Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

अर्थ मन्त्रीलाई सडकमा रोकेर अध्यक्षको माग: पालिकाको केन्द्र सम्म पिच चाहियो

संवादाताः रामचन्द्र वि.क.
अशोज २९, २०८०

रामेछाप- असोज २८ गते आइतबार बिहानको करिब १० बजेको थियो । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत उपाध्यक्ष सहित विभिन्न वडाका वडाध्यक्ष र स्थानीयलाई लिएर सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र पुग्ने मूल सडकमा बसेका थिए । सडकमा गाडी गुड्दा धुलाम्मे हुने ठाउँमा कसैलाई कुरेर बसेको जस्तो देखिने अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू र स्थानीयहरू सबैको हातमा फुलका माला थिए । त्यही बिचमा प्रतिनिधि सभा सदस्य सहित बागमती प्रदेशका अर्थमन्त्री धुलाम्मे सडकमा धुलो उडाउँदै आइपुग्छन् । प्रदेश अर्थमन्त्रीलाई कुरेर बसेका गाउँपालिका अध्यक्षले केशव महतले फूलको मालाले स्वागत गर्दै आफ्नो पालिकामा भएको समस्या र प्रदेश सरकारले गर्नु पर्ने कामको फेहरिस्त बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा समक्ष राख्छन् । 

अध्यक्ष महतले पालिकाको समस्या समाधानमा प्रदेश र सङ्घीय सरकारको साथ चाहिएको कुरा सुनाउँदै भन्छन्– ‘रामेछाप जिल्लाबाट प्रतिनिधित्व गर्दै धेरै पटक धेरै व्यक्तित्वहरू माननीयहरू भइसक्नु भयो, मन्त्री पनि पनि हुनु भयो । हामीले उहाँहरूलाई लिखुतामाकोशी गाउँपालिका विकासबाट वञ्चित भएको कुरा पटक–पटक सुनायौँ कसैबाट सुनुवाइ भएन । अहिले पनि त्यही समस्याबाट हामी पीडित छौँ । जिल्लाका अन्य पालिकामा पुग्न सदरमुकामबाट पक्की सडकमा जान पाइन्छ । तर, यो लिखुतामाकोशी गाउँपालिकाको केन्द्रमा पुग्न वर्षौँ देखि धुलाम्मे सडकबाट जोखिम मोलेर हिडीरहेका छौँ । यहाँ कसैको आँखा गएन । हलेदे–तिल्पुङ– नागदह–धोवी हुँदै ओखलढुङ्गा जोडने मूल सडकको बिजोक भएपछि पालिकाबाट अन्य ठाउँमा खर्च गर्नु पर्ने झन्डै आठ करोड बजेटलाई कटाएर हलेदेबाट पक्की सडक बनाउन म आफैले सुरु गरेँ । त्यस बिचमा तपाइ नै अर्थमन्त्री भएको बेला बल्ल त्यही सडकलाई बहु वर्षेमा पारेर २० करोड बजेट विनियोजन भयो । अर्थमन्त्री ज्यू र सङ्घीय माननीय ज्यूलाई धन्यवाद । तर, त्यति पैसाले मात्रै हामीले वर्षौँ देखि भोग्दै आएको धुलाम्मे सडकबाट जोखिमपूर्ण यात्रा गर्दै आएको समस्या समाधान हुँदैन । किनकि त्यो २० करोडले करिब पाँच किलोमिटर मात्रै सडक पिच हुन्छ । अब अर्थमन्त्री ज्यू र सङ्घीय माननीय ज्यूले गाउँपालिकाको केन्द्र सम्म पिच गर्न पुग्ने पैसा हालिदिनु प¥यो । अर्थमन्त्री ज्यूको कार्यकालमा लिखुतामाकोशी गाउँपालिकाको केन्द्र हुँदै कोसी प्रदेश जोड्ने यो मूल सडक पक्की हुनुप¥यो ।’

गाउँपालिका अध्यक्ष केशव महतले पालिकामा मुख्य गरी सडकसँगै खानेपानीको पनि समस्या भएको सुनाउँदै समाधानमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष महतले गाउँपालिका केन्द्रित रहेर योजना बनाउने बेला प्रदेश सरकार, सङ्घीय सरकार, स्थानीय सरकार र विकासे अड्डाहरू बिचमा सहकार्य र समन्वय नहुँदा धेरै योजनाहरू दोहोरिएको बताउँदै समन्वय गरेर अगाडि बढुन् पर्नेमा जोड दिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिन, काँग्रेस नेता कृष्ण बहादुर महत, माओवादीका स्थानीय नेता सन्दिप कार्की लगायतले लिखुतामाकोशी गाउँपालिका प्रदेश सरकार र सङ्घीय सरकारको प्राथमिकतामा नपरेको गुनासो राख्दै समाधानमा सरकारले सहयोग गर्नु पर्नेमा अर्थमन्त्री सामु विभिन्न मागहरू राखेका थिए ।

अर्थमन्त्रीलाई धुलाम्मे सडकमै रोकेर गाउँका समस्या सुनाएपछि आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आफूले समस्याको समाधान गर्छु भनेर आसवासन दिने भन्दा पनि पहिला काम गरेर देखाउने बचन दिए । अर्थमन्त्री लामाले भने,‘अहिले सबै काम गर्छु भनेर आसवासन मात्रै दिएर हुँदैन, काम गरेर देखाउने हो । तपाइहरूले राखेका समस्या हामी सबैका साझा समस्या हुन् । यी समस्यालाई पहिलो प्राथमिकतामा राख्छु ।’

जिल्लाबाट माग आउने धेरै जसो योजनाहरू नेताहरू र नेताको आफन्तको फाइदाको लागि बढी आउने गरेको बताउँदै मन्त्री लामाले दशौँ योजना भन्दा पनि एउटा गौरवको योजनालाई प्राथमिकतामा राखेर माग गर्न अनुरोध गरे । बहु वर्षे योजनामा परेको २० करोडको प्याकेज सकेर आए सबै पैसा भुक्तानी गर्ने बताउँदै मन्त्रीले लामाले त्यसपछि अर्को प्याकेज अगाडि बढाउन सकिने भनाई राखे । 

मानिसले खाने पानी पिउन पाउने अधिकार संविधानमै उल्लेख रहेको बताउँदै अर्थमन्त्री लामाले लिखुतामाकोशी गाउँपालिकामा रहेको खाने पानी समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेकाले डिपिआर सहित प्रदेशमा पेश गर्न आग्रह गरे । प्रदेशबाट हुने काम धेरै जसो टुक्रे योजनामा सीमित भएको र त्यसले गर्दा प्रदेश सरकारले गरेको कामलार्ई अब प्रस्टसँग देखिने गरी ठुला आयोजनाका रूपमा अगाडि बढाउने उनले बताए ।

प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाको समग्र विकासको लागि आफू निर्वाचित भएदेखि एक अरब भन्दा बढी पैसा आफ्नो पहलमा ल्याएको बताउँदै लिखुतामाकोशीको विकासमा आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । उनले विकासमा विकासमा पार्टी भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिए । 

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper