Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापतिको आव २०८०/०८१: लक्ष्य भन्दा बढी राजश्व संकलन, १ सय २५ योजना सम्पन्न

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०८१ श्रावण २

रामेछाप– सुनापति गाउँपालिकाले गएको आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा बढी राजश्व उठाउने देखि नीति तथा कार्यक्रममा समेटिएका १ सय २५ योजनाहरू सम्पन्न गर्ने सम्मका काम गरेको छ । सुनापति गाउँपालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका आफ्ना वार्षिक कार्यक्रम, बजेट, खर्चको अवस्था, सेवाको गुणस्तरीयता, विकास निर्माण आयोजना र त्यसको प्रभावका विषयमा सोमवार आयोजित सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको प्रगति विवरण अनुसार नीति तथा कार्यक्रममा समेटिएका सबै जसो योजना सम्पन्न भई भुक्तानी समेत भएको उल्लेख छ । 

सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले प्रस्तुत गरेको विवरणमा वडागत रूपमा विनियोजित योजनाहरूमा वडा नं १ मा १६ ओटा, वडा नं २ मा १६ ओटा, वडा नं ३ मा २७ ओटा, वडा नं ४ मा ३८ ओटा र वडा नं ५ मा २८ ओटा गरी जम्मा १ सय २५ ओटा योजनाहरू सम्पन्न भई रकम भुक्तानी समेत भइसकेको छ । 

हाम्रो प्रहार डटकम

पूर्वाधार तर्फ ७५ मिटर सडक ढलान तथा कालोपत्रे, २.५ किलोमिटर सडक स्तरोन्नति, २.५ किलोमिटर नयाँ सडक बिस्तार, १ ओटा वडा कार्यालयको नयाँ भवन सम्पन्न, १० शैयाको आधारभूत अस्पताल सम्पन्न, विभिन्न ठाउँमा सामुदायिक भवनहरू निर्माण, ११ ओटा यात्रु प्रतिक्षालय सम्पन्न, एक घर एक धारा कार्यक्रम निरन्तर रहेको, १ पक्की र १ झोलुङ्गे पुल सम्पन्न भएको लगायतका विवरणहरू उल्लेख छन् । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित कृषि तर्फ मकै बाली पकेट कार्यक्रम, च्याउ पकेट विकास कार्यक्रम, कृषि यान्त्रीकरण कार्यक्रम, टिमुर र सिस्नु खेती प्रवर्द्धन कार्यक्रम लगायतका कार्यक्रम पनि सम्पन्न भएको उल्लेख छ । 

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रस्तुत गरेको विवरण अनुसार कृषि, शिक्षा, स्वास्थ्य, पशुपन्छी, उद्यम विकास, पर्यटन, महिला तथा बालबालिका, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका क्षेत्रमा विनियोजित कार्यक्रमहरू परिणाम देखिने गरी सम्पन्न भएका छन् । 

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ५६ करोड ७२ लाख ८१ हजार ९ सय ९२ रुपैयाँ ७८ पैसामा चालु तर्फ २८ करोड ३७ लाख १ हजार ३२ रुपैयाँ र पुँजीगत तर्फ १५ करोड ९ लाख ९६ हजार ७ रुपैयाँ खर्च भएको छ । विनियोजित जम्मा बजेटको ७८.९३ प्रतिशत अर्थात् ४४ करोड ७७ लाख ८४ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको छ । 

त्यस्तै गाउँपालिकाकाले आर्थिक वर्ष २०८०/०८१ मा ३० लाख राजश्वका उठाउने प्रक्षेपण गरिएको र प्रक्षेपण भन्दा ६४.३१ प्रतिशत बढी राजश्व संकलन गरेको छ । गाउँपालिकाले ४९ लाख २९ हजार ५ सय ७५ रुपैयाँ ६५ पैसा राजश्व संकलन गरेको उल्लेख छ । 

नागरिकले उठाएका गुनासा र समस्या समाधानमा लाग्छौँ– जनप्रतिनिधि

आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका गाउँपालिकाका वार्षिक कार्यक्रम, बजेट, खर्चको अवस्था, सेवाको गुणस्तरीयता, विकास निर्माण आयोजना र त्यसको प्रभावका विषयमा राखिएको सार्वजनिक सुनुवाइमा सहभागीहरूले विभिन्न प्रश्न र गुनासा राखेका थिए । स्थानीयहरूले राखेका गुनासा र प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले विगतमा भएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै स्थानीयहरूकै सुझाव अनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले सुनापति गाउँपालिकाको विकास जनप्रतिनिधि र कर्मचारी एक्लैको प्रयासले मात्रै नहुने भएकाले स्थानीय राजनीतिक दल, समाजसेवी र सुनापति गाउँपालिकावासीले विकासमा सहकार्य गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै गाउँपालिका उपाध्यक्ष गीत विष्टले सार्वजनिक सुनुवाइ मार्फत वडा नं १ देखि वडा नं ५ सम्मका नागरिकहरूले दिएका सुझावलाई आर्थिक वर्ष २०८१/०८२ को सुरु देखि नै आत्मा सात गर्दै नागरिकहरूसँगै सहकार्य गरेर समाधानमा लाग्ने धारणा व्यक्त गरिन् । समृद्ध सुनापति बनाउनको लागि सबै एक भएर लाग्नु पर्नेमा उनको जोड रहेको छ ।

सार्वजनिक सुनुवाइमा विभिन्न माध्यमबाट सहभागी भई गाउँपालिकाको कार्यालय र वडा कार्यालयलाई राखेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित वडा नं १ का वडाध्यक्ष ध्रुव प्रसाद चौलागाईं, वडा नं २ का वडाध्यक्ष पदम बहादुर थापा, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप तामाङ र वडा नं ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धरले दिएका थिए ।

सार्वजनिक सुनुवाइको क्रममा सहभागीले उठाएका विभिन्न विषय र सुझावलाई आर्थिक वर्ष २०८१/०८२ को सुरु देखि नै समाधान गर्ने गरी जनप्रतिनिधि र कर्मचारीहरूले ४ बुँदे प्रतिबद्धता पत्र समेत जारी गरेका छन् । ४ बुँदे प्रतिबद्धता पत्रमा गाउँपालिकाले चौमासिक रूपमा गर्ने सार्वजनिक सुनुवाइलाई वडा केन्द्रित गर्ने, विनियोजित योजनाहरूलाई हालको भन्दा बढी प्रभावकारी बनाउन अनुगमनलाई थप नियमित बनाउने, नियम अनुसार गरिने सामाजिक परीक्षणलाई नियमित बनाउने र कार्यालयको सेवा प्रवाहलाई थप सहज, सरल र पारदर्शी रूपमा संचालन गर्ने बुँदा उल्लेख छन् ।

प्रहार मिडिया प्रालिको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा वडा नं १ देखि वडा नं ५ सम्मका ५० जना स्थानीयलाई नागरिक प्रतिवेदनमा (सन्तुष्टि वा असन्तुष्टि जनाउने) सहभागी भएका थिए । यसरी सहभागी भएका स्थानीयले राखेका सन्तुष्टि वा असन्तुष्टि सहित विभिन्न सुझावहरू सार्वजनिक सुनुवाइको दिन प्रस्तुत गरिएको थियो । उनीहरूले वडा कार्यालय र गाउँपालिकाको कार्यालयलाई दिएका सुझावहरूलाई जनप्रतिनिधि तथा कर्मचारीहरूले सुधार गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सार्वजनिक सुनुवाइमा स्थानीय नागरिकसँगै, स्थानीय राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी लगायतले प्रश्नसँगै सुझाव समेत दिएका थिए । 

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरण

गाउँपालिकाको-आर्थिक-वर्ष-२०८०-०८१-को-प्रगति-विवरणDownload

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper