Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरणका सबै कार्यक्रममा बीमा

संवादाताः रामचन्द्र वि.क.
साउन ३०, २०८१

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले आफ्नो कार्यालयबाट संचालन हुने कार्यक्रमहरूमा अनिवार्य बीमा गर्नु पर्ने गरी योजना अगाडि बढाएको छ । चालु आर्थिक वर्षको लागि विनियोजित सबै कार्यक्रमहरूलाई अनिवार्य बीमा गराएर किसानहरूले विभिन्न कारणले भोग्दै आएका जोखिमहरूलाई न्यूनीकरण गराउने उद्देश्य सहित परियोजनाबाट संचालन हुने अनुदानका कार्यक्रममा अनिवार्य बीमा गर्ने योजना अगाडि बढाइएको परियोजनाले बताएको छ ।

परियोजनाले संचालन गरेका रामेछाप र दोलखाका जोन क्षत्र भित्रका किसानहरूलाई लक्षित गरी बीमा कार्यक्रम अनिवार्य गर्न लागिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए । जुनार जोन, आलु जोन, बाख्रा जोन र किवी जोन मार्फत परियोजनामा आबद्ध भएर काम गर्ने किसानहरूले विगतका वर्षहरूमा गरेका काममा विभिन्न कारणहरूले क्षति बेहोर्नु परेको र बीमा नगरेको कारण कतिपय किसानहरू कृषि पेशाबाटै पलायन हुनु पर्ने अवस्था देखिएकाले जोखिम बहन गर्नको लागि बीमालाई अनिवार्य गराउन लागिएको प्रमुख गैह्रेले बताए । 

बीमालाई अनिवार्य गराउनै पर्ने कारण बताउँदै गैह्रेले भने,‘पशु र बाली बीमा गर्नको लागि ८० प्रतिशत रकम राज्यले नै दिँदै आएको छ तर, अझै पनि किसानहरूले बीमा गराउँदैनन् । जसको कारण किसानहरूले लाखौँको क्षति बेहोर्नु परेको छ । जोन मार्फत कार्यक्रम गरेका किसानले पनि विभिन्न जोखिमहरू भोग्दै आएकाले अब त्यस्तो जोखिम न्यूनीकरण गर्नको लागि परियोजनाबाट संचालन हुने अनुदानका सबै कार्यक्रममा बीमा अनिवार्य गर्न लागेको हौँ । यसले किसानलाई ठुलो सहयोग पुग्छ । त्यस कारण हामीले निर्जीवन बीमा कम्पनीहरूको सहकार्यमा पशु र बाली बीमा गर्ने तयारी गरेका छौँ ।’

परियोजनामा सूचीकृत भएका कृषि फार्म, कृषि सहकारी, कृषि समूह लगायतका प्रतिनिधिहरूलाई परियोजनाबाट गरिने कामको लागि सम्झौता गर्नु भन्दा पहिला नै बीमा अनिवार्य गर्नु पर्ने कुराका जानकारी गराउँदै उनीहरूलाई बीमामा समेट्ने योजना रहेको परियोजना प्रमुख गैह्रेको भनाई रहेको छ । किसानहरूलाई बीमामा जोड्नको लागि एनएलजी इन्स्योरेन्स रामेछापसँग (निर्जीवन बीमा कम्पनी) सहकार्य गरेर काम गर्ने तयारी समेत भएको उनले बताए । 

परियोजनाले जुनार जोन, बाख्रा जोन, आलु जोन र किवी जोन मार्फत निर्माण हुने भौतिक संरचना, वितरण हुने कृषि यन्त्र उपकरण र उत्पादन हुने पशु तथा बालीमा बीमा गर्ने तयारी भइरहेको प्रमुख गैह्रेले बताए ।

परियोजनासँग सहकार्य गरेर काम गर्न तयार छौँ– धमला 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा मन्थलीका प्रमुख मोहन धमलाले परियोजना कार्यान्वयन इकाई रामेछापले अगाडि सारेको योजना अनुसार आफ्नो कम्पनी काम गर्न तयार रहेको बताएका छन् । एनएलजी इन्स्योरेन्स रामेछापले यस अघि पनि कृषि बीमा गरिरहेको र परियोजनाले भने अनुसारको बीमा पनि गर्न सकिने भएकाले त्यो कामलाई अगाडि बढाउन सकिने धमलाको तर्क रहेको छ । किसानहरूले बीमाको बारेमा राम्रोसँग नबुझेको कारण बीमामा आबद्ध हुन नसकेको बताउँदै परियोजनासँगको सहकार्यमा काम गर्दा धेरै किसानलाई सहजै समेट्न सकिने धमलाको दाबी छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper