
रामेछाप- नेपाली काँग्रेस रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका युवालाई समेट्दै समिति बिस्तार गरेको छ । काँग्रेसका युवा नेता संजय बुढाथोकीको संयोजकत्वमा गठित समितिले जिल्लाका सबै वडालाई समेटेर ८ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरेको समितिका संयोजक बुढाथेकीले बताए । बुढाथोकीका अनुसार प्रत्येक वडाबाट सक्रिय युवाहरूलाई समावेश गर्दै संगठन सुदृढीकरण, घरदैलो अभियान, मतदाता भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो ।




समितिले आगामी दिनमा वडा स्तरदेखि टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्दै चुनावी माहोललाई थप सशक्त बनाउने योजना बनाएको जनाएको छ । युवा शक्तिलाई संगठित गर्दै पार्टीको पक्षमा जनमत निर्माण गर्न समिति सक्रिय रूपमा परिचालन हुने संयोजक बुढाथोकीले बताएका छन् ।

















