Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘जनप्रतिनिधिले पार्टी विर्सनु पर्छ’– सांसद तामाङ

संवादाताः रामचन्द्र वि.क.
पुस १५, २०७९

रामेछाप– प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछापका जनप्रतिनिधिले आफ्नो कार्यकाल भरी आफू निर्वाचित भएको पार्टीलाई बिर्सिएर रामेछाप जिल्लाको समग्र विकासमा लाग्नु पर्ने बताएका छन् । बुधबार सदरमुकाम मन्थलीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले आयोजना गरेको बाली/पशु बस्तुको बजारीकरण गोष्ठीमा आफ्नो भनाइ राख्दै प्रतिनिधि सभा सदस्य तामाङले जिल्लाको समग्र विकासको लागि रामेछापका स्थानीय तहका जनप्रतिनिधि र रामेछापबाटै निर्वाचित प्रदेश र संघका जनप्रतिनिधिले पार्टीलाई बिर्सिएर लाग्नु पर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले भने– ‘संविधान अनुसार स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुन्छ । सोही अनुसार हामीलाई आम जनताले पाँच वर्षको अवधि भरीमा कुनै राजनीतिक दलको प्रतिनिधिका रुपमा नभइ निष्पक्ष भएर काम गर्ने गरी जनप्रतिनिधिका रुपमा छनौट गरेका छन् । यो अवधिलाई हामीले आफ्नो पार्टीको रुपमा नभइ जनताको मान्छे हुनेगरी काम गर्नु पर्छ । त्यसको सुरुवात म आफैबाट गर्ने छु । मैले जिल्लाको विकासका काम गर्दा कहिल्यै पनि पार्टी झल्कन दिने छैन् । तर, यो काम मैले मात्रै गरेर हुँदैन स्थानीय तहका जनप्रतिनिध र प्रदेश सभाका जनप्रतिनिधिले पनि थाल्नु पर्छ । त्यसैले म आजैबाट सबै जनप्रतिनिधि ज्यूहरुलाई आफ्नो कार्यकाल भरी आफ्नो पार्टीलाई बिर्सेर जनताका काम गर्न अनुरोध गर्छु । अनि मात्रै रामेछापको विकास गर्न सकिन्छ ।’

प्रतिनिधि सभा सदस्य तामाङले राज्यबाट आउने पैसालाई आफ्नो पार्टीबाट ल्याएको जसरी पार्टीको प्रचार गरेर हिडेको विगतको गलत प्रवृत्तिलाई यो पटक देखि तोड्नु पर्ने धारणा राख्दै हरेक निकायले आफ्नो कार्यक्रम र प्रगतिको बारेमा नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्न आग्रह गरे । उनले आफ्नो पाँच वर्षे कार्यकालमा आफू मार्फत आउने राज्यकोषको रकमको पारादर्शी ढंगले सार्वजनिकीकरण गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले रामेछाप विकासको लागि मुख्यतः कृषि, पशुपालन, खानेपानी, पुर्वाधार विकास, गुणस्तरीय शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर प्रभावकारी रुपमा अगाडि बढाउने गरी नीति निर्माण तहमा छलफल गर्ने देखि बजेटको सुनिश्चिताको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले रामेछाप जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन रामेछापका सबै सरोकारवालाहरु लाग्नु पर्ने धारणा राखिन् । उनले जिल्लाका स्थानीय तह, अन्य सरकारी कार्यालय र विभिन्न संघसंस्थाहरुले अगुवा किसानलाई मात्रै अनुदान दिने र आधुनिक कृषि प्रणलीको बारेमा जानकारी गराउने परम्परा रहेको हुँदा त्यस्तो परम्परालाई त्यागेर नयाँ किसानको खोजी गरेर सहयोग गर्न र आधुनिक कृषि प्रणलीको बारेमा जानकारी गराउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लागयतले बोल्ने क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा संचालन गरेको जुनार जोन, बाख्रा जोन र आलु जोनमा स्थानीय तहको समेत सहयोगमा केही नमूना उपलब्धीहरु देखिएको बताउँदै आगामी दिनमा स्थानीय तहसँग समेत थप समन्वय गरेर काम गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले इकाई मार्फत संचालनमा रहेका जुनार जोन, बाख्रा जोन र आलु जोनमा धेरै उपलब्धी भएको तथ्यांक सहित प्रगती प्रस्तुत गरेका थिए । गैह्रेले परियोजनाकै सहयोगमा विगतका वर्षहरुमा जुनारमा देखिएको किरा नियन्त्रण भएको, बाख्रा तथा पाठापाठी र आलु उत्पादनमा बृद्धि भएको दावी गरे । उनले किसान र किसानको पक्षमा काम गर्ने निकायहरु एक भएर काम गर्ने हो भने रामेछाप जिल्लालाई कृषिबाटै समृद्ध बनाउन सकिने दावी गरे ।

कार्यक्रममा सहभागी भएका किसानहरुले आफूले गर्दै आएको कृषि कर्मलाई सफल बनाउन र उद्योगकै रुपमा अगाडि बढाउने गरी राज्यले दीर्घकालिन स्थानीय कृषि योजना बनाएर लागु गर्नु पर्ने धारणा राखे ।

कार्यक्रमको अवसर पारेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई मार्फत अनुदान तथा प्राविधिक सहयोगमा काम गरीरहेका किसानहरुलाई परियोजना कार्यन्वयन इकाई रामेछापले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थियो ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper