Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

गाउँका खेतीयोग्य जमिन बाँझै, धेरैजसाे जमिन जंगलमा परिणत

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १९, २०८०

रामेछाप- पछिल्ला केही वर्षदेखि रामेछापका ग्रामीण भेगका खेतीयोग्य जमिन समेत बाँझो हुँदै जंगलमा परिणत हुने क्रम बढ्दै गएको छ । खेतीयोग्य जमिनमा काम गर्ने जनशक्ति नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बहुमूल्य खेतीयोग्य जमिन बाँझो हुँदै जंगलमा परिणत हुन थालेको हो । ग्रामीण क्षेत्रका मानिसहरूको शहर मोह र युवाहरूमा वैदेशिक रोजगारीको मोह बढ्नु नै गाउँका उत्पादन योग्य जमिन बाँझो जग्गामा परिणत हुँदै जानु मुख्य कारण हो ।

लामो समयदेखि खेतीयोग्य जमिन बाँझै राख्दा अन्नबाली उत्पादन हुने जग्गा जंगलमा परिणत हुने चिन्ताले सताउन थालेको रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका डम्बर बहादुर बिकले बताए । खेतबारीमा काम गर्ने युवा जनशक्ति गाउँबाहिर हुँदा गाउँमा रहेका ज्येष्ठ नागरिकहरूले खेतबारीमा जान नसक्ने अवस्थामा पुगेपछि वर्षौ देखि अन्नबाली उत्पादन हुने जमिन बाँझो हुँदै अहिले जंगलमा परिणत हुन पुगेको उनको भनाई छ । राम्रो अन्नबाली उत्पादन हुने जमिन केही वर्ष देखि बाँझै हुनुको कारण सुनाउँदै गुम्देलका अर्का स्थानीय पेमा शेर्पाले भने–‘उत्पादनको हिसाबले धेरै अन्नबाली उत्पादन हुने जमिन केही वर्षदेखि बाँझै हुन थालेको छ । जसको मुख्य कारण भनेको यहाँका स्थानीयहरू विभिन्न अवसरको लागि गाउँ छोडेर शहर तिर जानु र वैदेशिक रोजगारीको लागि अर्को मुलुक जानु पनि हो । आलु, मकै, गहुँ, जस्ता अन्नबाली उत्पादन हुने गुम्देलको खेतीयोग्य जमिन धेरै जसो जंगलमा परिणत भइसकेको छ । अब यही तरिकाले बाँझो हुँदै जाने हो भने यहाँको शतप्रतिशत जमिन बाँझो हुँदै जंगलमा परिणत हुने निश्चित छ । यसको लागि राज्यले विशेष ध्यान पु¥याउनु पर्छ । नत्र भने अहिले गाउँमा बाँकी रहेका केही स्थानीय पनि गाउँ छोडेर शहर पस्नु पर्ने अर्को बाध्यता आउन सक्छ ।’

गाउँका केही जमिनमा खेती लगाएर उत्पादन गर्न खोज्ने किसानलाई पनि अहिले जंगली जनवारले दुःख दिने गरेको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका मिरेन्द्र बस्नेतले बताए । पहाडी क्षेत्रको जमिनमा बढी उत्पादन हुने मकै, आलु, गहुँ जस्ता अन्नबालीमा केही वर्ष देखि बाँदर, दुम्सी, मृग, भालु आदि जंगली जनवार लागेर दुःख दिने गरेको बस्नेतको भनाई छ । बस्नेतका अनुसार किसानले धेरै दुःख गरेर लगाएको खेतीले उत्पादन दिने बेलामा जंगली जनवारले खाएर नष्ट बनाउने गरेकाले पनि किसानले खेती गर्न छोड्दै गएका छन् ।

सरकारले घरगाउँमा रहेका युवाशक्तिलाई कृषि पेशामा लगाउन विभिन्न कृषि अनुदानका कार्यक्रम सार्वजनिक गरेको भए पनि त्यस्ता कार्यक्रमले तल्लो तहका कृषकलाई छुन नसकेको ग्रामीण क्षेत्रका किसानले गुनासो गरेका छन् । कृषिमा आधारित कार्यक्रम तल्लो तहका किसान त्यसमा पनि ग्रामीण क्षेत्रका किसान समक्ष नपुग्दा काम गर्ने युवा परिवार  चलाउन रोजगारीको खोजीमा गाउँ छोडेर विदेश पलायन हुने क्रम बढेको गुम्देलकै अर्का स्थानीय ङापेम्बा शेर्पाले दुःख व्यक्त गरे । स्थानीय सरकारले युवा लक्षित कार्यक्रम गर्ने भनिए पनि स्थानीय सरकारले प्रभावकारी रूपमा युवा लक्षित कार्यक्रम गर्न नसकेका कारण पनि युवा रोजगारका लागि गाउँ छोडेर शहर हुँदै विदेश पलायन हुन बाध्य रहेका छन् ।

कृषि ज्ञान केन्द्र रामेछापको तथ्याङ्क अनुसार जिल्लामा कुल ५० हजार ९ सय ८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । पछिल्लो समय कुल खेतीयोग्य जमिनको झन्डै २० प्रतिशत भन्दा बढी खेतबारी बाँझै भएको सरोकारवालाहरूको अनुमान छ । खेतीयोग्य जमिन बाँझो रहनुमा सुख्खा ग्रस्त क्षेत्र बढी हुनु, पर्याप्त मात्रमा सिँचाइ नहुनु, बालीमा विभिन्न रोगको प्रकोप बढ्नु, जंगली जनवारले दुःख दिनु, खेतबारीमा काम गर्ने जनशक्ति गाउँ छोडेर शहर तथा विदेशमा जानु जस्ता कारणले खेतीयोग्य जमिन बाँझो जमिनमा परिणत हुन थालेको कृषि ज्ञान केन्द्र रामेछापको बुझाई छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper