Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जुनार जोगाउने अभियानमा जुनार जोनः गाउँमै बन्न थाले मिनी कोल्ड स्टोर

संवादाताः रामचन्द्र वि.क.
चैत्र १८, २०८०

रामेछाप- रामेछाप जिल्ला जुनार उत्पादन हुने जिल्लाको रूपमा चिनिन्छ । कृषि क्षत्रमा काम गर्ने सरकारी कार्यालयहरूका अनुसार जुनार फल्ने समयमा रामेछाप जिल्लामा ४५ सय मेट्रिक टन सम्म जुनार फलेको तथ्यांक छ । रामेछाप जिल्लामा पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमै जुनारको खेती गर्ने किसान बढेसँगै जुनारको उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । जुनार उत्पादनमा वृद्धि र बजारीकरणको समेत काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले ‘जुनार जोन’ मार्फत काम गरेको कारण पनि जिल्लामा जुनार उत्पादनमा थप टेवा पुगेको छ । जुनार किसानको माग अनुसार परियोजनाले गुणस्तरीय जुनारको बिरुवा उत्पादन, जुनारमा लाग्ने रोग किरा नियन्त्रण, पुराना बगैँचा व्यवस्थापन, लेबलिङ देखि प्याकेजिङ सम्मका काममा सहयोग गर्न थाले पछि गुणस्तरीय जुनार उत्पादनमा वृद्धि हुँदै गएको जुनार किसानहरूले बताउने गरेका छन् । व्यावसायिक रूपमा जुनार उत्पादन हुने भए पनि थोरै मूल्यमा जुनार विक्री गर्नु पर्ने बाध्यता किसानमा विगत देखि नै छ । मेहनत गरेर गुणस्तरीय जुनार उत्पादन गरे पनि धेरै मूल्यमा जुनार विक्री गर्न नपाउनुको कारण हो लामो समय सम्म टिक्ने गरी भण्डारण गर्ने ठाउँ नहुनु । गुणस्तरीय नर्सरी उत्पादन, बगैँचा व्यवस्थापन, नयाँ बगैँचा विस्तार, रोग किरा नियन्त्रण पछि गुणस्तरीय जुनारको दाना उत्पादन हुन थालेपछि जुनार जोनले अब किसानको बगैँचामा नै लामो समय सम्म टिक्ने गरी कोल्ड च्याम्बर (मिनी कोल्ड स्टोर) बनाउने अभियान सुरु गरेको छ । चालु आर्थिक वर्षमा मात्रै पाँच ओटा मिनी कोल्ड स्टोर बनाउने कार्यक्रम रहेको र त्यो काम भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले बताए ।

जुनारको हब क्षेत्रमा मात्रै ४ ओटा कोल्ड च्याम्बर

जुनार बढी उत्पादन हुने क्षत्र रामेछाप नगरपालिकाको वडा नं. ६ ओख्रेनीमा मात्रै यो वर्ष ४ ओटा कोल्ड च्याम्बर (मिनी कोल्ड स्टोर) बनाउने काम भइरहेको र एउटाको काम सम्पन्न भइसकेको प्रमुख गैरेले बताए । निर्माण सम्पन्न भएर जुनार भण्डारण गर्न समेत सुरु गरिएको एउटा कोल्ड च्याम्बरमा झण्डै ७ टन सम्म जुनार राख्न सकिने उनले बताए । निर्माणको क्रममा रहेका अन्य कोल्ड च्याम्बरमा ७ टन देखि १२ टन सम्म जुनार भण्डारण गर्न सकिने गैरेको भनाई रहेको छ । पाँच मध्ये एउटा कोल्ड च्याम्बर रामेछापकै सुकाजोरमा निर्माण गर्ने गरी सम्झौता भएको उनको बताए । जुनार जोनमा सुचीकृत भएका कृषि सहकारी र कृषि फार्म मार्फत कोल्ड च्याम्बर बनाउन परियोजनाले ७५ प्रतिशत अनुदान दिएको प्रमुख गैरेले बताए ।

कोल्ड च्याम्बर निर्माणले किसानलाई सहयोग हुने रहेछ– जुनार किसान

परियोजनाको अनुदान सहयोगमा गाउँमै जुनार भण्डारण गर्न सकिने गरी कोल्ड च्याम्बर निर्माण भएपछि जुनार किसानलाई सहयोग पुगेको ओख्रेनीका जुनार किसान समेत रहेका कृषक जागरण कृषि सहकारी संस्थाका व्यवस्थापक पदम तामाङले बताए । तामाङले भने– ‘पछिल्लो समयमा हामी जुनार किसानले व्यावसायिक रूपमा जुनार खेती गर्न थालेपछि धेरै जुनार उत्पादन हुन थाल्यो तर, भण्डारण गर्ने ठाउँ नहुँदा जुनार उत्पादन हुने सिजनमा थोरै मूल्यमा विक्री गर्नु पर्दथ्यो । अहिले कोल्ड च्याम्बरमा जुनार भण्डारण गरेर राख्दा सिजन बन्द भएपछि विक्री गर्दा झण्डै दोब्बर मूल्यमा विक्री गर्न सकिने रहेछ । यसले जुनार किसानलाई राहत नै पुग्ने रहेछ । किसानले उत्पादन गरेको सबै जुनार राख्न नसके पनि केही जुनार राख्दा पनि किसानलाई फाइदै पुग्ने रहेछ । सिजनको बेला प्रति केजी ५० रुपैयाँमा विक्री हुने जुनार अहिले कम्तीमा पनि १०० रुपैयाँमा विक्री हुने अपेक्षा गरेका छौँ । यसले किसानलाई केही राहत पुग्छ ।’

जुनारको सिजन बाहेक अन्य समयमा समेत विभिन्न तरकारीहरू राख्न सकिने हुँदा गाउँमा निर्माण भएका कोल्ड च्याम्बरले किसानलाई ठुलो राहत पुग्ने जुनार किसान पदम तामाङको भनाई रहेको छ ।

जुनार किसानलाई स्थानीय सरकारले पनि सहयोग गर्छ– जनप्रतिनिधि

शुक्रवार कोल्ड च्याम्बर उत्घाटन तथा अनुगमनका लागि निर्माण स्थलमा पुगेका रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले जुनार भण्डारण गर्न गाउँमै मिनी कोल्ड स्टोर बन्नु राम्रो कुरा भएको बताउँदै यसमा स्थानीय सरकारले पनि सहयोग गर्ने बताए । नगर प्रमुख न्यौपानेले नगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने– ‘जुनार जुनार किसानलाई हामी सबैले सहयोग गर्नु पर्छ । संघीय सरकारको अनुदानमा किसानकै घर आगनमा कोल्ड स्टोर निर्माण हुनु राम्रो हो । यसमा हामी पनि सहयोग गर्छौ । कोल्ड स्टोरमा हुने खर्चमा सहयोग गर्ने देखि कोल्ड स्टोरलाई जोगाउने सम्मका कार्यक्रमहरू नगरले गर्छ । त्यसको लागि किसान बढी सक्रिय हुनुप¥यो ।’

गाउँमा निर्माण भएका कोल्ड च्याम्बरमा विद्युत महसुल बढी लाग्ने र त्यो महसुल बुझाउन किसानलाई समस्या हुने किसानले गुनासो गरेपछि नगर प्रमुख न्यौपानेले विद्युत महसुललाई सहुलियत रूपमा तिर्ने व्यवस्था मिलाउन आफूहरू लाग्ने प्रतिबद्धता जनाए ।

त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले जुनार भण्डारण गर्ने कोल्ड च्याम्बर निर्माणले किसानलाई धेरै राहत पुग्ने बताउँदै अब जुनारको ब्राण्डिङ, प्याकेजिकङ र लेबलिङ गरेर किसानलाई उचित मूल्य पाउने गरी मूल्य निर्धारणमा जोड दिनु पर्ने भनाई राखे ।

त्यस्तै रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका वडाध्यक्ष राजेश तामाङले धेरै जुनार उत्पादन हुने ओख्रेनीका किसानले अब कोल्ड च्याम्बर बनेपछि आफूले उत्पादन गरेका जुनार भण्डारण गरेर राख्न सक्ने र पछि बढी मूल्यमा विक्री गर्न सक्ने भएकाले कोल्ड च्याम्बरले किसानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । ओख्रेनीलाई जुनार उत्पादनमा थप बलियो बनाउँदै लैजान वडा मार्फत पनि सहयोग हुँदै जाने वडाध्यक्ष तामाङले बताए ।

कोल्ड च्याम्बर निर्माणको खर्च सार्वजनिक

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापको जुनार जोन कार्यक्रम अन्तरगत १० लाख अनुदान र ओख्रेनीको कृषक जागरण कृषि सहकारी संस्था लिमिटेडको ३ लाख ४० हजार गरी १३ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण भएको कोल्ड च्याम्बरको शुक्रवार सार्वजनिक सुनुवाइ भएको छ । सार्वजनिक सुनुवाइमा १३ लाख ४० हजार रकम ७ टन जुनार अट्ने कोल्ड च्याम्बर, वसिङ मेसिन, ग्रेडिङ मेसिन, विद्युत जडान, घेरा बार निर्माण, पानी टंयाकी निर्माण, जुनार राख्ने क्रेट खरिद लगायतमा खर्च भएको सहकारी संस्थाका व्यवस्थापक पदम तामाङ बताएका थिए ।

प्रहार खबर साप्ताहिक पत्रिका २०८० चैत्र १८ मा प्रकाशित

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper