Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

पचास प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको बोका–पाठी वितरण

संवादाताः हाम्रो प्रहार
फाल्गुन ६, २०७९

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले पशुपालक किसानलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका/पाठी वितरण गरेको छ । परियोजनाले बाख्रा जोन लागु भएका क्षेत्रका किसानहरुलाई शनिबार उन्नत पशु नश्ल सुधार कार्यक्रम अन्तरगत (७५ प्रतिशत) बोयर जातको बोका/पाठी ५० प्रतिशत अनुदानमा वितरण गरीएको हो ।

बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा किसानलाई बोका तथा पाठी वितरण गरिएको हो । बोका/पाठी वितरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले पशुपालक किसानको आवश्यकतालाई ध्यानमा राखेर परियोजनाले बाख्रा पालनमा गरेको सहयोगले जिल्लालाई बाख्रामा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले परियोजनाले संचालन गरेका जोन क्षेत्रमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमसागर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले किसानलाई सरकारले विभिन्न सेवा सुविधा उपलव्ध गराएको उल्लेख गर्दै लगानीको उच्चतम सदुपयोग हुनु पर्नेमा जोड दिए । गाउँमा बस्ने युवाशक्ति कमी भएको बेला व्यवसायिक रुपमा पशु तथा कृषि पेशा अगांल्ने किसानलाई स्थानीय सरकारले पनि सघाउदै आएको प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जोन क्षेत्र लागु भएका स्थानहरुमा बाख्रा पालक किसानले परियोजनाकै सहयोगमा राम्रो आम्दानी लिन थालेको बताउँदै बाख्रा जोन मार्फत किसानले ठूलो फाइदा लिएको बताए ।

जिल्लाको सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकाका अधिकाशं वडाहरुमा परियोजनाले बाख्रा जोन मार्फत उन्नत जातको बोका पाठी वितरण, आधुनिक प्रकारको खोर निर्माण, पानी पोखरी निर्माण, मेसिनरी औजार वितरण, औषधि र उपचार लगाएतमा किसानलाई सघाउँदै आएको छ ।

बाख्रा जोन लागु भएर उन्नत पशु तथा नश्ल सुधार कार्यक्रम अन्तरगत जिल्लालाई आवश्यक पर्ने बाख्रा तथा बोका प्रयाप्त मात्रमा उत्पादन हुन थालेको परियोजना कार्यन्वयन इकाई रामेछाप प्रमुख थिरलाल गैह्रेले बताए । अहिले बोयर जातको बोका/पाठीमा बृद्धि भएर रामेछाप, काठमाण्डौ, ओखलढुंगा, सिन्धुली, दोलखा लगायतको ठाउँमा समेत उन्नत जातको बोका पाठी निर्यात हुन थालेको गैह्रेले बताए । बाख्रा जोन लागु भएपछि जिल्ला खसी बोकाको मासुमा समेत आत्मनिर्भर भएको उनले दावी गरे ।

अब गाउँ–गाउँमा बाख्रा उत्पादन बृद्धि हुनुको साथै बाख्रा पालक किसान पनि बढेको बताउँदै परियोजना प्रमुख गैह्रेले गाउँमा पशु चिकित्सक नहुँदा किसानलाई समस्या थपिने हुँदा किसानको घर–घरमा पशु चिकित्सक पठाउने गरी तयारी गर्नु पर्ने बेला आएको बताए ।

परियोजनाले रामेछापमा जुनार जोन, बाख्रा जोन र आलु जोनमा काम गर्दै आएको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper