Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

निलगंगा हाइड्रोपावरको सार्वजनिक सुनुवाई स्थानीयद्वारा बहिस्कार

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ पुष २१

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १, दोलखाको जिरी नगरपालिका वडा नं १ र २ को सिमना भएर बग्ने खिम्ती–घ्वाङ खोलामा निर्माण गर्न लागिएको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई स्थानीयले बहिस्कार गरेका छन् । बुधबार चुचुरेमा आयोजना गरेको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको ३३ केभी विद्युत प्रसारण लाइन आयोजना मस्यौदाको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइमा प्रभावित क्षेत्रका स्थानीयलाई सूचना नगरिएको भन्दै जनप्रतिनिधि सहित स्थानीयले सार्वजनिक सुनुवाई नै बहिस्कार गरेका हुन् ।

सार्वजनिक सुनुवाइको लागि कम्तिमा पनि हप्ता दिन अगाडि जानकारी गराउनु पर्ने भएपनि निलगंगा हाइड्रपावर कम्पनीले एक दिन अगाडि मात्रै केही स्थानमा सूचना टाँस गरी स्थानीयलाई सहभागी नगराउने उद्देश्यले सार्वजनिक सुनुवाई गर्न लागेपछि कार्यक्रम नै बहिस्कार गरिएको प्रभावित क्षेत्र गोकुलगंगा– १ चुचुरेका स्थानीय टिका कार्कीले बताए ।

हाम्रो प्रहार डटकम

कार्कीले भने– ‘निलगंगा हाइड्रपावर कम्पनीको जिम्मेवार व्यक्तिको अध्यक्षमा कार्यक्रम हुनु पर्ने भएपनि नियम विपरित गोकुलगंगा–१ का वडाध्यक्षको अध्यक्षतामा कार्यक्रम गरेर सबै स्थानीयलाई झुक्याउन खोजेपछि हामीले कार्यक्रम बहिस्कार गर्‍यौ । त्यति मात्रै हैन, प्रभावित क्षेत्रका २५ प्रतिशत भन्दा कम स्थानीयको उपस्थिति थियो । स्थानीय नागरिकका विरुद्धमा रहेका र हाइड्रको पक्षमा रहेका मान्छेहरुको बढी उपस्थिति थियो । त्यसैले पनि जिरी नगरपालिका वडा नं १ का वडाध्यक्ष आङपासाङ शेर्पा, वडा नं २ का वडाध्यक्ष निमपल्दे शेर्पा र गोकुलगंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष छत्रबहादुर बस्नेतको समेत सहमितमा कार्यक्रम बहिस्कार गरिएको हो ।’

यस अघि त्यहि क्षेत्रमा दुई ओटा जलविद्युत आयोजनाको काम सम्पन्न गरेको हिमालय उर्जा विकास कम्पनी लिमेटेडले स्थानीयसँग गरेका सम्झौतालाई कार्यन्वयन नगरी काम सम्पन्न गरेको र हाल निलगंगा हाइड्रपावर कम्पनी पनि त्यही हिमालय उर्जा विकास कम्पनीमा आवद्ध भएका व्यक्तिहरुबाट नै संचालित भएकाले अगाडि भएका सम्झौतालाई कार्यन्वयन गर्नु पर्ने, सार्वजनिक सुनुवाईमा प्रभावित क्षेत्रका सबैलाई कम्तीमा एक हप्ता अगाडि खबर गर्नु पर्ने लगायतका मागहरु राखिएको कार्कीले बताए ।

निलगंगा हाइड्रपावर कम्पनीले खिम्ती खोला र घ्वाङ खोलाको पानी जम्मा गरेर ९ मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारेको छ ।

उक्त क्षेत्रमा हिमालय उर्जा विकास कम्पनी लिमेटेडले ७ मेगावटको अप्पर खिम्ती र १२ मेगावटको उपल्लो खिम्ती जलविद्युत आयोजनाको काम सम्पन्न गरीसकेको छ । तर, सम्पन्न आयोजनाका कारण अहिले खोलामा १० प्रतिशत पानी नछोडिएको कारण उक्त खोला आसपासका जंगली जनवार संकटमा परेको पनि स्थानीयले आरोप लगाएका छन् ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper