Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिखुतामाकोशीमा डिजिटल प्रविधिबाट प्राथमिक स्वास्थ्य सेवा प्रवाह हुने

संवादाताः हाम्रो प्रहार
बैशाख २६, २०८०

रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिकामा चालु आर्थिक वर्ष देखि डिजिटल प्रविधि मार्फत प्राथमिक स्वास्थ्य सेवा सुरु हुने भएको छ । गणेश उज्जन (भूवन) स्मृति प्रतिष्ठानसँगको सहकार्य, जापनिज संस्था एनपीओ आशाको आर्थिक सहयोग र काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा डिजिटल प्रविधि मार्फत प्राथमिक स्वास्थ्य सेवा प्रणाली सुरु हुने भएको हो ।

आइतबार लिखुतामाकोशी गाउँपालिकाका जनप्रतिनिधि, गणेश उज्जन (भूवन) स्मृति प्रतिष्ठानका प्रतिनिधि, जापनिज संस्था एनपीओ आशाका प्रतिनिधि र  काठमाडौँ विश्वविद्यालयका प्रतिनिधि बिच भएको छलफलपछि चालु आर्थिक वर्ष देखि नै कार्यक्रम सुरु हुने गरी सम्झौता भएपछि उक्त कार्यक्रम हुने भएको हो । दुई वर्ष सम्म सञ्चालन हुने कार्यक्रम लिखुतामाकोशी गाउँपालिकाका ७ ओटै वडामा लागु हुने गरी सम्झौता भएको छ ।

कार्यक्रमले लिखुतामाकोशी गाउँपालिकाका नागरिकहरूको स्वस्थ जीवनस्तरमा सुधार गरी समुदायमा आधारित स्वास्थ्य सेवा प्रणालीको विकास गर्नु कार्यक्रमको मूल लक्ष्य रहेको छ ।

डिजिटल प्रविधि मार्फत प्राथमिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्नमा केन्द्रित हुने कार्यक्रमबाट प्राथमिक स्वास्थ्य सेवा अन्तरगत हरेक नागरिकको स्वास्थ्य विवरण डिजिटल प्रणाली मार्फत एपमा राखी सम्बन्धित व्यक्तिको स्वास्थ्य अवस्थाको बारेमा जान्न बुझ्न सकिने कार्यक्रम रहेको छलफलमा बताइएको छ । कुनै पनि रोगको लक्षण देखा परेमा उक्त रोगको उपचारको सहजीकरण, स्वास्थ्य सल्लाह, लगायत सम्बन्धित रोगको विज्ञहरूसँग सम्पर्क गरी निवारणको उपायका बारेमा समेत रोग लागेका व्यक्तिहरूलाई सहयोग उपलब्ध गराउने कार्यक्रमको लक्ष्य रहेको छ । 

हरेक नागरिकको स्वास्थ्य अवस्था प्राथमिक चरणमा नै पहिचान तथा निराकरण गर्ने वातावरण सिर्जना गरी स्वस्थ नागरिक स्वस्थ समाज निर्माण गर्नु नै डिजिटल प्राथमिक स्वास्थ्य सेवाको मूल लक्ष्य रहेको गणेश उज्जन फाउन्डेसनका अध्यक्ष सावित्री श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार स्थानीय स्तरमा स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्ति राखेर गर्भवती महिला, शिशुहरू र दीर्घकालीन रोगका बिरामीहरूलाई आवश्यक ज्ञान र आफ्नो स्याहार कसरी गर्ने भन्ने सीपहरू सिकाउनको लागि घर घरमा भ्रमण गरिने छ । स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न डिजिटल प्रविधि आशा कनेक्ट द्वारा उनीहरूको दक्षतालाई बढाउँदै आधारभूत र व्यावहारिक स्वास्थ्य ज्ञान सँगै सीपहरूमा विशेष प्रशिक्षण मार्फत विद्यालयका विद्यार्थीहरूलाई पनि स्वास्थ्य शिक्षा प्रदान गरिने गरी कार्यक्रम तयार गरिएको अध्यक्ष श्रेष्ठले बताइन् । 

ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी तयार पारिएको कार्यक्रमले लिखुतामाकोशी गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा र आफ्नो स्वास्थ्यको आफै हेरचाह गर्न सक्ने सीपहरूमा राम्रो पहुँच प्राप्त गर्न सहयोग गर्ने विश्वासका साथ डिजिटल प्रविधि र समुदायमा आधारित स्वास्थ्यकर्मीहरू प्रयोग गरेर नागरिकहरूको स्वस्थ जीवनको गुणस्तरमा सुधार गर्ने कार्यक्रमले गाउँपालिकालाई ठुलो सहयोग पुग्ने गाउँपालिका अध्यक्ष केशव महतले बताए । 

आफ्नै स्वास्थ्यको बारेमा जानकारी नभएका र रोगबाट पीडित रहेका तर विभिन्न कारणले स्वास्थ्य संस्था सम्म जान नसक्ने लिखुतामाकोशीबासीलाई घर–घरमै पुगेर दिइने स्वास्थ्य सेवाले स्वस्थ लिखुतामाकोशी गाउँपालिका बन्ने विश्वास आफूले लिएको अध्यक्ष मतले बताए । कार्यक्रमको सफल कार्यान्वयनका लागि आफूहरूको तर्फबाट सकिने सवै खाले साथ सहयोग उपलब्ध गराउन पालिका तयार रहेको पनि अध्यक्ष महतले बताए ।

एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निनले कार्यक्रमको बारेमा संक्षिप्त प्रस्तुति गरेका थिए भने गणेश उज्जन प्रतिष्ठानका संरक्षक तथा प्रोजेक्ट मेनेजर गणेशमान लामाले अन्तरक्रिया कार्यक्रममा सक्रिय सहभागीताले पनि कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे । काठमाडौँ विश्व विद्यालयका बिजनेस कोअर्डिनेटर डा. राम लामाले कार्यक्रम प्रभावकारी बनाउन आफूहरूको तर्फबाट पूर्ण प्राविधिक सहयोग रहने बताए ।

जापान स्थित टोक्यो विश्वविद्यालयमा अध्ययन गरेका विज्ञहरूको रिसर्च मेडिकल विशेषज्ञहरूको परामर्श तथा प्रविधिको प्रयोग गरी बनाइएको ASHA\ Connect App   को प्रयोग गरी उक्त कार्यक्रम गरिने कार्यक्रममा बताइएको छ । यो प्रणाली रामेछाप जिल्लामा नयाँ रहेको बताइएको छ ।

अन्तरक्रिया  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिन, सात वटै वडाका वडाध्यक्षहरु, प्रत्येक वडाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, गाउँपालिकाका सबै पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

गणेश उज्जन (भूवन) स्मृति प्रतिष्ठानले लामो समय देखि देशको विभिन्न जिल्लाहरूमा शिक्षा, दैवी प्रकोप, प्राकृतिक विपत्ति, भूकम्प, कोभिड लगायतको क्षेत्रमा सामाजिक कामहरू गर्दै आएको छ ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper