Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा जातीय भेदभावको अन्त्य र अधिकार प्रवर्द्धनका लागि पहिलो पटक बन्यो सरकारी संयन्त्र

संवादाताः हाम्रो प्रहार
साउन १०, २०८१

रामेछाप- रामेछापमा पहिलो पटक जातीय भेदभाव र छुवाछूतको अन्त्य तथा दलित अधिकार प्रवर्द्धन गराउने उद्देश्यले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी संयन्त्र बनेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेका बैठकले जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७३ अनुसार जिल्ला स्तरीय संयन्त्र बनेको हो ।

आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा उल्लेख गरिएबमोजिम समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतको अन्त्य तथा दलित अधिकार प्रवर्द्धन गराउने उद्देश्यले नेपाल सरकारको मन्त्रिपरिषद्ले जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७३ बनाएको थियो । तर जिल्लामा अहिलेसम्म समिति गठन नै हुन सकेको थिएन । पछिल्लो समय रामेछापको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले चासो देखाएसँगै आठ वर्षपछि पहिलो पटक दलित अधिकारकर्मी सहितको संलग्नतामा समिति गठन भएको छ । 

कार्यविधि अनुसार समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारी, सदस्यहरूमा क्रमशः स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुख, जिल्ला प्रहरी प्रमुख, जिल्ला सरकारी वकिल, महिला विकास अधिकृत, नेपाल बार एशोसिएसनका जिल्ला अध्यक्ष, प्रजिअले मनोनयन गरेका दलित अधिकारको क्षेत्रमा काम गरिरहेका ५ सदस्य र जिल्ला विकास समितिको योजना अधिकृत सदस्य सचिव रहेन व्यवस्था छ ।

कार्यविधि नेपाल संघीयतामा जानु भन्दा अगाडि नै जारी भएको भए पनि संघीयतापछि बनेका कार्यालयका प्रमुखहरू सदस्य रहने गरी संयन्त्र बनाउने बैठकको निष्कर्ष भएपछि हालको संरचना अनुसार नै समिति बनाइएको प्रजिअ निरौलाले बताइन् । यसरी बनेको समितिमा प्रमुख जिल्ला अधिकारी संयोजक र सदस्यहरूमा क्रमशः जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता, जिल्ला समन्वय समितिका समन्वय अधिकारी,  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक, शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत, मन्थली नगरपालिकाका महिला शाखा प्रमुख र जिल्ला बार एशोसियसनका अध्यक्ष रहेका छन् । त्यस्तै प्रमुख जिल्ला अधिकारीले मनोनयन गर्ने पाँच दलित अधिकारकर्मीबाट सदस्य बन्नेहरूमा नवराज विश्वकर्मा, रामचन्द्र वि.क., दृष्टि खाती, कुमारी दाश र कमला वि.क. रहेका छन् ।

समितिको बैठक संयोजकको आदेशअनुसार आवश्यक्ता अनुसार बस्ने बताइएको छ । प्रजिअ निरौलाले कार्यविधिको संशोधन आवश्यक रहेको बताउँदै यस विषयमा दलित आयोगलाई समेत ध्यानकर्षण गराइएको बताइन् ।

जिल्ला भित्र जातीय भेदभाव तथा छुवाछुतका घटनाहरू हुन नदिन समितिका सबै पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने र जातीय भेदभाव तथा छुवाछुतको सम्बन्धमा गुनासो आएमा समितिको बैठक बसी आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव निमित्त जिल्ला समन्वय अधिकारी रमेश घिमिरेले जानकारी दिए ।

जिल्लामै पहिलो पटक जातीय भेदभाव र छुवाछूतको अन्त्य तथा दलित अधिकार प्रवर्द्धन गराउने उद्देश्यले प्रमुख जिल्ला अधिकारीको संयोजकत्व सरकारी संयन्त्र बन्नु विभेद खेपिरहेका दलित समुदायको लागि सुखद पक्ष रहेको यसलाई सक्रिय बनाउनु पर्नेमा दलित अधिकारकर्मी गम्भिर विकले जोड दिए ।

प्रधानमन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय समिति, नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा एक केन्द्री समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय समिति रहने कार्यविधिमा उल्लेख छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper