Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीका कपडा पसलमा छैन मूल्यसूची, दशैंको मुखमा ठगिँदै छन् ग्राहक

संवादाताः हाम्रो प्रहार
अशोज २८, २०८०

रामेछाप- नेपालीहरूको ठुलो चाड दशैं सुरु भइसकेको छ भने तिहार पनि नजिकिँदै छ । यो बेला अधिकांश नेपालीले आफ्नो परिवारलाई केही–केही कपडा किन्ने गर्छन् । यो हाम्रो परम्परा नै बनिसकेको छ । तर, कपडा किन्नुअघि आम उपभोक्ता सचेत बन्न जरुरी छ । एक प्रकारले भन्ने हो भने यही अवस्थामा मन्थली बजारमा कपडा किन्ने हो भने उपभोक्ता लुटिनुजस्तै हो । किनकि रामेछापको सदरमुकाम समेत रहेको मन्थली बजारका कपडा पसलमा मूल्यसूची नै छैनन् । तपाई आफै सोच्नुस् विक्रीका लागि राखिएका सामाग्रीको मूल्यसूची नहुँदा तपाइले खरिद गर्ने सामाग्रीको मूल्य कपडा व्यापारीकै मुखमा हुन्छ, त्यो पनि अस्वाभाविक मूल्य ! उदाहरणको लागि लिन सकिन्छ, दुई हजार भनेको कपडा एक हजारमा ‘तपाईँलाई घाटा खाएरै दिएँ, लैजानुस’ भनेर आधा मूल्य घटाएर कपडा विक्री हुन्छ । यो अवस्थामा उपभोक्ताले आधा छुटमा कपडा पाए कि, झन् बढी ठगिए ? यो विषयमा अहिले सम्म कसैले चासो पनि दिएका छैनन् अनि चर्चा पनि खासै हुँदैन ।

मन्थलीको एक नाम चालेकै पसलमा एक जना उपभोक्ता आफूलाई चाहिने कपडा किन्न पुग्छन् । त्यहाँ पुग्ने बित्तिकै उनको आँखा एउटा पाइन्टमा पुग्छ । उनले सोध्छन्, उ त्यो पाइन्टको मूल्य कति हो ? पसालेले भन्न सुरु गर्छन् ‘यो राम्रो पाइन्ट हो । ओर्जिनल पाइन्ट । यो धेरै टिक्छ । अनि तपाईँलाई सुहाउँछ पनि ।’

त्यति मात्रै होइन, पसलमा पुगेका ग्राहकको ओर्जिनल हो कि होइन ? रङ खुइलिन्छ कि खुइलिँदैन ? भन्ने प्रश्नमा व्यापारीले उनलाई यसरी कन्भिन्स गर्छन कि, उनी त्यो पाइन्ट ओर्जिनल ब्रान्डकै हो भन्नेमा विश्वस्त हुन्छन् ।

केहीबेरको बार्गेनिङपछि पसलेले ‘घाटै खाएर दिएँ’ भन्दै २८ सय रुपैयाँबाट घटेर १५ सयमा दिन तयार भए । बार्गेनिङ गरेर १३ सय रुपैयाँ घटाउन सकेकोमा यता पाइन्ट किन्नेलाई पनि ठुलै युद्ध जितेको जस्तो भयो । तर, २८ सय पर्ने पाइन्ट कसरी १५ सयमा दिन तयार भए पसले भन्नेतिर उनको ध्यानै गएन ।

के साँच्चै पसलेले घाटै खाएर दिए त ? यस्तो पनि कसैले पत्याउला ? कपडामा हुने ठगीको यो त एउटा सामान्य उदाहरण मात्रै हो । जिल्लाको सदरमुकाम जस्तो सबै नियामक निकायकै आँखा अगाडि व्यापारीले कपडामा तेब्बर भन्दा बढी नाफा खाएर बेचिरहेको यस्ता घटना मन्थलीका ‘खुलमखुला’ हुन् । यो समस्या जिल्लाको सदरमुकाम मन्थलीमा मात्रै हैन् । अन्य बजार केन्द्रमा पनि उस्तै छ । जसको कारण आम उपभोक्तालाई थाहा छैन, आफू ठगिएको छु वा छैन । त्यति मात्रै हैन, एउटै ब्रान्डका कपडाको मूल्य पसलै पच्छिे अस्वाभाविक रुपमा फरक पाइन्छ ।

अनुगमन गर्ने सरकारी संयन्त्र धेरै तर, काम खै ?

बजार अनुगमन गर्ने सरकारी संयन्त्र मात्रै दुई भन्दा बढी छन् । पहिलो सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने, दोस्रो नगरपालिको उपप्रमुख वा गाउँपालिकाको उपाध्यक्ष संयोजक हुने उपभोक्ता हित संरक्षण समिति र स्थानीय तहको उपभोक्ता हित संरक्षण हेर्ने शाखाको प्रमुखको संयोजकत्वमा बजार अनुगमन टोली हुन्छ । यी टोलीहरूले बेला बेलामा बजार अनुगमन पनि गरी रहेकै छन् । बजार अनुगमनको क्रममा कपडा पसल पनि परेका छन् । तर, कपडा पसलमा उपभोक्ताले सहजै सँग देख्ने गरी राख्नु पर्ने मूल्यसूची छ की छैन भन्ने विषयमा कसैको आँखा गएको देखिदैन । किन की अहिले सम्म सयौँ पटक कपडा पसल अनुगमन भए होलन तर, मूल्यसूची राखिएको छैन । यसले प्रस्ट पार्छ कि अनुगमन टोलीले मूल्यसूचीलाई खासै चासो दिँदैनन् र व्यापारीलाई राख्नको लागि कडा निर्देशन पनि दिँदैनन् । अनुगमनको लागि कपडा पसलमा पुगेको सरकारी संयन्त्र (बजार अनुगमन टोली) ले खरिद गरेको र विक्री भएको बिल मात्रै हेरेर फर्किने गरेको पाइएको छ । उनीहरूले हेरेको बिलले नत अस्वाभाविक रूपमा भएको मूल्य वृद्धि रोकिएको छ, नत व्यापारीले पसलमा आउने ग्राहकलाई खरिद बिल देखाउँछन् । बरु आफ्नो पसलमा आउने ग्राहकलाई दशौँ गुणा नाफा जोडेर भनेको मूल्यमा आधा घटाएको नाटक गरेर मोलमोलाइ गरी तेब्बर भन्दा बढी मूल्य लिएर ठगी गर्नलाई अनुगमनले बल पुर्‍याएको छ ।

मौखिक रूपमा कायम गरिएको विक्री मूल्य २८ सय भनिएको कुनै पाइन्ट अन्तिममा १३ सयमा बेच्न कुनै पसले तयार हुन्छ भने उसले कतिमा खरिद गरेर ल्याएको होला ? अनि त्यसको गुणस्तर के होला ? यसबारे बुझ्नु राज्य लाग्नु पर्ने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् । ‘१३ सयमा बेच्दा पनि उसलाई घाटा परेको हुँदैन, उनी भन्छन्, यति गर्दा पनि उसले सय प्रतिशतसम्म नाफा राख्छ ।’

‘हामी अरू सामानमा ठगी भएको थाहा पाउँदा चर्को विरोधमा उत्रिन्छौँ, उनी भन्छन्, तर कपडामा ठगिएको बारेमा त्यति चर्चा छैन । हाम्रै मौनताको कारण हामी लगातार ठगीमा परिरहेका छौँ ।’

सदरमुकाम समेत रहेको मन्थली जस्तो बजारमामै खुल्ला रूपमा आम उपभोक्ता ठगिनु भनेको मुलुकमा राज्य नै नभएको जस्तो महसुस भएको बताउँदै अध्यक्ष नयाँघरेले मूल्य नियन्त्रण गर्न र व्यापारीहरूलाई कानुन अनुसार व्यापार व्यवसाय संचालन गराउनको लागि राज्य जिम्मेवार हुनु पर्ने तर्क गरे । अध्यक्ष नयाँघरेले कपडा पसलमा भइरहेको बढी मूल्य लिने कामलाई नियन्त्रणको लागि आम उपभोक्ताले पनि उजुरी गरेर सम्बद्ध निकायलाई घचघच्याउनु पर्ने सुझाव दिए । अप्रत्यक्ष रुपमा कपडामा मात्रै नभएर जुत्ता, कस्मेटिकका सामाग्री लगायतका सामाग्रीमा समेत व्यापारीको मौखिक मूल्यमा सामान खरिद गर्नु पर्दा आम उपभोक्ता ठगिनु परेको अध्यक्ष नयाँघरेले बताए ।

कपडा व्यापारीले पनि मूल्य सूची राख्नै पर्छ– सहायक प्रमुख जिल्ला अधिकारी कोइराला

व्यापार गर्ने सबैले कानुनलाई मान्नु पर्ने बताउँदै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले कपडा पसलमा पनि ग्राहकले स्पष्ट देख्ने गरी मूल्यसूची राख्नु पर्ने बताए । अनुगमनको क्रममा जाँदा कपडा व्यापारीहरूले सामाग्री खरिद गरेको र विक्री गरेको बिलहरू देखाउने गरेको बताए । खरिद गरेको बिल र विक्री गरेको बिल हेर्दा नियम अनुसार नाफा राखेर बिक्री गर्न मिल्ने गरी नै विक्री भएको उनले दाबी गरे । यदि कपडा पसलले मूल्यसूची नराखेको पाइएमा राख्न अनुरोध गर्ने र पुनः अर्को पटक पनि नराखेको पाइएमा नियम अनुसार कारबाही गरिने सहायक प्रजिअ अधिकारीले बताए । तर, ग्राहकले आफूलाई चाहिने कपडा किन्दा व्यापारीले खरिद गरेको बिल पनि देखाउँदैनन् भने विक्री गरेको सामाग्रीका बिल पनि दिँदैनन् । त्यति मात्रै हैन, यस अघि मूल्यसूची नराखेका तर अनुगमन टोलीले मूल्यसूची राख्न पटक पटक निर्देशन दिएको भए पनि व्यापारीले मूल्यसूची राखेका छैनन् । यसले पनि पुष्टि गर्छ कि, कपडा पसलबाट आम उपभोक्ता ठगीमा परेका छन् ।

मूल्यसूची नराख्ने र बढी नाफा लिनेलाई यस्तो छ कारबाही

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २० को (क) बमोजिममा उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्य र सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य स्पष्ट रूपमा उल्लेख गरी मूल्यसूची राख्नु पर्ने उल्लेख छ । त्यस्तै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को (३) बमोजिम प्रत्येक थोक वा खुद्रा बिक्रेताले नेपाल सरकारले तोकी दिएको माल वस्तुको मूल्यसूची सबैले देखिने गरी विक्री स्थलमा टाँग्नु पर्दछ सो नगर्नेलाई १ वर्षसम्म कैद वा जरिवाना वा दुबै हुने सक्ने उल्लेख छ । त्यसै गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को (१) बमोजिम मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० (२० प्रतिशत) भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई विक्री गरेमा निजलाई एक वर्ष सम्म कैद वा दुई लाख पचास हजार रुपैयाँ सम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ ।

उपभोक्ता सचेत हुन जरुरी

आम उपभोक्ताहरूले बजारमा विक्रीका लागि राखिएका कपडा आफूलाई आवश्यकता भएअनुसार किन्ने गर्छन् । तर, कपडाको गुणस्तर कस्तो हो ?, आधिकारिक मूल्य कति हो ? जस्ता कुरामा ध्यान दिँदैनन् । बरु व्यापारीले मौखिक रूपमा भनेको मूल्यलाई घटाउन तर्फ मात्रै बढी ध्यान दिन्छन् । यसो गर्दा आम उपभोक्ता ठगिने गर्छन् । त्यस कारण कपडा किन्ने उपभोक्ता आफू सचेत हुन जरुरी छ । उपभोक्ताले आफूले खरिद गर्न लागेको कपडाको गुणस्तर प्रमाणित हुने संकेत देखाउन व्यापारीलाई अनुरोध गर्ने, कपडाको खरिद मूल्य प्रमाणित हुने मूल्यसूची वा बिल देखाउन अनुरोध गर्ने, आफूले खरिद गर्न लागेको कपडामा २० प्रतिशत भन्दा बढी मूल्य लिएको पाइएमा बजार अनुगमन गर्ने विभिन्न निकायलाई खबर गर्ने जस्ता कार्य ग¥यो भने मात्रै ठगिबाट जोगिन सकिन्छ ।

प्रहार खबर साप्ताहिकमा असोज २८ गते आइतबार प्रकाशित

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper