Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा काँग्रेस पहिलो, एमाले र माओवादीको एक/एक पालिकामा अस्तित्व नै समाप्त

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७९ जेष्ठ ६

रामेछाप– रामेछापको सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सहित नतिजा सार्वजनिक भएको हो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तह हाँकेका तीन ठुला राजनीतिक दलहरुले नै पुनः पाँच वर्षका लागि नेतृत्व लिएका छन् । २०७९ को निर्वाचनको मत परिणाम अनुसार रामेछापमा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो अवस्थामा देखिएका छन् ।

२०७४ मा तेस्रो भएको काँग्रेस यो पटक पहिलो

२०७४ को निर्वाचनमा तेस्रो भएको नेपाली काँग्रेस पाँच वर्ष पछि अर्थात २०७९ को निर्वाचनमा रामेछापमा पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेसले १ नगर प्रमुख, १ नगर उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष र ४ गाउँपालिका उपाध्यक्ष जित्दै पहिलो पार्टी बनेको हो । बैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसले रामेछाप नगरपालिकाको नगर प्रमुख र उपप्रमुख, गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बा शैलुङ्ग गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ६४ ओटा वडा मध्ये नेपाली काँग्रेसले २४ ओटा वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै काँग्रेसले २२ महिला सदस्य, २३ दलित महिला सदस्य र ५० खुल्ला सदस्य जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एक नगरपालिकाको प्रमुख, उपप्रमुख र एक गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको थियो भने १३ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।

२०७४ मा पहिलो भएको एमाले यो पटक दोस्रो

२०७४ को स्थानीय तह निर्वाचनमा रामेछापमा पहिलो भएको नेकपा एमाले २०७९ को निर्वाचनमा दुई पालिका गुमाउँदै दोस्रो भएको छ । २०७४ को निर्वाचना पाँच पालिका जितेर पहिलो भएको नेकपा एमालेले यो पटक भने तीन पालिका मात्रै जितेको छ । गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै गुमाएको छ भने लिखुतामाकोशी गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको छ । नेकपा एमालेले मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुख, खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, उमाकुण्ड गाउँपालिकाको अध्यक्ष र लिखुतामाकोशी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ६४ वडा मध्ये नेकपा एमालेले २४ ओटा वडाको वडाध्यक्ष जितेको छ । त्यस्तै एमालेले २६ महिला सदस्य, २६ दलित महिला सदस्य र ४६ खुल्ला सदस्य जितेको छ । २०७४ को निर्वाचनमा एमालेले २८ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।

२०७४ मा दोस्रो भएको माओवादी यो पटक तेस्रो

स्थानीय तह निर्वाचन २०७४ मा रामेछाप जिल्लामा दोस्रो भएको नेकपा माओवादी केन्द्र यो पटक तेस्रो भएको छ । दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी केन्द्रले २०७९ को निर्वाचनमा एक गाउँपालिकाको उपाध्यक्ष गुमाएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै जितेको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नेपाली काँग्रेससँग गठबन्धन हुँदा उपाध्यक्ष काँग्रेसको भागमा परेपछि माओवादी केन्द्र अघिल्लो निर्वाचनको भन्दा कम सिटमा खुम्चिएको छ । माओवादी केन्द्रले सुनापति गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र दोरम्बा शैलुङ्ग गाउँपालिकाको अध्यक्ष जितेको छ । ६४ वडा मध्ये माओवादी केन्द्रले २०७९ को निर्वाचनमा १५ ओटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले १६ महिला सदस्य, १५ दलित सदस्य र २९ खुल्ला सदस्य जितेको छ । २०७४ को निर्वाचनमा माओवादीले २१ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।

समाजवादी एक वडामा निर्वाचित हुँदा राप्रपा शुन्य

नेकपा एकीकृत समाजवादीले आफ्नो अस्तित्व जोगाएको छ । केही समय अघि मात्रै बनेको नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला भर एउटा वडामा भएपनि आफ्नो अस्तित्व जोगाउँन सफल भएको छ । मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा वडाध्यक्ष पदमा निर्वाचत भएसँगै जिल्लामा समाजवादीले आफ्नो अस्तित्व जोगएको हो । समाजवादीले अन्य विभिन्न ठाउँमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा गएको भएपनि पालिकाको प्रमुख र उपप्रमुख कुनै ठाउँमा जित्न सकेन् ।

अघिल्लो निर्वाचनमा एक वडामा वडाध्यक्ष जितको राप्रपाले यो पटक कुनै पनि वडामा जित्न सकेन् । २०७४ को निर्वाचनमा मन्थली नगरपालिका वडा नं १३ फुलासीमा वडाध्यक्ष जितेको राप्रपाले यो पटक कुनै पनि वडामा आफ्नो प्रतिनिधित्वत कायम राख्न सकेन् ।

काँग्रेसको आठै पालिकामा अस्तित्व कायम

नेपाली काँग्रेसले यो पटकको निर्वाचनमा ८ ओटै पालिकामा प्रतिनिधित्व हुने गरी आफ्नो अस्तित्व कायम राखेको छ । काँग्रेसले रामेछाप नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र ७ ओटा वडाध्यक्ष सहित बमुहमतमा जितेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ४ ओटा वडाध्यक्ष सहित बहुमतमा जित निकालेको छ । लिखुतामाकोशी गाउँपालिकामा गाउँपालिका अध्यक्ष सहित दुई ओटा वडामा वडाध्यक्ष जितेको छ भने उमाकुण्ड गाउँपालिकामा उपाध्यक्ष र १ वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रको आधार इलाका मानिने दोरम्बा शैलुङ्ग गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष र दुई वडाध्यक्ष जितेको छ भने माओवादीकै अर्को आधार इलाका मानिने सुनापति गाउँपालिकामा पनि एउटा वडाध्यक्ष जितेको छ । त्यसैगरी मन्थली नगरपालिकामा ६ ओटा वडामा वडाध्यक्ष र खाँडादेवी गाउँपालिकामा एक वडाध्यक्ष जित्दै काँग्रेसले सबै पालिकामा आफ्नो अस्तित्व कायम राखेको छ ।

माओवादी र एमालेको एक/एक पालिकामा अस्तित्व नै समाप्त

२०७९ को निर्वाचनमा दोस्रो भएको नेकपा एमाले र तेस्रो भएको माओवादी केन्द्रको एक/एक पालिकामा निर्वाचित जनप्रतिनिधि प्रतिनिधित्व नहुने गरी अस्तित्व नै समाप्त भएको छ । सुनापति गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वारहरु कुनै पनि पदमा निर्वाचित हुन सकेनन् । जसको कारण सुनापति गाउँपालिकामा अबको पाँच वर्ष सम्म एमालेको  निर्वाचित जनप्रतिनिधि प्रतिनिधित्व नहुने गरी अस्तित्व नै समाप्त भएको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रको पनि गोकुलगंगा गाउँपालिकामा अबको पाँच वर्ष सम्मका लागि निर्वाचित जनप्रतिनिधि प्रतिनिधित्व नहुने गरी अस्तित्व नै समाप्त भएको छ । गोकुलगंगामा नेकपा माओवादी केन्द्रबाट कुनै पनि पदमा उम्मेद्वारहरु निर्वाचित हुन सकेनन् ।

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper