Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

स्वतन्त्रले प्रभाव देखाउन सकेनन, काँग्रेस एमाले विचमै प्रतिस्पर्धा हुने पक्का

संवादाताः हाम्रो प्रहार
कार्तिक १४, २०७९

रामेछाप – उमेदवारका लागि जिल्लाबाट नाम सिफारीस गर्ने बेलामा आकांक्षि नभएपनि पार्टीको निर्णय चित्त नवुझाएर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उमेदवारी दिएका रामेछापका ४ जनाले आफ्नो प्रचार प्रसार तिव्र वनाउन सकेका छैनन् । आवेग र उक्साहटमा लागेर उमेदवार वनेकाहरु निर्वाचनमा विजय हुने कुरामा आशावादी पनि छैनन् । केहिले मुख्य उमेदवार हराउनका लागि आफ्नो ध्यान केन्द्रीत गरेका छन् ,तर उनिहरु आफैलाई पनि मुख्य उम्मेदवारलाई हराउन सकिनेमा विश्वास लागेको छैन ।

प्रतिनिधिसभा सदस्य पदका लागि यस पटक स्वतन्त्र उमेदवारी दर्ता गराउनेको संख्या ४ जनानै विगतमा कुनै तहमा निर्वाचित व्यक्ति हैनन् । उनिहरुको लामो राजनीतिक ईतिहास समेत छैन् ।
चार मध्ये सैपु घर भएका चन्द्र राउतले यस पटक पार्टीका आधिकारीक उमेदवार विरुद्ध स्वतन्त्र उमेदवार दिएका छन् । उनी २०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट लिखु तामाकोशी गाउंपालिकामा भारी मतान्तरले पराजित भएका थिए । त्यस अघी कांग्रेसका क्षेत्रीय सभापतिमा हार वेहोरेका उनी पछि सवै जिल्लाका नेताको सदासयताले जिल्ला सचिवमा निर्वाचित भएका थिए । सचिवको कार्यकाल सकेपछि उनी जलविद्युत आयोजना तर्फ लागेका थिए ।
अर्का उमेदावार आङओङ्वा लामा प्रिती निवासी हुन । गएको स्थानीय निर्वाचनमा वडामा हारेका लामा यस अघी कहिल्यै पनि निर्वाचन छिचोलेका नेता हैनन् । उनी लहैलहैमा लागेर स्वतन्त्र उमेदवारी दिनेमा पर्छन् । निर्वाचनको दिन आईसक्दा उनी कता छन् जिल्लाबासीलाई थाहा छैन् । स्थानीय तह बन्नु अघी सर्वदलिय संंयन्त्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधित्व गर्ने रामकुमार लामा पनि यस पटक प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उमेदवार छन् । पार्टी हित विपरितको काम गरेको भन्दै यस अघीनै माओवादी केन्द्रले उनलाई कारवाहि गरेको थियो । पार्टी संगठन भित्र त्यति धेरै प्रभाव नराख्ने उनी पनि यस अघी कुनै तहमा निर्वाचनमा भाग नलिएका नेता हुन । उनको आधार क्षेत्र बेथानमा पनि उनको प्रभाव देखिएको छैन । माओवादी केन्द्र र कांग्रेस गठवन्धनको अघी वेथानमा लामाको कुनै प्रभाव नहुनुले पनि उनको उमेदवारीले खासै असर नगर्ने वताइएको छ ।

स्वतन्त्र उमेदवारी दिने चौथा व्यक्ति हुन् विक्रम राना । विक्रम राना यस अघी कहिले राप्रपा कहिले माओवादीमा चहारिरहने व्यक्ति हुन । ति दुवै दलमा हुदा उनको प्रभाव देखिएको छैन् । त्यसैले पनि गठवन्धनका प्रभावशालि उमेदवार पूर्णवहादुर तामाङ (कान्छााराम) लाई स्वतन्त्रको मतले खासै असर पुग्ने देखिदैन । स्वतन्त्रले एमालेको पनि भोट काट्ने भएको निर्वाचनमा हिडेका कार्यकर्ताको वुझाई छ । विगतको निर्वाचनमा आएको परिणामलाई हेर्दा पनि स्वतन्त्र र अन्य साना दललाई मतदाताले रुचाएको देखिदैन् । ठुला दलका प्रतिस्पर्धी सगैं दाजिएर उमेदवारी दिने र प्रचारमा हिड्नेले पनि विगतमा उल्लेख्य मत पाएका छैनन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्य पदमा माओवादी र एमाले मिलेर वनेको गठवन्धनले विजयी हासिल गरेको थियो । माओवादी केन्द्रका उमेदवार श्यामकुमार श्रेष्ठले ४२ हजार १ सय १७ मत ल्याउदा नेपाली कांग्रेसका उमेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले ३५ हजार ७ सय ७१ मत पाएका थिए । तर तेश्रो हुने नेकपा मालेका उमेदवार मोहन कार्कीले जम्मा ३ हजार २ सय ८५ मत पाएका थिए । र सवैभन्दा थोरै मत पाउने उमेदवार लिवरल डेमोक्रेटीक पार्टीका विजय गोले थिए । गोलेले जम्मा ४८ मत पाएका थिए । अहिले पनि केहि साना दल चुनावी मैदानमा छन् । तर तिनको हालत पनि पहिलेको भन्दा भिन्न छैन् । मतदाताहरु काँग्रेस, एमाले र माओवादीकै नेताहरुमा आशा भएकाले उनीहरुकै बारेमा चासो र लेखाजोखामा रहेका पाईन्छन ।

विगतको निर्वाचनको नतिजा लाई केलाउने हो भने मुख्य प्रतिस्पर्धा दुई ठुला दलका विचनै हुने हो । यस पटक कांग्रेस र माओवादी विचको गठवन्धन हुनुले यस पटक कान्छारामको विजय हुने कुरामा कार्यकर्ताहरु ढुक्क छन् । एमालेका कैलाश प्रसाद ढुंगेल कान्छारामको प्रतिस्पर्धी हुन । २०७४ भन्दा अघिको निर्वाचनमा माओवादी र एमालेको मत जोड्दा कांग्रेस भन्दा २९ हजार मत बढी थियो । तर कान्छारामले त्यो मतान्तरलाई घटाएर ६ हजार हाराहारीमा झारेका थिए । अहिले त तेश्रो ठुलो प्रभावशालि दल माओवादी केन्द्र कान्छारामको साथमा रहेकोले उनले जित्ने दावि कार्यकर्ताहरुको छ ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper