Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा काँग्रेस पहिलो, एमाले र माओवादीको एक/एक पालिकामा अस्तित्व नै समाप्त

संवादाताः रामचन्द्र वि.क.
जेष्ठ ६, २०७९

रामेछाप– रामेछापको सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सहित नतिजा सार्वजनिक भएको हो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तह हाँकेका तीन ठुला राजनीतिक दलहरुले नै पुनः पाँच वर्षका लागि नेतृत्व लिएका छन् । २०७९ को निर्वाचनको मत परिणाम अनुसार रामेछापमा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो अवस्थामा देखिएका छन् ।

२०७४ मा तेस्रो भएको काँग्रेस यो पटक पहिलो

२०७४ को निर्वाचनमा तेस्रो भएको नेपाली काँग्रेस पाँच वर्ष पछि अर्थात २०७९ को निर्वाचनमा रामेछापमा पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेसले १ नगर प्रमुख, १ नगर उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष र ४ गाउँपालिका उपाध्यक्ष जित्दै पहिलो पार्टी बनेको हो । बैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसले रामेछाप नगरपालिकाको नगर प्रमुख र उपप्रमुख, गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बा शैलुङ्ग गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ६४ ओटा वडा मध्ये नेपाली काँग्रेसले २४ ओटा वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै काँग्रेसले २२ महिला सदस्य, २३ दलित महिला सदस्य र ५० खुल्ला सदस्य जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एक नगरपालिकाको प्रमुख, उपप्रमुख र एक गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको थियो भने १३ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।

२०७४ मा पहिलो भएको एमाले यो पटक दोस्रो

२०७४ को स्थानीय तह निर्वाचनमा रामेछापमा पहिलो भएको नेकपा एमाले २०७९ को निर्वाचनमा दुई पालिका गुमाउँदै दोस्रो भएको छ । २०७४ को निर्वाचना पाँच पालिका जितेर पहिलो भएको नेकपा एमालेले यो पटक भने तीन पालिका मात्रै जितेको छ । गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै गुमाएको छ भने लिखुतामाकोशी गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको छ । नेकपा एमालेले मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुख, खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, उमाकुण्ड गाउँपालिकाको अध्यक्ष र लिखुतामाकोशी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ६४ वडा मध्ये नेकपा एमालेले २४ ओटा वडाको वडाध्यक्ष जितेको छ । त्यस्तै एमालेले २६ महिला सदस्य, २६ दलित महिला सदस्य र ४६ खुल्ला सदस्य जितेको छ । २०७४ को निर्वाचनमा एमालेले २८ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।

२०७४ मा दोस्रो भएको माओवादी यो पटक तेस्रो

स्थानीय तह निर्वाचन २०७४ मा रामेछाप जिल्लामा दोस्रो भएको नेकपा माओवादी केन्द्र यो पटक तेस्रो भएको छ । दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी केन्द्रले २०७९ को निर्वाचनमा एक गाउँपालिकाको उपाध्यक्ष गुमाएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै जितेको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नेपाली काँग्रेससँग गठबन्धन हुँदा उपाध्यक्ष काँग्रेसको भागमा परेपछि माओवादी केन्द्र अघिल्लो निर्वाचनको भन्दा कम सिटमा खुम्चिएको छ । माओवादी केन्द्रले सुनापति गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र दोरम्बा शैलुङ्ग गाउँपालिकाको अध्यक्ष जितेको छ । ६४ वडा मध्ये माओवादी केन्द्रले २०७९ को निर्वाचनमा १५ ओटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले १६ महिला सदस्य, १५ दलित सदस्य र २९ खुल्ला सदस्य जितेको छ । २०७४ को निर्वाचनमा माओवादीले २१ ओटा वडाको वडाध्यक्ष जितेको थियो ।

समाजवादी एक वडामा निर्वाचित हुँदा राप्रपा शुन्य

नेकपा एकीकृत समाजवादीले आफ्नो अस्तित्व जोगाएको छ । केही समय अघि मात्रै बनेको नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला भर एउटा वडामा भएपनि आफ्नो अस्तित्व जोगाउँन सफल भएको छ । मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा वडाध्यक्ष पदमा निर्वाचत भएसँगै जिल्लामा समाजवादीले आफ्नो अस्तित्व जोगएको हो । समाजवादीले अन्य विभिन्न ठाउँमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा गएको भएपनि पालिकाको प्रमुख र उपप्रमुख कुनै ठाउँमा जित्न सकेन् ।

अघिल्लो निर्वाचनमा एक वडामा वडाध्यक्ष जितको राप्रपाले यो पटक कुनै पनि वडामा जित्न सकेन् । २०७४ को निर्वाचनमा मन्थली नगरपालिका वडा नं १३ फुलासीमा वडाध्यक्ष जितेको राप्रपाले यो पटक कुनै पनि वडामा आफ्नो प्रतिनिधित्वत कायम राख्न सकेन् ।

काँग्रेसको आठै पालिकामा अस्तित्व कायम

नेपाली काँग्रेसले यो पटकको निर्वाचनमा ८ ओटै पालिकामा प्रतिनिधित्व हुने गरी आफ्नो अस्तित्व कायम राखेको छ । काँग्रेसले रामेछाप नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र ७ ओटा वडाध्यक्ष सहित बमुहमतमा जितेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ४ ओटा वडाध्यक्ष सहित बहुमतमा जित निकालेको छ । लिखुतामाकोशी गाउँपालिकामा गाउँपालिका अध्यक्ष सहित दुई ओटा वडामा वडाध्यक्ष जितेको छ भने उमाकुण्ड गाउँपालिकामा उपाध्यक्ष र १ वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रको आधार इलाका मानिने दोरम्बा शैलुङ्ग गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष र दुई वडाध्यक्ष जितेको छ भने माओवादीकै अर्को आधार इलाका मानिने सुनापति गाउँपालिकामा पनि एउटा वडाध्यक्ष जितेको छ । त्यसैगरी मन्थली नगरपालिकामा ६ ओटा वडामा वडाध्यक्ष र खाँडादेवी गाउँपालिकामा एक वडाध्यक्ष जित्दै काँग्रेसले सबै पालिकामा आफ्नो अस्तित्व कायम राखेको छ ।

माओवादी र एमालेको एक/एक पालिकामा अस्तित्व नै समाप्त

२०७९ को निर्वाचनमा दोस्रो भएको नेकपा एमाले र तेस्रो भएको माओवादी केन्द्रको एक/एक पालिकामा निर्वाचित जनप्रतिनिधि प्रतिनिधित्व नहुने गरी अस्तित्व नै समाप्त भएको छ । सुनापति गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वारहरु कुनै पनि पदमा निर्वाचित हुन सकेनन् । जसको कारण सुनापति गाउँपालिकामा अबको पाँच वर्ष सम्म एमालेको  निर्वाचित जनप्रतिनिधि प्रतिनिधित्व नहुने गरी अस्तित्व नै समाप्त भएको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रको पनि गोकुलगंगा गाउँपालिकामा अबको पाँच वर्ष सम्मका लागि निर्वाचित जनप्रतिनिधि प्रतिनिधित्व नहुने गरी अस्तित्व नै समाप्त भएको छ । गोकुलगंगामा नेकपा माओवादी केन्द्रबाट कुनै पनि पदमा उम्मेद्वारहरु निर्वाचित हुन सकेनन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper