Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

विकासका लागि जनशक्ति व्यवस्थापनको नयाँ नीतिको आवश्यकता

संवादाताः हाम्रो प्रहार
चैत्र ९, २०८०

देशमा अहिले युवाहरू विदेशिए, गाउँ खालि भयो, विदेश पलायन भए , देशमा जनशक्ति छैन, गाउँमा बुढाबुढी मात्र छन् ! सामाजिक सञ्जालमा, भाषणमा गफमा यस्तै चर्चा भएको सुनिन्छ । स्वभाविक रूपमा मानिस परिवर्तनशिल, सृजनशील प्राणी हो । उ एक ठाउँमा बस्न सीमित क्षेत्र, सीमित कमाइमा रम्न चाहँदैन । त्यसैले खान लाउन मुस्किल परेपछि २०३५÷४० सालबाटै शहर तथा तराई तर्फ बसाई सराइ जाने परम्परा बसेकै हो । नेपालमा तीन दशक पहिले सम्म सामन्तवादी संस्कारले जेलेको अवस्था थियो । सबै वर्गमा स्वास्थ्य शिक्षाको पहुँच थिएन र तेस्रो मुलुक जाने पहुँच पनि थिएन । विकास के हो जीवनस्तरमा पविर्तन कसरी आउँछ भन्ने कुरा औसत नेपालीले सोच्न सक्ने अवस्था थिएन । त्यही भएर सोझा मानिस गुजारामुखी खेती गरी गाउँमा नै बसे । गाउँमा टिक्नै नसक्ने केही मानिस काठमाडौँ सहर र भारतका दिल्ली, कोलकत्ता, पटना, सिलगुडी, आसाम, जयपुर आदि स्थानमा गई जागिर खाने र केही पैसा घर पठाउने गर्दथे । त्यस अवधिमा जनसंख्या वृद्धि दर धरै थियो । औसत मानिसको घरमा धेरै जहान हुन्थ्यो ती सबैलाई बिहान बेलुका खान पुर्‍याउन धौ धौ पर्थ्यो । शिक्षा स्वास्थ्य जस्ता कुरा त सपना मात्र थियो । त्यसैले जनताले आफ्नो आय स्तर बढाउन बसी रहेको ठाउँ, समाज छाड्नु र नयाँ ठाउँमा समायोजन हुनु त्यत्ति अनौठो कुरा होइन । विशेष गरी युवा वर्गले घर छाडी अन्य ठाउँमा गई मेहनत गर्ने,अध्ययन गर्ने, आफ्नो क्यारियर विकास गर्ने र जागिर खाने वा उद्यम सुरु गर्ने त परम्परा नै बसेको छ । यो समाज विकास क्रम अनुसार विश्वव्यापी मान्यता नै बनिसकेको छ ।

तत्कालीन सरकारले २०३७ साल तिर संयुक्तराष्ट्र संघकोे दोस्रो फेजमा परिवार नियोजनको नीति नेपालमा लागु गर्‍यो । खान पुर्‍याउन धौ धौ भएको बेला यो परिवार नियोजनको कार्यक्रमले जनसंख्या नियन्त्रण, जन्मान्तर, दुई मात्र सन्तान जस्ता कुरामा जोड दिई मातृ–शिशुको स्वास्थ्यमा सुधार र जनसंख्या नियन्त्रणमा केही सघाउ पुग्यो । एकातर्फ जनसंख्या नियन्त्रण भयो भने अर्का तर्फ २०४६÷४७ को राजनीतिक परिवर्तन पछि विदेश जाने क्रम बढ्न थाल्यो । यता जनसंख्या नियन्त्रणको नीतिलाई पुनरावलोकन गरी जनसंख्या वृद्धि गर्ने नीति ल्याउनु पर्नेमा कसैले ध्यान दिएन । रोजगारी र अध्ययनको नाममा विदेश जानेको संख्या बढ्दै गयो भने २०५२ बाट सुरु भएको सशस्त्र द्धन्दको कारण केही मानिस गाउँ छाडि शहरमा बस्ने काम खोज्ने, घरजग्गामा लगानी गर्ने गर्न थाले । कसैले काम नपाएर गाउँ छाडे भने कसैले अरूलाई सित्तै काम लाउन नपाएकोले आफूले गर्न नसकेर छोडे । कसैले पानीका मूल सुकेर खानेपानीको दुखले गाउँ छाडे । यसरी पछाडि फर्केर हेर्दा गाउँ छाड्ने देश विदेशका शहर भित्रने क्रम नयाँ होइन । क्रमै सँग भएको र स्वाभाविक रूपमा भएको देखिन्छ । हाम्रो जस्तो अल्पविकसित मुलुकमा अवसरका लागि गाउँ ठाउँ छाड्ने, देश छाड्ने कुरा कुनै अनौठो पनि होइन अन्य मुलुकहरूका नागरिक पनि सदियौँ देखि अवसरका लागि आफ्नो देश छाडेको पाइन्छ । भनिन्छ नि नयाँ कुरा सिक्न,  प्रगति गर्न र कमाउन घर छाड्नै पर्छ । आखिर विदेशमा जति बसे पनि जीवनको उत्तरार्धमा त धेरै मानिस गाउँमा नै फर्केको पाइन्छ ।

२०६२/६३ को दोस्रो जन आन्दोलन पछि लोकतन्त्रको स्थापना सँगै देशमा शान्ति सुव्यवस्था छाएपछि गाउँमा बस्न सक्ने वातावरण भयो , गाउँ–गाउँमा बाटो, स्कुल, बिजुली , स्वास्थ्य सेवा, खानेपानी जस्ता पुर्वाधारको विकास हुन थाल्यो । मानिसले उपभोग्य सामाग्री सुलभ रूपमा गाउँमा नै पाउन थाले तर गाउँमा बस्ने जनशक्ति कमी भएको महसुस हुन थाल्यो । 

 कुनै पनि देश विकासमा जनशक्तिको ठुलो भूमिका रहको हुन्छ । जनशक्तिको वृद्धि विकास गर्न अब सरकारले म्याद गुज्री सकेको परिवार नियोजनको नीति लाई अपडेट गरी परिवार र जनसंख्या व्यवस्थापनको नयाँ नीति बनाउनु पर्दछ । दुई सन्तानको सट्टामा पाँच, छ सन्तानको अवधारणा ल्याउने, दुई भन्दा बढी जन्माउने जोडीहरूलाई सामाजिक रूपमा सम्मान गर्ने, उत्प्रेरणा स्वरूप एकमुष्ट पालनपोषण खर्च दिने, शिक्षा – स्वास्थ्य निःशुल्क उपलब्ध गराउने जस्ता उत्प्रेरणात्मक कार्यक्रम को नीति ल्याउनु पर्दछ । यस सँगै युवा युवतीको विवाह उमेर हद घटाई केटाको १८ वर्ष र केटीको १६ वर्ष कायम गर्ने , एकल महिला तथा पुरुषलाई पुनः विवाहको लागि प्रोत्साहन गर्ने, जेलमा भएका कैदीलाई श्रीमान् श्रीमतीसँग मासिक एक दुई पटक सँगै बस्न दिने जस्ता नीति बनाउन यथाशीघ्र सुरु गर्नु पर्दछ । यसका साथै भ्यासेक्टोमी, नरप्लाण्ट जस्ता प्रविधिलाई निरुत्साहित गर्दै सो अपनाउने व्यक्तिलाई सजायको व्यवस्था गर्ने, एवर्सनलाई गम्भीर अपराधको रूपमा कडा भन्दा कडा सजायको व्यवस्था गरेमा जनसंख्या वृद्धिमा सहयोग पुग्छ । यसरी जनसंख्या वृद्धि हुँदै गएमा केही वर्ष पछि विदेश जति गए पनि, शहर जति पसे पनि गाउँघर खालि हुँदैन । हाल एक सन्तान मात्र हुन्छ, उ पनि पढ्न विदेश गए पछि बाबु आमाले एक्लो महसुस गरेको हो तर छ सन्तान भएमा विदेशै गए पनि शहर पसे पनि कोही न कोही सन्तान बाबु आमा सँग रहेको हुन्छ । अझै पनि केही बिग्रिसकेको छैन गाउँ–गाउँमा बाटो, स्कुल, बिजुली , स्वास्थ्य सेवा, खानेपानी जस्ता पूर्वाधारको केही विकास भएको छ । सबै सुविधा भएको ठाउँमा एकीकृत बस्ती बसाल्ने र सेवाहरू थप गर्ने हो भने । राम्रा खेती योग्य जमिन केही मुठ्ठी भरका मानिसको हातमा थियो त्यस्ता मानिसले गाउँ छाडे पछि हिजो खेती गर्न राम्रो जग्गा नपाएकाहरूले खेती गर्छन् । सडक ,बिजुलीले थप व्यापार र उद्यमको अवसर सिर्जना हुन्छ । संघिय संरचनाले गर्दा पालिका सदरमुकामहरूले पनि अवसरहरू सिर्जना भएको छ । त्यसैले ग्रामीण अर्थतन्त्र विकास गर्न जनसंख्या वृद्धि अत्यावश्यक छ ।

(लेखकः भानुभक्ता श्रेष्ठ रामेछापका सफल उद्योगी हुन् )

Related Posts

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने
खेलकुद

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

संवादाताः हाम्रो प्रहार
कार्तिक १०, २०८२
0

रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन्...

पुरा पढ्नुहोस्
आफैँप्रति निर्मम बनौँ !
विचार

आफैँप्रति निर्मम बनौँ !

संवादाताः हाम्रो प्रहार
कार्तिक ४, २०८२
0

हामीले सानै उमेरदेखि परिवर्तनको बाटो खोज्यौँ । त्यस्ता साहित्य खोजी खोजी पढ्यौँ । जुन साहित्यले क्रान्तिको मार्ग फराकिलो बनाउँछ ।...

पुरा पढ्नुहोस्
उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को
विचार

उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८२
0

१.परिचयप्राकृतिक रुपमा प्राप्त अवयब हरुलाई स्वरुप परिवर्तन गरि प्राणी जगतलाई उपयोगी सामाग्री तथा सेवाको नयाँ सिर्जना गर्नु नै उद्यम गर्नु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper