Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापको ओख्रेनी ‘जुनार हब’ को रूपमा विकसित हुँदै, एउटै वडामा १० करोड बढीको जुनार

संवादाताः रामचन्द्र वि.क.
पुस २२, २०८०

रामेछाप– रामेछाप जिल्लाको झण्डै ५१ हजार हेक्टर जमिनमा खेती हुने तथ्यांक कृषि ज्ञान केन्द्रसँग छ । जिल्लामा खेती योग्य जमिनको तथ्यांक अनुसार अहिले खेती हुन छाडेको धेरै भइसक्यो । पहिला खेती उब्जनी हुने अधिकासं जमिन अहिले बाँझो जमिनमा परिणत हुन थालिसकेका छन् । अहिले गाउँमा पुग्ने हो भने खेती योग्य जमिन जङ्गलमा परिणत हुन थालेको देख्न सकिन्छ । कृषि ज्ञान केन्द्रकै तथ्याङ्कलाई मान्ने हो भने पनि अहिले २० प्रतिशत भन्दा बढी जमिन बाँझै छ । जसको कारणले गर्दा अहिले धेरै जसो खेती हुने जमिन बाँझो बन्दै गएका छन् । तर, रामेछाप नगरपालिकाको ओख्रेनीमा पुग्दा यति बेला त्यहाँका प्राय सबै जसो जमिनमा केही न केही उब्जनी भएको देख्न सकिन्छ ।

जुनारको सिजन भएकाले यति बेला त्यहाँ पुग्दा सबै जसो किसानको जमिन जुनारले पँहेलपुर छन् । पानी अभावको कारण सुक्खग्रस्त क्षेत्र भए पनि ओख्रेनीका किसानले जुनार खेतीलाई आफ्नो प्रमुख बालीको रूपमा लिन थालेपछि अहिले त्यहाँका अधिकासं जमिन पहेँला जुनारका दाना सहितका बोटले भरिएका छन् । जुनार बगैँचामा यति बेला जुनार किन्ने व्यापारीको मात्रै भिड लाग्दैन, जुनारको बोटमा बसेर फोटो खिच्ने पर्यटकको पनि भिड लाग्छ । हेर्दै नमुना देखिने बगैँचा हेर्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विभिन्न जिल्लाका अगुवा कृषक र पत्रकारको समेत भिड लाग्ने गरेको जुनार किसानले सुनाउँछन् । जुनार टिपेर विक्री गर्ने बेला धेरै मानिसहरू आउने गरेको र आफूलाई चाहिने जति जुनार किनेर लाने गरेको सुनाउँछन् ओख्रेनीका अगुवा जुनार किसान हिमालराज तामाङ । ओख्रेनीका किसानले जुनार सँगै सुन्तला र कागतीलाई पनि पछिल्ला वर्षहरूबाट व्यावसायिक रूपमा खेती गर्न सुरु गरिएको तामाङले बताए ।

‘जुनार हब’ बन्दै रामेछापको ओख्रेनी

रामेछाप नगरपालिकाको वडा नं ६ ओख्रेनी क्षेत्र ‘जुनार हब’ को रूपमा विकसित हुँदै गएको छ । धेरै समय देखि जुनार उत्पादन हुँदै आएको ओख्रेनीमा पछिल्ला केही वर्षहरूमा किसानले व्यावसायिक रूपमा जुनार खेती गर्न थाले पछि अहिले उक्त क्षेत्र ‘जुनार हब’ को रूपमा विकसित हुँदै गएको हो । यति बेला ओख्रेनीको पुरानागाउँ, गाइटार, लामाटार, ओख्रेनी, च्यास्कु, साउने, भोक्टेनी, बिसौली लगायतका क्षेत्रमा जुनारले किसानका बारी पहेँलपुर छन् । यो क्षेत्रमा यति बेला पर्यटकहरू घुम्न र जुनार किन्न आउने गरेका छन् । जसको कारणले गर्दा किसानले दुःख गरेर उत्पादन गरेको जुनार सजिलै विक्री हुने गरेको जुनार किसानले बताउने गरेका छन् । ओख्रेनीको झण्डै १ सय ८० हेक्टर जमिनमा जुनार उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले संचालन गरेको जुनार जोनका कृषि प्राविधिक भवानी बस्नेतले बताइन् । बस्नेतका अनुसार ओख्रेनीमा हाल २ सय ७० जना भन्दा बढी किसानले जुनार खेती गरेका छन् । यो ओख्रेनीमा मात्रै झण्डै २ हजार टन भन्दा बढी जुनार उत्पादन हुने किसान र जोन परियोजनाको अनुमान छ । जसको मूल्य प्रतिकेजी ५० का दरले विक्री हुने हो भने १० करोड भन्दा माथि आम्दानी हुने किसानले आकलन गरेका छन् ।

किसानको मेहनतले जुनार उत्पादनमा बृद्धि

केही वर्ष अघि थोरै मात्रमा उत्पादन हुने जुनार अहिले अन्य जिल्लामा समेत निर्यात हुने गरी उत्पादन हुन थालेको छ । किसानले व्यावसायिक रूपमा खेती गर्न थालेपछि उत्पादनमा समेत वृद्धि हुँदै गएको ओख्रेनी पुरानागाउँका अगुवा जुनार किसान शेरबहादुर तामाङले बताए । तामाङले पहिला र अहिलेको जुनार उत्पादनलाई तुलना गर्दै भने– ‘पहिला पहिला थोरै जमिनमा केही बोट जुनार लगाउँथ्यौ, त्यति बेला धेरै उत्पादन हुँदैन थियो तर अहिले हामी किसानले हामीसँग भएको जमिनमा व्यावसायिक रूपमा जुनार खेती गर्न थाल्यौँ अनि धेरै जुनार उत्पादन हुन थालेको छ । यसले हाम्रो आम्दानीमा समेत सहयोग पुगेको छ । कृषिमा आएका नयाँ–नयाँ प्रविधि अपनाएर पनि अहिले धेरै उत्पादन हुन थालेको छ । यही तरिकाले जुनार क्षेत्र विस्तार हुँदै जाने हो भने केही वर्षमा लाखौँ टन जुनार उत्पादन हुन्छ ।’

गुणस्तरीय जुनार उत्पादन हुँदा विक्री गर्न समेत समस्या नहुने भएको र यो वर्ष विक्रीको लागि त्यति धेरै समस्या नभएको जुनार जोन सञ्चालक समितिका संयोजक समेत रहेका युगराज पाख्रिनले बताए । जुनार किसानको मेहनत र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत संचालनमा रहेको जुनार जोन कार्यक्रम मार्फत पनि जुनार क्षेत्र विस्तार, रोग किरा नियन्त्रण, नयाँ–नयाँ प्रविधिमा सहयोग, जुनार सुन्तलाको भण्डारण लगायतको क्षेत्रमा सहयोगको कारण जुनार उत्पादनमा वृद्धि भएको संयोजक पाख्रिनले बताए ।

क्षेत्रफल विस्तार र गुणस्तरीय बिरुवा वितरण सम्मका काममा जुनार जोनको सहयोग

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत आर्थिक वर्ष २०७६/२०७७ बाट जुनार उत्पादन हुने क्षेत्रमा लागु भएको जुनार जोन कार्यक्रमबाट गुणस्तरीय बिरुवा वितरण, क्षेत्रफल विस्तार, रोग किरा नियन्त्रण, विभिन्न प्रविधिहरू सहयोग, चिस्यान केन्द्रमा भण्डारण जस्ता कार्यमा किसानलाई सहयोग हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए । जोन कार्यक्रम लागु भएदेखि जुनार किसानहरूको माग अनुसार विभिन्न कार्यमा सहयोग गरिँदै आएको र त्यो सहयोगले गुणस्तरीय जुनार उत्पादनसँगै उत्पादनमा समेत वृद्धि भएको प्रमुख गैह्रेको दाबी रहेको छ ।

जिल्ला भरी ४५ सय मेट्रिक टन जुनार उत्पादन हुने अनुमान, २१ करोड आम्दानी

यो वर्ष रामेछाप जिल्ला भरी करिब ४५ सय मेट्रिक टन जुनार–सुन्तला उत्पादन हुने अनुमान गरिएको जुनार जोनले बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेका अनुसार अनुमान गरिएको जति जुनार जिल्लामा उत्पादन भएमा झण्डै २१ करोडको हाराहारीमा आम्दानी हुने छ । अहिले जुनार टिप्ने सिजन रहेको र एक बोटले दिइएको उत्पादनलाई हिसाब गर्दा र जिल्ला भरी जुनार बगैँचालाई हिसाब गर्दा ४५ यस मेट्रिक टन भन्दा बढी उत्पादन हुने जुनार जोनले बताएको छ ।

प्रहार खबर साप्ताहिकमा  २०८० पौष २२ गते आइतबार प्रकाशित

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper