Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

सुनापति गाउँपालिका सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

संवादाताः हाम्रो प्रहार
कार्तिक १६, २०८२

रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेर सुरुवात गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सात वर्ष देखि संचालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खेलकुद प्रति रुची बढाउन, शारीरिक र मानसिक रूपमा समेत विकास पुग्ने विश्वास व्यक्त गरे । उनले खेलकुदको माध्यमबाट गाउँपालिकाको प्रतिष्ठा बढाउने र सामाजिक एकता कायम गर्नमा समेत सहयोग पुग्ने धारणा राखे । अध्यक्ष तामाङले गाउँपालिकालाई खेलकुदको माध्यमबाट चिनाउन विभिन्न खेलकुदको आयोजना गर्दै आएको र आगामी वर्ष हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापति गाउँपालिकाले गर्ने घोषणा पनि गरे । त्यस्तै उपाध्यक्ष गिता विष्टले सुनापति गाउँपालिकाले खेलकुदको क्षेत्रमा भएको लगानीले प्रतिफल दिँदै गएको र युवाहरू खेलकुदमा आकर्षित हुँदै गएको भनाइ राखिन् । उनले सुनापति गाउँपालिकालाई खेल पर्यटनको रूपमा विकास गर्ने गरी काम र प्रतियोगिताहरू भइरहेको बताइन् । 

प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रतियोगिताको पहिलो संस्करणदेखि सातौँ संस्करण सम्ममा आइपुग्दा विद्यार्थीमा खेल प्रतिको लगाव र प्रदर्शनले सुनापतिमा खेलकुदको विकास दिगो रूपमा अगाडि बढेको प्रमाणित हुँदै गएको धारणा राखे । 

त्यस्तै कार्यक्रममा सुनापति गाउँपालिका वडा नं १ का वडाध्यक्ष ध्रुब चौलागाई, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर लगायतले प्रतियोगिताको शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा सहभागी अतिथि, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतलाई सुनापति गाउँपालिका खेलकुद विकास समितिका उपाध्यक्ष सोम तितुङले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । 

उद्घाटन पश्चात् मार्च पास र नृत्य प्रतियोगिता भएका थिए भने एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेल विधाका केही खेलहरू पनि सम्पन्न भएका छन् । आइतबार भलिबल अन्तरगत पुरुष तर्फ पहिलो खेल कृष्णपुरी मावि र अग्लेश्वर मावि बिच भएको छ । खेलमा अग्लेश्वरले जित हासिल गरेको छ । कबड्डी अन्तरगत महिला तर्फ सतलिङ्गेश्वर मावि र कृष्णपुरी मावि बिच प्रतिस्पर्धा भएको छ । दुई विद्यालयबिचको प्रतिस्पर्धामा कृष्णपुरी माविले जितेको छ । त्यस्तै एथलेटिक्स विधा अन्तरगत महिला र पुरुष तर्फका ज्याब्लिङ थ्रो, सट फुट र लङ जमका खेलहरू समेत सम्पन्न भएका छन् । 

बाँकी खेल सोमबार बिहान ७:३० बजेदेखि सुरु गरिने सुनापति गाउँपालिका खेलकुद विकास समितिका सचिव दिनेश नेपालीले बताए । 

प्रतियोगितामा गाउँपालिकाका ९ ओटा माविहरू सहभागी भएको समितिका सचिव दिनेश नेपालीले बताए । नेपालीका अनुसार ९ ओटा विद्यालयका विद्यार्थी खेलाडीहरूले २० स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

Related Posts

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने
समाचार

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा
समाचार

लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper