Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

नेपाली काँग्रेस, रूपान्तरणको गन्तव्य

संवादाताः हाम्रो प्रहार
जेष्ठ १५, २०८०

इतिहासको ऐतिहासिक विश्लेषण बिना वर्तमानका पाइला र भविष्यका गन्तव्य निर्धारण गर्न सकिन्न । नेपाली काँग्रेसको स्थापनाकालमा जस्तो मनोविज्ञानमा देश र जनता गुज्रिएका थिए, त्यो भन्दा खास भिन्नता अहिले छैन । सामन्ती संस्कार र चरित्रहरूमा खास परिवर्तन आएको छैन । समाज र व्यक्तिको संस्कार र चरित्रमा जबसम्म सकारात्मक परिवर्तन आउने छैन तबसम्म समाज र देशले सर्वागिण प्रगतिको बाटो पहिल्याउन सक्दैन ।

नेपाली काँग्रेसको जन्ममा नै लोकतन्त्र यसको प्राण थियो । लोकतन्त्रले मात्र राष्ट्रियतालाई सुदृढीकरण गर्न सक्छ भन्ने विश्वास थियो । लोकतन्त्रका माध्यमबाट समतामूलक समाज निर्माण गर्ने यसको परिकल्पना थियो ।

राणाशासनसंगको स्वतन्त्रताको लडाइसँगै नेपाली काँग्रेस भित्र आन्तरिक कलह, विरोधी शक्तिहरूको जन्म, स्वदेश र विदेशमा भएको देखिन्छ । त्यस्तै राजाको दिल्ली प्रवास र भारतको सामरिक आकाक्षासंगै राजनीतिक परिवर्तनहरूमा भारत लगायत अन्य छिमेकीहरूको चासो र संलग्नता रहेको कुरा लुकाएर लुक्दैन । देशको हरेक सकारात्मक राजनीतिक परिवर्तनसँगै लोकतन्त्रका विरोधी शक्तिहरूको जन्म, पृथकतावादी समूहहरूको जन्म, देशलाइ खण्डीकरण गर्ने जातीय र क्षेत्रीय नाराहरू, धर्मका नाममा समाज विखण्डनका प्रयाससँगै नया राजनीतिक एजेण्डाहरु देशहीत भन्दा पनि अस्थिरता निम्त्याउने हिसाबले स्वतःस्फूर्त या प्रायोजित रूपमा सञ्चालित भएको देखिन्छ ।

वी.पी कोइराला जस्ता तीक्ष्ण सुझबुझ र गतिशील नेता तथा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ, सुवर्ण शम्शेर जवरा जस्ता त्यागीहरुको नैतिकताका बलमा नेपाली काँग्रेसले कठिन परिस्थितिहरूमा पनि आफूलाई सार्थक ढंगले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा राजनीतिक पहिचान र हस्तक्षेप गर्न सक्ने क्षमता राख्दथ्यो । सगरमाथाका प्रश्नमा माओत्से तुंगसंग कडा वादविवाद र जवाहरलाल नेहरुले भारतको सुरक्षा सिमाना हिमालय हो भन्दा संसदमा माफी माग्न लगाउन सक्ने आँट भएका राजनेता वी.पी कोइराला थिए ।

नेपाली काँग्रेसको २०१६ सालको सातौँ महाधिवेशनमा वी.पीले भन्नुभयो, “पार्टीका सदस्यहरूले सानो तिनो भावना, स्वार्थ, द्वेष लगायत घातक प्रवृत्तिबाट आफूलाई चोखो राख्नुपर्दछ । यो कार्य अत्यन्त कठिन छ भन्ने मलाइ थाहा छ, तर कठिन कार्य सम्पन्न गर्न सक्ने क्षमता हामी सबैमा भए मात्र हामी इतिहासको हतियार बन्न सक्छौँ  भन्ने सत्यलाई हामीले बिर्सन हुँदैन । प्रत्येक सदस्यमा उच्च नैतिकता स्थापित रहनुपर्दछ । नेपाली काँग्रेसका सदस्यहरूले आफ्नो आचरण र  नैतिकताको बलले जनताको माझमा आफूलाई नेता प्रमाणित गर्न सक्नुपर्दछ ।….. आफ्नो अधिकारको प्रयोग गरेर शासन व्यवस्थामा पनि प्रभाव पार्न सकिँदैन, आफ्नो नैतिकताको बलले मात्र प्रभाव पार्न सकिन्छ  । अनुशासन, इमान्दारिता, सादगी, निःस्वार्थता त्यस्ता गुण  हुन, जसमा असीमित शक्ति छ । यी गुनहरूलाई नअगाली इतिहासको क्रान्तिकारी संस्थाको सदस्य हुन पाइँदैन । हाम्रो देशका सामुन्ने एउटा उज्ज्वल भविष्य छ । आजको स्वार्थले त्यो उज्ज्वल भविष्यलाई हामीले नधमिल्याउन् । हामीहरूले अनुशासन, इमानदारिता, सादगी निःस्वार्थता यी चार गुणलाई गाल्नुपर्दछ । स्थानीय भावना र गुटबन्दी यी दुई दुर्गुणलाई त्याग्नु पर्दछ । ”

त्यस्तै २०४७ सालमा गणेशमान सिंहले किस्तीमा राखेर आएको प्रधानमन्त्री पदलाई लत्त्याएर किसुनजीलाई प्रधानमन्त्री पद छोडिदिएको इतिहास आज पनि ताजै छ । यस्ता नेताहरूले अगुवाइ गरेर ३० वर्ष सम्म जेल,नेल, निर्वासन, सर्वस्व हरण, मृत्यु, सहादत भोग्दा पनि एक रत्ती पछि नहट्ने दलका सदस्यहरू आज किन दिग्भ्रमित छन् ? नेपाली काँग्रेस रूपान्तरण अभियानले यसको जवाफ खोज्नु पर्ने जरुरत छ ।

आज इतिहास फर्केर हेर्दा आफैले आफैलाई मूल्याङ्कन गरौँ । हामी कहाँ छौ? वी.पीको नाम हजार पल्ट लिन्छौ तर वी.पीले जे नहोस् भन्ने चाहेका थिए । त्यो भइरहेको छ । हाम्रो नैतिकता र इमानदारिताको धरातल खस्कँदा खस्कँदा आज इतिहासले हामीलाई आफ्ना स्वार्थका लागि साना साना समूह र झुन्डमा हिडने व्यक्तिको पहिचानमा पुर्‍याएको छ । समाज, देश र जनताको स्वार्थ कता बिलाए ?

नेपाली काँग्रेसको साखमा ह्रास बहुसङ्ख्यक सदस्यहरूको व्यक्तिगत कारणबाट त आएकै छ । अझ त्यो भन्दा गम्भीर यसले आफ्नो आदर्श , सिद्धान्त र पहिचानको धरातल गुमाएर रनभुल्लमा हुनका कारणले आफ्नो स्थापित परिचयलाई धुमिलमा पारेको छ । यो आदर्शबाट विचलन पनि केही नेताहरूको चरम व्यक्तिगत महत्त्वाकाङ्क्षा कारणले भएको देखिन्छ ।

त्यसैले अव नेपाली काँग्रेस रूपान्तरणको अभियान निम्न सुधारका प्रयासबाट गन्तव्यतिर लाग्नुपर्दछ ।

१. वी.पी कोइरालाले भन्नु भए जस्तै नेपाली काँग्रेसका सदस्यहरू २००३ देखि २०४५ सम्मको आफ्नो इतिहासमा रहेको आचरणमा फर्कनु पर्दछ । २०४५ सम्म ती प्राप्त स्मरणीय नेताहरूको जीवनशैलीले नै सदस्यहरूलाई व्यवहारमा सादगी र नैतिकवान् हुन प्रेरणा दिन्थ्यो । हरेक सदस्यहरूको एक अर्काप्रति आत्मीयता थियो । देश, लोकतन्त्र र जनताको भलाइ नै पहिलो प्राथमिकता थियो । कुनै बेला नेपाली काँग्रेसको ब्रान्ड नै सादा जीवन उच्च बिचारको थियो । यसरी हेर्दा नेता तथा सदस्यहरूको चरित्र, दृष्टिकोण, चालचलन, व्यवहारमा नै सर्वप्रथम रूपान्तरणको खाँचो छ । २०४६ पछि जानेर नजानेर गरिएका कुकर्महरू प्रति हरेक सदस्यहरूले आत्मालोचना गर्नुपर्दछ । देश, समाज र जनताको धन दौलत आदि हिनामिना गरिएको छ भने त्यसलाई ससम्मान फर्काउनु पर्दछ । राष्ट्रको ढुकुटी बढाउन सहयोग गर्नुपर्दछ । हरेक सदस्यहरू नेपाली काँग्रेसको साहित्यहरुसंग पूर्ण परिचित हुनुपर्दछ । नेपाली काँग्रेसका दृष्टिकोण र बिचारहरूको गहन अध्ययन, विश्लेषण गर्ने र सुधारका सुझाव दिने क्षमता राख्नु पर्दछ । वी.पीले भन्नु भए जस्तै नेता र नेतृत्वले गरेका गलत क्रियाकलापहरूको विरोध गर्ने र सच्याउने तिर अग्रसर हुनुपर्दछ । स्वार्थी भएर नेताको दास हुनबाट मुक्त हुनुपर्दछ । आफ्नो क्षमता र औकात अनुसारका पदहरूमा दाबी गर्नुपर्दछ । आफ्ना कारणले सङैका साथीहरु माथि अन्याय भइरहेको छकी सधैँ ख्याल राख्नु पर्दछ । म भन्दा हामीको संस्कृतिको विकास गर्नुपर्दछ । अधिकार खोज्ने मात्र होइन,कर्तव्यको पालनामा अग्रसर रहनु पर्दछ । आफू भन्दा अघिका अग्रज साथीहरूको सम्मान र पछिका साथीहरूलाई माया दिनु पर्दछ । दल र लाभका पदहरू सीमित हुन्छन्, सबैलाई भाग पुग्दैन । नपाउनासाथ संस्थालाई नै घात हुने काम गर्नु हुँदैन । एउटा आदर्शका लागि जीवन समर्पित गरेर बाँच्न पाउनु नै आफूलाई धन्य सम्झनु पर्दछ ।

२. नेपाली राष्ट्रिय काँग्रेसको २००३ को पहिलो घोषणा पत्रमा राजाको बैधानिककत्वमा लोकतान्त्रिक व्यवस्थाको स्थापना र संविधान सभाको निर्वाचनबाट शासन सञ्चालनको विधि बनाउनका लागि आन्दोलन गर्ने कुरा उल्लेख थियो । विसं २०१२ मा प्रजातान्त्रिक समाजवादलाई अङ्गीकार गरायो । वि सं २०१५ को संविधान अपुरो थियो तर संवैधानिक राजतन्त्र सहितको दुई सदनात्माक व्यवस्थाको प्रारूप थियो । व्यक्तिगत महात्वाकांक्षाहरु चुलिँदा देश र जनताले सास्ती भोग्नु परेको परिणाम थियो, २०१७ को राजाका कदम । किनभने त्यसै संविधान भित्र कानुनहरूको निर्माण गरेर अख्तियारको दुरुपयोग गर्नेहरूलाई दण्ड सजाय गर्न सकिन्थ्यो तर राजाले छोटो बाटो रोजे । ३० वर्षको चरम यातना, धरपकड, मृत्यु दण्ड, देश निकाला, सर्वस्वहरण सबैका बाबजुद पनि लोकतन्त्रको दियो निभ्न पाएन । राजाबाट चरम यातना भोग्नु परे पनि नेपाली काँग्रेसले राजतन्त्र नेपालको अखण्डताका लागि आवश्यकता महसुस गरिरह्यो । वी.पी कोइरालाले जीवन रहुन्जेल प्रजातन्त्र राजासंग खोसेर लिने , राष्ट्रियता जोगाउन राजासँग मिलेर काम गर्ने र प्रजातन्त्रको माध्यमबाट स्वतन्त्र र समतामूलक समाजको स्थापना गर्ने लक्ष्यलाई स्पष्टसँग बताइरहनु भयो । बि.सं २०४६ को परिवर्तनले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई दरो रूपमा स्थापित गर्न खोजिएता पनि अस्थिरताको बिज बि.सं २०५१ काँग्रेस आफैले र २०५२ मा माओवादीले रोपे । यी सबै विषयमा ढुलमुले नीति राखेर बिचमा रहेर नाफा लिने एमालेको रवैया बन्यो।  त्यस्तै २०६३ ले अर्को बिज रोप्यो, जनताले  अनुमोदन गरेका छन् भन्ने नाममा धर्म निरपेक्षता, गणतन्त्र र संघियता । जो पूर्ण सत्य थिएन ।

सर्बप्रथम यो तथ्यलाइ ऐतिहासिकताको आधारमा केलाऔँ । जानेर नजानेर २००७ देखि २०६३ सम्मको परिवर्तनमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू र स्थानीय स्तरमा लोकतन्त्र विरोधी शक्तिहरूको निर्माण गरेर प्रजातन्त्रको आन्दोलनलाई कमजोर पार्ने हर्कतहरु भइरहे । दिल्ली सम्झौता भारतको सक्रियतामा नेपाली काँग्रेसको सक्रिय सहभागिता बिना भएको थियो । तर पनि संविधान सभाबाट संविधान लेखेर देश चलाउने सहमति राजाले गरेका थिए । २००६ मा कम्युनिस्ट संस्थाको जन्म भयो । जनवादी गणतन्त्रका लक्ष्यका साथ । प्रजातन्त्रलाई यसले कति सहयोग गर्‍यो होला ? इतिहासकारहरुले बिश्लेषण गरुन् । तर ८ वर्ष सम्म संविधानसभाको चुनाव नगराएर राजा आफैले संविधान दिएर बहुदलीय चुनाव गराए । दुई तिहाइ बहुमत साथ वी.पी कोइरालाको सरकार बन्यो तर  राजा आफैले पुन संविधान निलम्बन गराए । प्रजातन्त्र अपहरण गरे । कम्युनिस्ट पार्टीले स्वागत गर्‍यो । दिपावली गरयो ।  यो राजनीतिक बेइमानी थियो । 

यसका विरुद्धका आन्दोलनमा हरेक हन्डर खपेर प्रजातन्त्रको दियो नेपाली काँग्रेसले निभ्न दिएन । जेल हालिएको वी.पी,गणेशमान, किसुनजीलाइ विभिन्न प्रलोभन देखाएर कुनै तानासाहका लागि सहमत गराउन खोजियो । बरु निर्वासन रोजे । किसुनजीले जेल नै रोजे । नेपाली काङ्ग्रेसलाई निर्वासन सहज भएन । इन्दिरा गान्धीले वी.पी मार्फत भारतको लक्ष्य पुरा गर्न दबाब दिए । तर भारतमा सिक्किम बिलय गराएपछि र अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेपछि नेपालको राष्ट्रियता खतरामा भएको बिश्लेषण सहित वी.पी देश फर्कनु भयो । सातवटा राजद्रोहको मुद्धा थियो, एकमा हार्दा मृत्युदण्ड थियो , नेपाली कांग्रेस अराष्ट्रिय तत्व घोषित थियो । रेडबुक बजारमा प्रशस्त पढन पाइन्थ्यो । नेपाली कांग्रेस विरुद्ध दरबार र कम्युनिस्ट एक थिए । वी.पी र काङ्ग्रेसलाई भारतीय दलालको बिल्ला लगाइएको थियो । नेपालको इतिहासको यो विडम्बना थियो, जसले भारतसँग सम्झौता गर्न चाहेन, उ दलाल घोषित गरियो । वी.पीले मुद्धा जित्नु भो । प्रजातन्त्रको लडाइ लडिरहनु भो । गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट सहितले २०४६ मा बहुदल ल्याएता पनि भारतको पनि संलग्नता देखियो ।

२०४७ सालको संविधानले राजा सहितको संसदीय ब्यबस्थालाइ संस्थागत गर्न कोसिस गर्‍यो । तर नेपाली कांग्रेस आफैले साना तिना मतभेद सहित व्यक्तिगत महात्वाकांक्षाका लागि अस्थिरता निम्त्यायो । रुग्ण उद्योगहरूलाई बौराएर विकास गर्नु पर्ने अवस्थामा सजिलो बाटो प्राइभेटाइजेशन रोजियो । २०५२ मा लोकतन्त्र र राष्ट्रियता कमजोर पार्न जनवादी गणतन्त्र, व्यक्ति हत्या, सम्पत्ति लुटपाट, जातीय विखण्डन, जानेर नजानेर प्रायोजित भयो । क्रान्तिकारीहरू यसैका आश्रयमा बाँचे । जसले आश्रय दियो उसैको छत्रछायामा १२ बुँदेमा ल्याएर यो पटाक्षेप भयो । यो पनि व्यक्तिगत महात्वाकांक्षाहरुको उत्कर्ष रहेछ भन्ने कुरा आज प्रमाणित भयो । देशलाइ अस्थिरतातिर धकेल्न अनेक नाटक मन्चन भए, मधेश आन्दोलनका नाममा सयौँ समूहहरूको निर्माण भए तर कसैका लागि । पहाडिया र मधेसी बिच द्वेष फैलाइयो ।  धर्मनिरपेक्षता आयो, अर्कैका लागि । होलीवाइन खुवाइयो । सङ्घीयता नामको व्यवस्थाले हजारौँ नेता जन्माएर, गलत आयोजना र सम्झौताहरूले देशलाइ आर्थिक रूपमा टाट पल्टाउने अवस्थामा पु¥यायो । गणतन्त्रका नाममा एक राजा महँगो भयो भनेर फालेका अहिले सयौँ राजा मात्र होइन हजारौँ राजकुमार र महारानीहरूको ताण्डव  नृत्य देश भोग्दै छ । भ्रष्टाचार, दुराचार, अनियमितता, घुशखोरी र बेथितिको चरम अवस्था आज भोग्दै छ । लाखौँ युवाहरूलाई विदेश पठाएर उनको रगत पसिनामा मोज गर्दैछौ । व्यापार घाटा चरम चुलीमा छ, विदेशी ऋणले थला पारेको छ । सदनमा निम्न स्तरको गाली गलौच बाहेक रचनात्मक कुरा थोरै सुन्न पाइन्छ। त्यसो हो भने नेपाली कांग्रेसको रुपान्तरणको अभियानले के कुरालाइ लक्षित गर्नेत ?

१. नेपाली कांग्रेस अहिले कुन आदर्शमा अडिएको छ, अहिले भन्न गाह्रो छ । यसरी स्पष्ट आदर्श दिन नसक्दाको अवस्थामा नेपाली कांग्रेस गुज्रिएको छ । संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रलाई २०६३ मै तिलान्जली दिएको देखिन्छ । यो अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा भएको छ । संघिय जनवादी गणतन्त्र माओबादीको अडान भएता पनि कांग्रेस मिसिएपछि जनवादी हटेर लोकतान्त्रिक थपिएको होकि भन्ने बुझिन्छ । धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा हुदा हुदै नेपाली कांग्रेसलाइ धर्मनिरपेक्षता मान्न कसले बाध्य बनायो? त्यसैले आजको बेथितिको सुरुवात यहीबाट भएको छ । त्यसो हो भने के कांग्रेस यी सबै अवस्थालाइ चिर्न सेरेमोनियल राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र या संसदीय ब्यबस्था या प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र बिशेषज्ञताका आधारमा स्वतन्त्र मन्त्रीपरिषदको एजेण्डामा जानेछ?जहा सांसद मन्त्री हुने छैनन् । यसबाट धेरै आर्थिक र राजनीतिक बेथिती हटाउन सकिनेछ ।

२. शक्ति प्राप्त गर्ने नाममा कुनै पनि सिद्धान्त नमिल्ने समुह या दलहरुसंगको साठगाँठ बहुदलिय प्रजातन्त्रको लागि घातक सिद्ध हुने कुरा प्रमाणित भएको छ । त्यसैले आफनो बुतामा सरकार बनाउन कोशिष गरिनु पर्दछ नभए प्रतिपक्षमा बस्न उत्तम हुन्छ । आफ्नो सरकार भए पनि प्रतिपक्षमा रहे पनि २००७ पछिका सम्पुर्ण भ्रष्टाचार र अनियमिताको छानविन गर्नुपर्छ । सबै सार्वजनिक पदमा हुनेहरुको सम्पत्ति छानविन गरि अनियमित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । आफ्ना मान्छे परेपनि नछोडने आँट हुनुपर्छ ।

३. एउटै दलको सरकार बन्न नसक्ने अवस्था अहिलेको संबिधानको चुनाव प्रणालीले उप्जाएको हो । अन्य देशलाइ हेर्दा यति धेरै सासंदको आवश्यकता छैन । २ लाख जनसंख्या बराबर एक सांसद हुने गरि १५० सांसद र बिशेषज्ञताको आधारमा १५ जना मन्त्री भए नेपाललाइ पुग्छ । दललाइ या मानिसलाइ जसलाइ भोट दिने ब्यबस्था गरेपनि सांसद १५० रहनु पर्दछ । दललाइ भोट हाल्ने प्रक्रिया भए चुनावको खर्च घटथ्योकि? चुनावमा जितेका स्थानहरुमा सम्बन्धित दलले नीति बनाउन बिशेषज्ञहरुलाइ मनोनित गर्नेकी? प्रदेश र जिल्ला समन्वय समितिका खारेजी हुनुपर्छ । सांसदको सचिवालयले नै चुनाव क्षेत्र भरिको आवश्यकता र समस्याहरुको लेखाजोखा गर्ने र स्थानिय सरकारहरुको समन्वय गर्ने जिम्मा लिनु पर्दछ ।  नीति निर्माणमा सहयोग गर्ने र बिकास निर्माणका योजना, मुल्यांकन गर्ने कार्य त्यही सचिवालय मार्फत गरिनुपर्दछ । महालेखा र अख्तियारलाइ हरेक बिकासका युनिट सम्म बिस्तार गरिनु पर्दछ । नगरपालिका र गाउँपालिका महासंघहरुलाइ स्वयंसेवी ढंगले बिकास निर्माणको योजना बनाउन ,अनुगमन र मुल्यांकन गर्न सहयोग गर्न सक्ने अधिकार दिनु पर्दछ । नागरिक समाजका तर्फबाट हरेक आयोजनाको मुल्यांकन स्वंसेवी ढंगले गर्ने बन्दोबस्त गर्नुपर्दछ ।

४ निश्चित अवधि राखेर देशका हरेक क्षेत्र जस्तै स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक तथा सामाजिक विकासमा सूचकहरूलाई कति, कहिलेसम्म , कसरी, काहासम्म पुर्‍याउने भन्नेको लेखोट स्पष्ट हुनुपर्दछ र त्यस अनुसारका रणनीतिहरू तय गरिनुपर्दछ ।

यी केही विषयहरू र अन्य यसमा नपरेका विषयहरूमा गम्भीर छलफल बिश्लेषण, विशेषज्ञहरूका राय समेत राखेर नेपाली काँग्रेसले आफ्नो रूपान्तरणको गन्तव्य तय गर्नुपर्दछ । नत्र केही अधिकार या लाभका पदमा बस्न पाउनेहरू र नपाउनेहरूको बिचको व्दन्व्द मात्र प्रमाणित हुन गए संस्थाले पुन घाटा बेहोर्ने सम्भावना रहन्छ ।

(लेखक नेपाली कांग्रेस, रामेछापका पूर्व महासमिति सदस्य तथा नेपाल प्रेस युनियन, रामेछापका सदस्य हुनुहुन्छ ।)

skarma_2005@yahoo.com

Related Posts

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने
समाचार

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा
समाचार

लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper