Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा

संवादाताः हाम्रो प्रहार
माघ १५, २०८२

काठमाण्डौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछाप जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा भएको विकासमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेस रामेछापका भातृ तथा शुभेच्छुक संस्थाहरूले बिहीबार काठमाण्डौँमा आयोजना गरेको बृहत् चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उपसभापति शर्माले पञ्चायतकालमा केन्द्रसँग नजोडिएको रामेछाप बहुदल आएपछि कांग्रेसकै नेतृत्वमा सडक, पुल, विद्युत् र सञ्चार सेवासँग जोडिएको बताए ।

“खुर्कोटको पुलदेखि मन्थली–रस्नालु हुँदै कुपुकास्थली जाने बाटोसम्म, ओखलढुङ्गा जोड्ने पुराना सदरमुकामका सडकसम्म कांग्रेस कहीँ न कहीँ जोडिएको छ,” उनले भने, “पहिले सदरमुकाम वा काठमाडौँ आएर पढ्नुपर्ने अवस्था थियो, आज गाउँमै प्लस टु पढ्न पाइरहेको छ, त्यसमा पनि कांग्रेसको भूमिका छ ।”

उनले विगतमा भएका कमजोरीहरू स्वीकार गर्दै कांग्रेसले आत्मसमीक्षा गरेको पनि बताए । “हामीले गर्न नसकेका काम, ढिला भएका आयोजना, गुणस्तरहीन सडक, समयमा नसकिएका परियोजनाका कारण नागरिक हामीसँग रिसाएका छन्,” शर्माले भने, “त्यसैले भदौ २३ र २४ पछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्‍यो, हामीले माफी पनि माग्यौँ ।”

शर्माले कांग्रेसको अहिलेको मूल एजेन्डा सद्भाव, सुशासन र समुन्नति भएको उल्लेख गर्दै समाजमा सबैभन्दा पहिला सद्भाव आवश्यक रहेको बताए । “जित–हार चलिरहन्छ, तर समाज जोडिनुपर्छ,” उनले भने ।

कार्यक्रममा शर्माले रामेछापबाट कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काको खुलेर प्रशंसा गरे । “दाग नलागेको, नैतिकता र आदर्शमा उभिएको व्यक्तित्वका रूपमा रामचन्द्र दाइलाई हामी श्रद्धा गर्छौँ,” उनले भने, “उहाँ संसदमा पुग्दा केवल सांसद होइन, रामेछापका अभिभावकका रूपमा उभिनुहुनेछ ।”

उनले रामेछापका मतदातालाई रूख चिन्हमा मतदान गर्दै कांग्रेसको भावी नेतृत्वलाई पनि समर्थन गर्न आग्रह गरे । “रूख चिन्हमा परेको मत केवल उम्मेदवारका लागि मात्र होइन, देशको प्रधानमन्त्री बन्ने नेतृत्वका लागि पनि हो,” शर्माले भने, गगन थापाको नेतृत्वप्रति भरोसा गर्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यकर्तालाई लक्षित गर्दै उनले निर्वाचन परिचालनमा काठमाडौँमा बस्नुभन्दा गाउँ–गाउँमा खटिन निर्देशन दिए । “जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहीँ,” उनले भने, “फागुन २१ सम्मका ३० दिन जमिनमै जानुस्, आफ्नो वडा, आफ्नो टोल, आफ्नो गाउँमा काम गर्नुस् ।”

शर्माले रामचन्द्र खड्काले यसपटक सांसद भएर जितेपछि नेतृत्व नयाँ पुस्तालाई सुम्पिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै स्थानीय तहको आगामी निर्वाचनलाई ध्यानमा राखेर अहिलेबाटै तयारी गर्न कार्यकर्तालाई आग्रह गरे । “वडाध्यक्ष, मेयर, पालिकाका नेतृत्वका लागि आजैदेखि गाउँमा मुभ गर्नुभयो भने भोलि जित सम्भव हुन्छ,” उनले भने ।

उनले सबैलाई एकजुट भएर चुनावी अभियानमा लाग्न आग्रह गर्दै भने, “फागुन २१ पछि रामेछापले हजारौँ मतले कांग्रेसका उम्मेदवारलाई विजयी गरायो भन्ने सन्देश देशभर जानेछ, त्यो काम तपाईंहरूले गरेर देखाउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।”

Related Posts

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper