Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेस केन्द्रीय सदस्यमा रामेछापका तीन जनाको उम्मेद्वारी दर्ता (यस्तो छ राजनीतिक यात्रा)

संवादाताः रामचन्द्र वि.क.
मंसिर २५, २०७८

रामेछाप- नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा रामेछापका तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । काँग्रेसको केन्द्रीय सदस्यमा रामेछापका आङ टावा शेर्पा, रत्न बहादुर कार्की र बिनिता खड्काले शनिवार प्रज्ञा भवनमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।

शेर्पाले जनजाति तर्फाबाट उम्मेद्वारी दर्ता गराएको बताएका छन् भने कार्कीले खुल्लाबाट उम्मेद्वारी दर्ता गराएको बताए । त्यस्तै खड्काले महिला खस–आर्य तर्फबाट उम्मेद्वारी दर्ता गराएको बताइन् ।

शेर्पाले सभापतिका उम्मेद्वार डा. शेखर कोइराला पक्षबाट उम्मेद्वारी दिएको बताएका छन् भने कार्कीले सभापतिका अर्का उम्मेद्वार शेर बहादुर देउवा पक्षबाट उम्मेद्वारी दिएको बताए । उता महिला खस आर्यबाट उम्मेद्वारी दर्ता गराएकी खड्काले आफ्नो धार खुलाएकी छैनन् ।

काँग्रेसको जिल्ला स्तरीय नेतृत्वदायि भूमिकामा रहेर काम गरेको बताउँदै अब रामेछाप काँग्रेसको राजनीतिलाई केन्द्रमा जोड्नको लागि आफ्नो उम्मेद्वारी रहेको शेर्पाले बताए ।

कार्कीले नेपाली काँग्रेसलाई वैचारिक, सैद्धान्तिक रुपमा सुदृढीकरण गर्दै आम नेपालीको आस्था, विश्वास तथा भरोसाको विशाल पार्टी निर्माण गर्ने प्रमुख लक्ष्यका साथ आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको बताए ।

अब देशको राजनीति युवा पुस्ताले हाँक्ने बेला आएकाले पार्टीको केन्द्रीय कार्यसमितिमा युवाको भूमिकालाई शसक्त बनाउन आफ्नो उम्मेद्वारी रहेको बिनिता खड्काले बताइन् ।

केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको थियो ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म रहेको छ भने मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आइतवार बिहान ११ बजेसम्म रहेको छ ।  उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतवार दिउँसो १२ः१५ बजे र मतदान सोमवार बिहान ८ बजेदेखि हुनेछ । १४ औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जनाले मतदाता रहेका छन् ।

यस्तो छ शेर्पाको मुख्य–मुख्य राजनीतिक यात्रा

शेर्पा काँग्रेस राजनीतिमा सानै उमेरदेखि लागेको भएपनि मुख्यतयाः २०४८ सालको चुनावमा साविकको चुचुरे गाविसको वडाध्यक्षमा निर्वाचित भएपछि उनि राजनीतिमा बढी सक्रिय भए । २०४९ सालमा जिल्ला विकास समिति रामेछापको उपसभापतिमा निर्वाचित भएर २०४९ देखि २०५५ साल सम्म निरन्तर काम गर्ने मौका पाए । २०५९ सालमा पार्टी सभापति भएका शेर्पाले आफ्नो कार्यकाल ६ महिना पुरा गर्न नपाउँदै पार्टी फुट्यो । पार्टी फुटेर प्रजतान्त्रिक काँग्रेस भएपछि शेर्पालाई त्यहि प्रजतान्त्रिक काँग्रेसको पार्टी सभापति बन्ने अर्को अवसर मिल्यो । प्रजतान्त्रिक काँग्रेसको ११ औँ जिल्ला अधिवेशनले पुनः शेर्पालाई सभापतिमा निर्वाचित गराएको थियो । यसरी शेर्पाले पटक–पटक गरेर तीन पटक जिल्ला सभापति हुने मौका पाएका थिए ।

२०६४ साल सम्म प्रजतान्त्रिक काँग्रेसको पार्टी सभापति भएर काम ह्गर्ने मौका पाएका शेर्पाले २०६४ सालमा काँग्रेस एकीकरण पश्चात पार्टी सह–सभापतिको जिम्मेवारी पाए ।

लामो समय पछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसदमा चुनाव लडेका शेर्पाले माओबादीका उम्मेद्वार तारानारायण श्रेष्ठसँग हार बेहोर्नु प¥यो । पहिलो संविधानसभाको निर्वाचनमा हार बेहोरेका शेर्पाले २०७० सालमा मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसद हुने मौका पाए । सांसद भएपछि नेपालको संविधान बनाउन महत्वपूण भूमिका खेलेका शेर्पाले रामेछाप जिल्लालाई हिमाली जिल्लामा समावेश गराउन सफल भए ।

रामेछाप काँग्रेसको राजनीतिमा विभिन्न तहको नेतृत्वदायि भूमिकामा रहेका शेर्पाले माओवादीको सशस्त्र दोन्द्वमा माओवादी पक्षबाट भौतिक यातना देखि मानसिक यातनाहरु भोग्नु परेको थियो । काँग्रेस नेता शेर्पा २०४८ साल देखि हाल सम्म नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा हुँदै आएका छन् ।

यस्तो छ कार्कीको राजनीतिक यात्रा

२०४६ सालको पञ्चर्‍यालीको विरुद्धमा नारा लगाउँदै राजनीतिक यात्रा तया गरेका रत्न बहादुर कार्की विद्यार्थी राजनीति हुँदै अहिले पार्टीको मूल राजनीतिमा क्रियाशिल छन् । निमावि तहमा अध्ययन गर्दा–गर्दै २०४९ सालमा ओखलढुंगा जिल्लाको क्षेत्र नं २ नेविसंघको सदस्य भएका कार्कीले २०४९ सालमा रामेछापको हिमगंगा मावि साँघुटारको इकाई सभापति भएर काम गर्ने मौका पाए । विद्यालय तहमा विद्यार्थी राजनीतिमा सक्रिय कार्की २०५२ सालमा रामेछाप नेविसंघको जिल्ला सदस्य बन्न पुगे । त्यपछि २०५४ सालमा नेविसंघ रामेछापको सचिव बन्ने मौका पाएका कार्कीले दुई वर्षपछि २०५६ सालमा नेविसंघकै जिल्ला अध्यक्ष भएर जिल्ला स्तरको विद्यार्थी राजनीति नेतृत्व गरे ।

विद्यार्थीकालबाट राजनीतिमा होमिएका कार्कीले २०४६ साल देखि २०५७ साल सम्म विद्यालय तह देखि जिल्ला तह सम्मका विभिन्न पदमा रहेर काम गरेकाले २०५७ सालमा नेविसंघको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएर विद्यार्थीको केन्द्रीय राजनीतिमा देखिने योजना बनाए । तर, त्यतिबेल निर्वाचनमा जित हाँसिल गर्न नसकेको कारण उनको केन्द्रीय सदस्य बन्ने चाहान अधुरै रहयो । निर्वाचनमा पराजित भएर पनि विद्यार्थी राजनीतिमै क्रियाशिल कार्कीलाई २०५९ सालमा नेपाली काँग्रेस फुटेपछि फेरि नेविसंघको केन्द्रीय सदस्य बन्ने मौका मिल्यो र प्रजातान्त्रिक काँग्रेस निकट नेविसंघको केन्द्रीय सदस्य बने । पार्टी फुटेर केन्द्रीय सदस्य बनेका कार्कीलाई नेविसंघको केन्द्रीय प्रचार विभागको प्रमुख बन्ने अर्को अवसर पनि मिल्यो । २०६४ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका कार्की २०६४ सालमा पार्टी एकता हुँदा पनि उपाध्यक्षकै भूमिकामा रहे ।

नेपाली काँग्रेसको ११ औँ, १२ औँ र १३ औँ जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आएका कार्कीले २०७४ सालको प्रदेशसभा चुनावमा रामेछाप प्रदेश सभा (क) मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदेर बन्ने अवसर पाएका थिए । तर उनि नेकपा एमालेका उम्मेद्वार शान्ती प्रसाद पौडेलसँग पराजित हुन पुगे । यस अघिका जिल्ला अधिवेशनबाट तीन पटक सम्म निरन्तर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका कार्की  १४ औँ महाधिवेशनमा पनि निर्वाचित भएपछि केन्द्रीय सदस्यमा उम्मेद्वार बन्ने बाटो खुलेका छ ।

सामाजिक कार्य

राजनीतिसँगै कार्कीले आफूहरुले नै स्थापना गरेको प्रयास नेपाल नामक एक गैरसरकारी संस्था मार्फत विगत लामो समयदेखि रामेछाप, सिन्धुपाल्चोक, धादिङ, ओखलढुंगा लगायतका जिल्लामा समाजिक कामहरु गरीरहेका छन् । १९ वर्ष देखि ३० जनाको हारहारीमा अनाथ बालबालिकालाई त्यही प्रयास नेपाल नामक संस्थाले पालनपोषण गर्ने देखि संरक्षणको काम गरिरहेको छ । त्यस्तै प्रयास नेपालले नै २०७२ सालको भूकम्प पश्चात रामेछापको विभिन्न ठाउँमा १ सय २९ ओटा घर टहरा निर्माण गरेर तत्कालका लागि विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने गरी भएको काम समेत कार्कीकै योजनामा भएको थियो । त्यसैगरी रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेका हायू र दलित बालबालिकालाई छात्रावृत्ति उपलब्ध गराउने देखि रामेछाप, सिन्धुपाल्चोक, धादिङ, ओखलढुंगा लगायतका जिल्लाहरुमा इन्टरनेटको माध्यमबाट पढाई हुने दुर शिक्षामा हाल पनि काम भइरहेको छ ।

नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदिप गिरीको सहोगी सल्हाकार रुपमा समेत काम गरेका कार्कीलाई रामेछाप जिल्लाका एक बौद्धिक नेताका रुपमा चिनिन्छन् । पत्रकारितामा स्नातक गरेका कार्कीले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी आफै सम्पादकिय भूमिकामा रहेर विभिन्न पत्रपत्रिका प्रकाशन गर्ने गर्छन् भने समसामयिक विषयमा कलम चलाउने गर्छन् । काँग्रेसको कार्यकारी पदमा नभएपनि काँग्रेस नेता कार्की केन्द्रीय तहको राजनीतिमा समेत पहुँच राख्दछन् ।

यस्तो छ खड्काको राजनीतिक यात्रा

विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएकी बिनिता खड्का अहिले काँग्रेस राजनीतिमा सक्रिय महिला नेतृको रुपमा परिचित छिन् । सानै उमेरमा राजनीतिमा सत्रिय रुपमा देखिएकै परिणम हुन सक्छ खड्काले काँग्रेसको १३ औँ महाधिवेशनमा सबै भन्दा सानो उमेरमा रामेछापबाट महाधिवेशन प्रतिनिधि बन्ने मौका पाइन् । १९ वर्षकै उमेरमा महाधिवेशन प्रतिनिधि जितेकी खड्काले आफ्नो राजनीतिक सक्रियतालाई झन बढाइन् । २०७४ सालमा स्थानीय तहको निर्वाचनमा समेत खड्कालाई पार्टीले उम्मेद्वार बनाउने निर्णय ग¥यो । उनले आफू जन्मेको दोरम्बा शैलुङ गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाटै उम्मेद्वार बन्ने अर्को मौका पाइन् । तर, त्यतिबेला उनि माओवादीको उम्मेद्वारसँग पराजित हुनु प¥यो । राजनीतिक पार्टीमा युवाहरुको सहभागीता हुनु पर्छ भन्ने अभियान चलाएकी खड्का अहिले पनि काँग्रेसमा युवाहरुको हस्तक्षेप हुनु पर्छ भन्ने पक्षमा छिन् ।

काँग्रेस रामेछापका नेता पिता भुवन खड्का र काका बद्री खड्काको प्रेरणाबाट विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनबाट महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनिन् ।

अघिल्लै महाधिवेशनमा केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्यताको समयावधि नपुगेकाले उम्मेद्वार बन्नबाट खड्का बन्चित बनिन् । खड्का जिल्ला तथा जिल्ला बाहिर समाजसेवीको रुपमा समेत परिचित छिन् । उनि सहभागी भएको टिमले ग्रामिण क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, जाडोमा लगाउने न्यानो कपडा लगायतका सामाग्री वितरण गर्दै आएका छन् ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper