Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

१६ वर्षको उमेरमा पञ्चायती विरुद्ध लाग्दा प्रहरी हिरासतमा पुगेका कान्छाराम ५९ वर्षमा मन्त्री

संवादाताः रामचन्द्र वि.क.
साउन १९, २०८१

रामेछाप- समाजसेवासँगै राजनीतिमा होमिएका पूर्णबहादुर तामाङ कान्छाराम शुक्रवार संघीय सरकारको राज्यमन्त्रीमा नियुक्त भए । उनी सहित ३ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाए । तीन राज्यमन्त्री मध्ये रामेछापबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पूर्णबहादुर तामाङ कान्छारामलाई ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । २०७९ को निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित तामाङ देशै भरीका १६५ (प्रत्यक्ष तर्फ) निर्वाचन क्षेत्र मध्ये सबै भन्दा बढी मत ल्याएर निर्वाचित हुने प्रतिनिधि सभा सदस्य मध्ये चौथो नम्बरमा पर्दछन् । ४७ हजार ९९ मत ल्याएर निर्वाचित तामाङलाई माओवादीको साथले गर्दा चुनाव जित्न त्यति अप्ठेरो परेन । उनले नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुंगेललाई सजिलै पराजित गरे ।

चुनावी अभियानको क्रममा विपक्षी दललाई गाली गर्ने भन्दा पनि आफूले गरेको समाज सेवाको कामलाई भाषणमा व्यक्त गरेका तामाङले आफू निर्वाचित भएपछि पनि आफ्नो समाजसेवाको अभियानलाई कायम राख्दै सरकारको तर्फबाट गर्नु पर्ने थप काम गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाली काँग्रेस रामेछापको पार्टी सभापति समेत रहेका उनै पूर्णबहादुर तामाङ (कान्छाराम) अहिले नागरिकसँग प्रत्यक्ष जोडिने ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्रीमा नियुक्ति भएका छन् । राज्य मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण पश्चात् देशभरका नागरिकहरूका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाइसकेका छन् । डुबान क्षेत्रमा परेका शहरहरु र गाउँका बस्तीलाई जोगाउँदै व्यवस्थित बनाउने, नेपालको जलश्रोतको अधिकतम उपयोग गरेर विद्युत उत्पादन गर्ने लगायतका काम गर्नेमा आफ्नो ध्यान जाने उनले पदभार ग्रहण पश्चात् आफ्नो धारणामा व्यक्त गरेका छन् ।

को हुन ? राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)

२०२२ सालमा विकट गाउँको सामान्य परिवारमा जन्म

रामेछापको सदरमुकाम मन्थलीबाट उत्तरी क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नं १ तत्कालीन चुचुरे गाविसमा बुबा शेर बहादुर तामाङ र  आमा जमुना तामाङको पाँच भाइ छोरा मध्ये कान्छो छोराको रूपमा वि. सं. २०२२ साल साउन १५ गते जन्मिएका थिए पूर्णबहादुर तामाङ (कान्छाराम) । विकट गाउँको गरिब परिवारमा जन्मिएका पूर्णबहादुरको परिवारले गरिबीको पीडा के भन्ने कुरा राम्रो सँग बुझेको थियो । गाउँ छोड्नु भन्दा पहिलाको कुरा स्मरण गर्दै पूर्णबहादुरले आफ्नो परिवार गरिब रहेको र बुबाले परिवार चलाउनको लागि सुर्ती व्यापार गर्ने गरेको सुनाउँछन् ।

२०३८ सालमा पञ्चायती व्यवस्था विरुद्ध लाग्दा प्रहरीको हिरासतमा

वि.सं. २०३८ सालमा पञ्चायती व्यवस्था विरुद्ध लाग्दा पूर्णबहादुर तामाङ (कान्छाराम) सहित ६ जना पहिलो पटक प्रहरी हिरासतमा पुगेका थिए । तर, त्यति बेला उनी सँगै प्रहरी हिरासतमा पुगेका ६ मध्ये सबै भन्दा सानो उमेरको भएको कारणले गर्दा प्रहरीले छोडिदिएको उनी आफै बताउँछन् । पूर्णबहादुरकै भनाइ अनुसार प्रहरीले छोडेपछि उनलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको र २०४६/४७ सालबाटै पद्मशंकर अधिकारी मार्फत नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएका हुन् । सानै उमेरदेखि राजनीतिमा चासो देखाएका तामाङ २०४७ साल देखि भने नेपाली काँग्रेसको राजनीतिमा बढी सक्रिय रहेका छन् ।

२०३९ सालमा गाउँ छाडेका कान्छाराम २०४२ साल देखि निर्माण व्यवसायमा

परिवारको गरिबी, सानै उमेरमा पञ्चायती व्यवस्था विरुद्ध लाग्दा प्रहरीको हिरासत पुगेको पीडा लगायतका दर्जनौँ पीडालाई मेटाउन पूर्णबहादुर तामाङ (कान्छाराम) २०३९ सालमा गाउँ छोडेर शहर तिर लागे । २०३९ साल देखि करिब २/३ वर्षको अवधिमा उनले धेरै समस्याहरू भोग्नु परेको उनी आफै सुनाउने गर्छन् । गाउँबाट धेरै सपना बोकेर काठमाण्डौ शहर छिरेका कान्छारामले २०४२ साल देखि आफूलाई निर्माण व्यवसायमा समर्पित गरे । गाउँ हुँदा दुःख के भनेर राम्रो सँग बुझेका उनले आफूले रोजेको निर्माण क्षेत्रबाटै आफ्नो पहिचान बनाउने र त्यहिबाट समाजसेवा गर्ने उनको धोको त्यही बिचमा पुरा भयो र उनी नेपालका (क) वर्गको निर्माण व्यवसायी बन्न सफल भए ।

२०५४ सालमा चुचुरे गाविसको उपाध्यक्षको टिकट

निर्माण क्षेत्रबाट आफ्नो पहिचान बनाउन सफल भएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफ्नो राजनीतिलाई पनि निरन्तर अगाडि बढाइ राखेका थिए । २०४६/४७ सालमै नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएका उनले आफू आर्थिक रूपमा बलियो र उमेरले समेत परिपक्क भएपछि २०४७ साल देखि नेपाली काँग्रेसको राजनीतिमा बढी सक्रिय हुने थाले । काँग्रेसको राजनीतिमा सक्रिय भएकै कारण २०५४ सालमा तत्कालीन चुचुरे गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचन लड्न पार्टीले उनलाई टिकट दिएको भए पनि उनले उक्त टिकट अर्कैलाई दिएका थिए । त्यसपछि उनलाई काँग्रेसको राजनीतिमा झन् बलियो बनाउँदै लगेको उनी आफै दाबी गर्छन् ।

२०५६ सालमा काँग्रेसको क्षेत्रीय प्रतिनिधि

२०५६ सालमा चुचुरे गाविसबाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि बनेर रामेछाप काँग्रेसको अधिवेशनमा भाग लिने अवसर पाएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले त्यसपछि लगातार रूपमा काँग्रेसको राजनीतिमा आफ्नो दायरा बढाउँदै गएका थिए । त्यसपछि उनी नेपाली काँग्रेस रामेछापको बाह्रौँ जिल्ला अधिवेशन देखि चौधौँ अधिवेशन सम्ममा आइपुग्दा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र रामेछापको पार्टी सभापति सम्मको पद लिइसकेका छन् । 

२०६७ सालमा महाधिवेशन प्रतिनिधि

रामेछापमा दुई निर्वाचन क्षेत्र भएको बेला २०६७ सालमा भएको नेपाली काँग्रेसको १२ औँ अधिवेशनमा रामेछाप क्षेत्र नं १ बाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । जिल्ला पार्टी सभापति हुनको लागि समेत महाधिवेशन प्रतिनिधि जित्नु पर्ने नेपाली काँग्रेसको विधान अनुसार उनले निर्वाचन प्रक्रियाबाट नै आफू महाधिवेशन प्रतिनिधि बनेका थिए । उनले त्यति बेला जिल्ला तहका कुनै पनि पदमा उम्मेदवार दिएनन् । बरु पार्टी प्रति जिम्मेवार भएर आफ्नो व्यवसायलाई अगाडि बढाउँदै समाजसेवामा बढी सक्रिय हुन थाले ।

२०७० सालमा संविधान सभा सदस्यको समानुपातिक सूचीमा

पार्टीको महाधिवेशन प्रतिनिधि भइसकेका पूर्णबहादुरलाई नेपाली काँग्रेसले २०७० साल भएको दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचीमा राखेको थियो । ३ सय ३५ जनाको बन्दा सूचीमा नाम समावेश भएको भए पनि नेपाली काँग्रेसले प्राप्त गरेको समानुपातिक तर्फको मत अनुसार ९१ जना मात्रै समानुपातिक तर्फको सूचीबाट संविधान सभा सदस्य बन्ने निश्चित भयो । यसरी बन्द सूचीको क्रम संख्या १ देखि ९१ भित्र उनको नाम समावेश नभएको कारण त्यो पटक उनी संविधान सभा सदस्य हुन सकेनन् ।

२०७२ सालमा महासमिति सदस्य 

बाह्रौँ अधिवेशनमा महाधिवेशन प्रतिनिधि जितेका पूर्णबहादुर तामाङ कान्छारामले २०७२ सालमा भएको १३ औँ महाधिवेशनमा पनि सबै भन्दा बढी मत ल्याउँदै दोस्रो पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । त्यो बेला नेपाली काँग्रेस मात्रै नभएर रामेछापको सिंगो राजनीतिमा उनको निकै चर्चा चलेको थियो । त्यो पटक पनि उनले जिल्लाको पार्टी सभापति लगायत अन्य कुनै पदमा उम्मेदवारी दिएनन् । बरु नेपाली काँग्रेसको नीतिगत निर्णय गर्ने ठाउँको सदस्यको हैसियत बनाउँदै रामेछापबाट महासमिति सदस्य चयन भएर महासमितिको बैठकमा भाग लिने अवसर पाए ।

२०७४ मा प्रत्यक्षको तर्फको उम्मेदवार

देशमा संविधान जारी भएपछि पहिलो पटक संघीय संरचना अनुसार २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन हुने भयो । मुलुकमा सङ्घीयता लागु हुनु भन्दा अगाडि दुई निर्वाचन क्षेत्र भएको रामेछापमा सङ्घीयता कार्यान्वयनमा आए सँगै एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सीमित भयो । त्यो बेला नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने दौडमा धेरै नेताहरू थिए । तर, प्रतिनिधि सभा सदस्यको टिकट पूर्णबहादुर तामाङ कान्छारामले पाए । टिकट पाउन उनलाई जति आफ्ठेरो परेको थियो, जित निकाल्नको लागि त्यो भन्दा अप्ठेरो थियो । किनकि देशका दुई ठुला कम्युनिस्ट पार्टीहरूको बाम एकता भएर चुनाव जाने निश्चित भइसकेको थियो । त्यति हुँदा हुँदै पनि उनले काँग्रेसको तर्फबाट चुनाव जित्ने दाबी सहित निर्वाचनमा होमिए । तर बाम गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार बनेका माओवादीका श्याम कुमार श्रेष्ठ (कुशल) बाट उनी पराजित हुन पुगे । निर्वाचित श्रेष्ठले ४२ हजार १ सय १७ मत ल्याउँदा पराजित भएका तामाङले ३५ हजार ७ सय ७१ मत ल्याएका थिए ।

२०७८ सालमा जिल्ला सभापतिमा निर्वाचित

२०७८ सालमा भएको नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनमा उनले पार्टी सभापति बन्ने इच्छा राखे । उनले आफूलाई पार्टी सभापति बनाउन जिल्लाका धेरै नेताहरूलाई अनुरोध गरे । तर उनलाई कसैले पनि साथ नदिने संकेत देखिएपछि कुनै पनि प्यानल नबनाइ एक्लै निर्वाचन लड्ने सोच बनाए र सोही अनुसार उनले १४ औँ जिल्ला अधिवेशनमा भाग लिए । जिल्ला सभापतिमा चुनाव लडेका ३ उम्मेदवार मध्ये पूर्णबहादुरले पहिलो चरणमा सबै भन्दा बढी ६ सय ६८ मत ल्याए । तर, काँग्रेसको विधान अनुसार ५१ प्रतिशत मत ल्याएपछि मात्रै निर्वाचित हुने प्रावधान अनुसार उनी फेरि निर्वाचन लड्ने तयारी गरिएको बेला दोस्रो भएका लवश्री न्यौपानेले उनलाई सघाएपछि नेपाली काँग्रेस रामेछापको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा रामेछापमा काँग्रेस पहिलो

२०७९ वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पूर्णबहादुर तामाङकै नेतृत्वमा रामेछापमा नेपाली काँग्रेस पहिलो बनाउन सफल भए । जिल्लाभर ८ स्थानीय तहका ६४ वडामा काँग्रेसले २४ वडाध्यक्ष, एक नगर प्रमुख र उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष र तीन गाउँपालिका उपाध्यक्ष निर्वाचित गराए भने जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा समेत काँग्रेसकै तर्फबाट नेतृत्व दिलाउन उनी सफल भए ।

२०७९ मा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनमा निर्वाचन हुने भयो । रामेछाप जिल्ला २०७४ मा माओवादीले जितेको कारण माओवादीले नै टिकट पाउने सबैले आकलन गरिरहेका थिए । तर निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछाप काँग्रेसको भागमा परेको र टिकट पनि पूर्णबहादुर तामाङ (कान्छाराम) को निश्चित भएपछि निर्वाचनमा होमिएका उनले एमालेका उम्मेदवारलाई सजिलै पराजित गरे ।

राजनीति भन्दा पनि समाजसेवामा खुसी हुने कान्छाराम

राजनीतिमा बढी सक्रिय पूर्णबहादुर तामाङ (कान्छाराम) समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । रामेछापको गुम्देल देखि गौश्वरा सम्मको भूगोल र त्यहाँका नागरिकको दुःख बुझेका तामाङले रामेछापमा विभिन्न समयमा गरी १३ ओटा एम्बुलेन्स र एउटा शवबहान निःशुल्क वितरण गरेर बिरामी नागरिकलाई उपचारमा सहजीकरण गर्ने काम गरेका छन् । कोरोनाको समयमा मन्थलीको तामाकोशी अस्पतालमा २ बेड आइसियु बेड उपलब्ध गराएका थिए । कोरोनाको बेला उनले दिएका एम्बुलेन्समा निःशुल्क बिरामी बोक्ने काम पनि उनले गरे । त्यति मात्रै हैन उनले जिल्लाको जुनसुकै ठाउँमा विपत्ति पर्दा आफ्नो व्यक्तिगत रूपमा धेरै सहयोग गर्दै आएका छन् । बौद्ध धर्ममा आस्था राख्ने उनी जिल्लाका सबै धर्म मान्ने मानिसलाई समान रूपमा व्यवहार गर्दै गाउँमा बनेका गुम्बा, धर्मशाला, मठ–मन्दिर आदिमा आफूले सकेको सहयोग पनि निरन्तर रूपमा गरिरहेका छन् ।

२०८१ सालमा संघीय सरकारको राज्यमन्त्री

अहिले उनै पूर्णबहादुर तामाङ (कान्छाराम) संघीय सरकारको ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री बनेका छन् । उनीबाट रामेछापवासीले रामेछापको धेरै विकास हुनेमा ठुलो अपेक्षा राखेका छन् ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper