Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘विगतको पाँच वर्षको समिक्षा गरेर मात्रै जनप्रतिनिधि छनौट गर्नुहोस्’

संवादाताः हाम्रो प्रहार
बैशाख १७, २०७९

पाँच वर्ष अघि भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित उमाकुण्ड गाउँपालिकाका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल देख्दा काम गर्न हैन अनियमितता गर्न मात्रै जनप्रतिनिधि बनेका रहेछन् भन्ने छर्लङ्ग भएको छ । किनकी जनप्रतिनिधिहरु निर्वाचित भए देखि नै गाउँपालिकामा विकासे काम भन्दा पनि अनियमितता बढ्दै गएको तथ्यंकहरु प्रसस्त छन् । यस्ता तथ्यांकहरु हेर्न कही जानु पर्दैन महालेखापरीक्षकको कार्यालको वेइबसाइड खोलेर हेरे पुग्छ ।

भौगोलिक विकटताको हिसाबले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सबै भन्दा टाढा रहेको उमाकुण्ड गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचन हुँदा यस गाउँपालिकाका नागरिकले अबको पाँच वर्षमा धेरै विकास हुन्छ भन्ने सोचेर प्रतिनिधि छनौट गरे । त्यस बेलाको निर्वाचनमा उमाकुण्ड गाउँपालिकामा धेरै भन्दा धेरै नागरिकको छनौटमा कम्युनिस्ट पार्टीका जनप्रतिनिधि छनौटमा परे । उमाकुण्ड गाउँपालिकाका बहुमत जनताले २०७४ को निर्वाचनमा कम्युनिस्ट पार्टीलाई मतदान गर्दा सोचेका थिए अब साँच्चै पाँच वर्षमा उमाकुण्डमा नमूना विकास हुन्छ । तर, त्यसो पटक्कै भएन् । मुलुक संघीयतामा गएपछि बनेका स्थानीय तह र पहिलो पटक निर्वाचित जनप्रतिनिधिबाट उमाकुण्डवासीले जे अपेक्षा गरेका थिए ती अपेक्षाहरु अहिले सम्म पनि पूरा हुन सकेका छैनन् । विकासको मूला फुटाउँछु भन्दै मत माग्न गाउँ–गाउँ आइपुगेका जनप्रतिनिधिको अहिलेको क्रियाकलाप हेर्दा लाग्छ नागरिकले स्थानीय तहबाट  पाउनु पर्ने नियमित सेवा समेत राम्रोसँग पाउन सकेका छैनन् ।

२०७४ को निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले विकास गर्लान भनेर दिन, महिन र वर्ष गन्दै बसेका आम मतदातालाई पाँच वर्ष बितेको पत्तै भएन । पाँच वर्ष सम्म विकास हन्छ होला भनेर पर्खेर बसेका आम मतदातालाई पाँच वर्षमा आफूले अपेक्षा गरेको विकास कहिल्यै आएन बरु अर्को निर्वाचन पो आइपुग्यो । तसर्थ २०७४ को निर्वाचनमा निर्वाचित गराएर पठाएका स्थानीय तहका जनप्रतिनिधिको कामलाई एक पटक मूल्यांकन गरेर मात्रै २०७९ को निर्वाचनमा प्रतिनिधि छनौट गर्नुहुन आम मतदाता ज्यूहरुलाई अनुरोध गर्दछौँ ।

यसरी बित्यो उमाकुण्ड गाउँपालिकाको पाँच वर्षे कार्यकाल

    गाउँपालिकाबाट प्रवाह हुने सेवाको बारेमा पाँच वर्ष सम्म आम नागरिक अनविज्ञ

    टोल भेलाबाट छनौट हुनु पर्ने योजनाहरु आफ्नो खुसीमा आफूअनुकलमा निर्माण हुने

    नियम विपरित गाउँपालिकामा करौडौ रकम अबन्डामा राखेर जनप्रतिनिधिको भागबन्डमा काम गरिने

    पालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा र विकास निर्माणको सार्वजनिक सुनुवानई नहुने

    वर्षै पिच्छे वार्षिक रुपमा करौडौ रुपैयाँ बेरुजु आउने । जसमा जप्रतिनिधिको समेत बेरुजु

    पालिका स्तरीय विकासका योजनाहरु कम्युनिस्ट पार्टीले जितेको वडामा मात्रै वितरण हुने

    लिखु नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट प्रभावित नागरिकको गुनासो सुनुवानइमा बेवास्ता

    करारमा रोजगारी दिलाउने नाउँमा गाउँपालिकामा कम्युनिस्ट पार्टीका कार्यकर्तालाई सेटिङमा भर्ना

    कार्यालय भित्रै कार्यालय प्रमुखबाट कर्मचारी माथि दुव्र्यवहार देखि भागबण्डमा हिसाब नमिल्दा चेक च्यातच्यात

    रणनीतिक योजना बिना नै पाँच वर्षे कार्यकाल समाप्त

यी माथीका काम हेर्दा नागरिकको पाँच वर्षे सपना त्यतिकै खेर गएको छर्लङ्ग हुन्छ । ७ ओटा वडा भएको उमाकुण्ड गाउँपालिकामा पाँच ओटा वडामा कम्युनिस्ट पार्टीबाट जनप्रतिनिधिहरु निर्वाचित भएका थिए भने गाउँपालिकाको अध्यक्ष पनि कम्युनिस्ट पार्टीबाटै निर्वाचित जनप्रतिनिधि थिए । अल्पमतमा निर्वाचित भएका काँग्रेसका जनप्रतिनिधिले नागरिकसँग गरेका बाचा पुरा गर्नु पर्छ भनेर कुरा उठाउँदा बहुमतमा रहेका कम्युनिस्ट पार्टीका जनप्रतिनिधिबाट कुनै सुनुवाई नभएको कुरा यहाँ उल्लेख गर्नै पदैन् । पाँच वर्ष जनताले देखेको सपनालाई सपनामै सिमित पार्ने जनप्रतिनिधि अहिले पनि दोहोरिने गरी चुनावी मैदानमा आएका छन् । विकासको महत्वपूर्ण जग बसाउन पाँच वर्षे कार्यकाल हावामा उडाउने जनप्रतिनिधिलाई फेरि पनि मतदान गरेर जिताऔँ भने के हामीले कल्पना गरेको सम्बृद्ध उमाकुण्ड बन्छ त ?, तसर्थ पुराना अनुहारलाई हैन, नयाँ सोच र युगान्तकारी विकासको सोच लिएर चुनावी मैदानमा आएका नेपाली काँग्रेसका युवा उम्मेद्वारहरुलाई मतदान गरेर विजयी गराउनु हुन अनुरोध गर्दै हामी तपशिलमा उल्लेखित काम गर्ने प्रतिवद्धता जनाउँछौँ ।

अब हामी यसो गर्छौ

    नागरिक मैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै वडा कार्यालय देखि पालिका सम्म डिजिटल नागरिक वडापत्र स्थापना गरिने

    आम नागरिकको आवश्यकतालाई पहिचान गर्दै टोल स्तरीय बृहत भेलाबाट योजना छनौट गरिने

    पारादर्शीता र जवाफदेहितालाई ध्यानमा राख्दै वडा कार्यालय देखि पालिकामा प्रत्येक तीन महिनामा सेवा तथा विकास निर्माणको बारेमा सार्वजनिक सुनुवाई गरिने ।

    फरक क्षमता भएका अशक्त, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला, दीर्घ रोगी नागरिकका लागि घर–दैलोमा नै सेवा उपलब्ध गराउने

    स्थानीय कच्च पदार्थको समुचित प्रयोग, रोजगारी सिर्जना र हरित उद्योग व्यवसायलाई कर सहुलियत दिने

    प्रमाण, तथ्य र तथ्याङ्कका आधारमा बजेट, नीति र योजना तर्जुमा गरी योजना कार्यन्वयन गरिने

    गाउँपालिकाका प्रत्येक शाखाहरुको सूचना प्रविधिको सहयोगले हालको अवस्था तथा समस्या अध्ययन गरी उपयुक्त प्रविधिको विकास र कार्यान्वयन गर्ने र भविष्यमा विभिन्न शाखाको डिजिटाईजेशन प्रकृयामा आमूल सुधार गर्ने

    अबको उमाकुण्डको आर्थिक सम्बृृद्धी भनेकै कृषि र पशुपालन भएकाले उत्पादन अनुसार प्रत्येक वडामा पकेट क्षेत्र घोषणा गरेर कृषि र पशुपालनमा आत्मनिर्भर मात्रै हैन धेरै भन्दा धेरै उत्पादन गरेर बहिरा निर्यतको समेत व्यवस्था मिलाउने ।

    अबको दश वर्षमा पालिकाको शिक्षा प्रणालीलाई व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय र निःशुल्क शिक्षा दिलाउन आवधिक शैक्षिक योजना बनाएर अगाडि बढ्ने

    संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेको स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै ‘निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच’ सुनिश्चित गर्ने गरी सवाल स्थानीय स्वास्थ्य प्रणलीको विकास गरिने

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने

    बनजंगलमा खेर गइरहेका प्रकृतिक स्रोतको समुचित प्रयोग गरी आर्थिक सम्बृद्धीसँग जोड्दै गाउँमै रोजगारी सिर्जना गर्ने

    ७ ओटै वडामा बाह्रै महिना सहज रुपमा सवारीका साधन र ढुवानीका साधन चल्ने गरी सडक स्तरोउन्ति गर्दै सडक कालोपात्रेलाई तिव्रता दिने

    सबै वडामा खोती योग्य जमिनमा सिंचाइको व्यवस्था गरी हरियाली पालिका बनाउने

    बाजो जमिनलाई पनि खोती योग्य जमिनमा परिणत गरी विदेश गएका युवाहरुलाई गाउँ फर्काउ अभियान चलाएर कृषिमा लगाउने

हामीले केही दिनमै ७ ओटै वडालाई समावेश गरेर पाँच वर्षमा गर्ने कामको प्रतिवद्धता पत्र समेत चाँडै सार्वजिनक गर्ने छौँ ।

(नेपाली काँग्रेसको तर्फबाट उमाकुण्ड गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बनेका जीत बहादुर कटुवासँग गरिएको कुाराकानीको आधरमा तयार पारिएको सामाग्री)

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper