने मध्य पहाडी लोक मार्गका चार खण्ड मध्ये दुई खण्डको मात्रै ठेक्का लागेको र बाँकी दुई खण्डलाई पनि आवश्यक पर्ने आर्थिक स्रोतको व्यवस्था गरी तत्काल ठेक्का लगाई काम सुचारु गर्नको लागि संघीय सरकारले आर्थिक सुनिश्चितता गरिदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । त्यस्तै निकट भविष्यमै रामेछापको सुनापति गाउँपालिका सम्म पुग्ने कालोपत्रे सडकलाई गाल्बा हुँदै रामेछापको पर्यटकीय क्षेत्र शैलुङ सम्म पक्की सडकको रूपमा विकास गर्न आफू अग्रसर भएर लाग्ने बताएका छन् ।

उनले रामेछाप जिल्लामा भएको जलस्रोतलाई प्रयोग गर्दै विकास गर्न सकिने भएकाले विद्युत उत्पादनको रूपमा विकास गर्ने धारणा राख्दै सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनालाई चाँडै कार्यान्वयनमा लगेर देशकै अर्थतन्त्रमा सहयोग पु¥याउने गरी काम गर्ने भनाई राखे । रामेछापका अधिकासं ठाउँहरू सुक्खग्रस रहेको कुरा आफूलाई जानकारी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जिल्लालाई नै सुक्खग्रस्त क्षेत्र घोषणा गरी सिँचाइ सुविधा र खानेपानीको प्रबन्ध गर्न आवश्यक काम अगाडि बढाइने बताए । प्रधानमन्त्री दाहालले कृषि र पर्यटनमा आधारित उद्योग खोलेर रोजगारी सिर्जना गरी विदेश पलायन र बेरोजगारी रोक्ने स्थानीय तहहरूको योजनामा संघीय सरकारको सहयोग रहने र त्यसको लागि चीन र भारतले नेपालमा कृषिसँगै प्रविधिमा विकास गर्ने प्रतिबद्धता जनाएकाले ती आयोजना कार्यान्वयनमा आएपछि कुनै न कुनै आयोजना रामेछापमा लागु गरिने भनाई राखे ।

जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा रहेको शैलुङ पर्यटकीय पूर्वाधारको लागि बृहत् शैलुङ क्षेत्र विकास कोष निर्माण गरी सडक, बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट, स्वास्थ्य संस्था आदिको एकीकृत विकास गर्न संघीय सरकारको सहयोग रहने प्रधानमन्त्रीले विश्वास दिलाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफू यस अघि प्रधानमन्त्री हुँदा नै सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थान रहेको भँगेरीलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने र रामेछापकै ऐतिहासिक स्थान बेथान देखि दोरम्बा सम्म युद्ध पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना आफ्नै पालामा सुरु गर्ने प्रतिबद्धता समेत जनाए ।

रामेछापको विकासको लागि विभिन्न योजना सुनाएका प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको सरकारले एक वर्षको अवधिमा देश तथा विदेशमा रेकर्ड रहने गरी काम गरेको बताए । उनले देश भित्र नै रेकर्ड हुने विशेष गरी सामाजिक न्यायका कामहरू मिटरब्याजीबाट पीडित नागरिकलाई न्याय दिलाउने, नागरिकता बीहिन भएर बसेका झण्डै १० लाख नेपालीलाई नागरिकताको व्यवस्था गर्ने, देश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने र उनीहरूको भविष्य सुनिश्चित गर्ने प्रक्रियाको सुरुवात गर्ने जस्ता काम गरिएको बताए ।

यस अघि विभिन्न समयमा भएका भारतसँग भएका सहमति अनुसार १० वर्षमा १० हजार मेगावाट विद्युत विक्री गर्ने अन्तिम सम्झौता बिहीबार नै भएको र अब विद्युत व्यापारको क्षेत्रमा एउटा उपलब्धि भएको प्रधानमन्त्री दाहालको भनाई रहेको छ । उनले अब भारतसँगै बंगलदेशमा समेत नेपालको विद्युत विक्री गर्ने ढोका खुलेको बताए । 

आफू प्रधानमन्त्री हुने बेलामा अर्थतन्त्रमा नेपाल डुब्नै लागेको र अर्थतन्त्रमा अप्ठेरोमा परेका देशसँग नेपाललाई तुलना गरेर अब नेपाल ठुलो दुर्घटनामा पुग्छ भन्ने भास्या निर्माण गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार संचालन गरेको एक वर्षमा नेपालकै इतिहासमा विदेशी मुद्राको सञ्चिति १३ महिनालाई पुग्ने गरी जम्मा भएको दाबी गरे ।

फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले अहिले कतै–कतै गठबन्धनमा कुनै समस्या रहेको भन्ने कुराहरू आउने गरेको बताउँदै संविधानको रक्षा र कार्यान्वयन सँगै देश विकासलाई मुख्य आधार बनाएर पाँच वर्षका लागि बनेको गठबन्धन अन्तिम सम्म जाने बताए ।

भवन उद्घाटन कार्यक्रममा रामेछापको विकासको लागि प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ कान्छाराम, बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं, आनन्द कुमार श्रेष्ठ, सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ र उपाध्यक्ष गिता विष्ट चौलागाईंले प्रधानमन्त्री दाहाल सामु समग्र जिल्लाको विकासमा ध्यान दिन अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले रामेछाप विकासको लागि सांसदहरू र स्थानीय जनप्रतिनिधिहरूले राखेका मागलाई क्रमशः पुरा गर्दै जाने विश्वास दिलाएका थिए ।

३ करोड २८ लाख ४६ हजार ८ सय ८० रुपैयाँ ७ पैसामा निर्माण कार्य सम्पन्न भएको साढे तीन तला भवनमा हाल १० ओटा कोठा र २ ओटा हल रहेको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले जानकारी गराएका थिए । 

प्रहार खबर साप्ताहिकमा  २०८० पौष २२ गते आइतबार प्रकाशित

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper