Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home भिडियो

मन्थली बचतको नाफा मात्रै १ करोड ३० लाख

रामहरि केसी संवादाताः रामहरि केसी
२०७७ बैशाख १५

कुमार श्रेष्ठ, मन्थली- जिल्लाको सदरमुकाम मन्थलीमा रहेर आफ्नो सेवा संचालन गरीरहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५÷७६ मा १ करोड ३० लाख २३ हजार ८ सय त्रीसठ्ठी रुपैयाँ नाफा कमाउन सफल भएको छ। आर्थिक बर्षको असार समासन्त सम्ममा संस्थामा रहेका १२ हजार आठ सय शेयर सदस्यहरुबाट प्राप्त निक्षेपलाई ऋण लगानी गरी उक्त रकम नाफा कमाएको हो ।

शनिबार मन्थलीमा सम्पन्न सहकारीको २२ औं साधारण सभामा संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले संस्थाको आय–ब्यय विवरण प्रस्तुत गर्दै गत बर्ष सम्मको कुल सम्पत्ति ८० करोड ४० लाख ७१ हजार १ सय दुइ रुपैयाँ रहेको बताउनुभयो । त्यस्तै ५८ करोड ३९ लाख ७ हजार ३ सय सैतीस रुपैयाँ ऋण लगानी, ६२ करोड ७९ लाख ४४ हजार १ सय चवालीस रुपैयाँ बचत संकलन भएको र ७ करोड १ लाख १९ हजार रुपैया शेयर पुँजी रहेको कोषाध्यक्ष भट्टले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा संस्थाका सचिब गोबिन्द प्रसाद घिमिरेले २२ बर्ष अघि तामाकोशी सेवा समितिका ११ जना कर्मचारी र स्वयमसेवकहरुबाट संकलन गरिएको ११ हजार पुँजीबाट सुरुवात गरिएको मन्थली बचत गत बर्षमा राष्ट्रिय सहकारी दिवसमा राष्ट्रिय सहकारी महासंघबाट ३ नम्बर प्रदेशको उत्कृष्ठ सहकारी ब्यवसायबाट पुरस्कृत भएको र भारतको हिमाञ्चल प्रदेश अन्तर्गत रहेको सहकारीबाट आफू पनि अन्तराष्ट्रिय सहकारी पुरस्कार प्राप्त सफल भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुुमार बस्नेतले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख बस्नेतले नगरपालिका भित्र रहेका तर झोलामा कार्यालय राखेर ऐन नियम बिपरित काम गर्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले नगरपालिका भित्र रहेका साना ससहकारी संस्थाहरुलाई ठुला सहकारीहरुसँग एकीकरण गरेर अगाडी बढ्ने योजनामा नगरपालिका रहेको बताउनुभयो ।

साधारणसभाले कार्यकाल सकिएका अध्यक्ष धु्रब प्रसाद सुबेदी, उपाध्यक्ष रामचन्द्र बियोगी, सदस्य नानी मैया माझी र लेखा तथा सुपरीबेक्षण समितिका सदस्य कृष्ण बहादुर बस्नेतलाई पुनः सोहि पदहरुमानै निर्बाचित गरेको छ ।

Related Posts

कोरोना नियन्त्रणका लागि रामेछाप नगरपालिकाले के गरिरहेको छ ?
भिडियो

कोरोना नियन्त्रणका लागि रामेछाप नगरपालिकाले के गरिरहेको छ ?

खाँडादेवी गाउँपालिकाको ‘लकडाउन प्रभावितलाई राहत हैन रोजगारी’
भिडियो

Video

खाँडादेवी गाउँपालिकाको ‘लकडाउन प्रभावितलाई राहत हैन रोजगारी’
भिडियो

खाँडादेवी गाउँपालिकाको ‘लकडाउन प्रभावितलाई राहत हैन रोजगारी’

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper