Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि तथा दलित अधिकारको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।

साधारणसभाबाट राजकुमार खातीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा देवराज विश्वकर्मा, सचिवमा तेज दर्नाल, सहसचिवमा प्रकाश विश्वकर्मा तथा कोषाध्यक्षमा सहदेव विश्वकर्मा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा मानबहादुर विश्वकर्मा, सोममाया विश्वकर्मा, कविन्द्र नेपाली, सुनिल धमला, सरस्वती नेपाली, दीपा विश्वकर्मा, कल्यान विश्वकर्मा र निर्मला नेपाली चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले दलित समुदायको सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दोस्रो साधारणसभाको अवसरमा सुनापति गाउँपालिकामा निर्वाचित दलित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व गर्दै जनसेवा र सामाजिक रुपान्तरणमा योगदान पु¥याएको भन्दै गाउँ कार्यपालिकाका सदस्य मीनकुमार खाती र रिता कामी धमला तथा गाउँसभा सदस्यहरू कमला विश्वकर्मा, मैयाँ विश्वकर्मा, कमला जैरु र कुमारी विश्वकर्मालाई सम्मान गरिएको हो ।

यसैगरी, दलित अधिकार, सामाजिक न्याय तथा समुदायको हक–अधिकार स्थापनाका लागि निरन्तर सक्रिय रहँदै आएका दलित अधिकारकर्मी जेबी विश्वकर्मालाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले दलित समुदायको हकहित, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्न सामूहिक एकता, संगठनात्मक सुदृढीकरण र निरन्तर पैरवी आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । उनीहरूले दलित समुदायभित्र शिक्षा, चेतना र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

Related Posts

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper