Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बजार सफा भएन भनेर अरुलाई मात्रै गाली नगरौ, आफ्नो घर अगाडि आफै सफा गरौँ

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १७, २०७८

जिल्लाका विभिन्न ठाउँमा रहेका बजार मध्ये सदरमुकाम मन्थलीमा रहेको मन्थली बजार जिल्लाकै सबै भन्दा ठूलो बजार हो । सदरमुकाम भएकाले यहाँ धेरै कुराको सुविधा पाइने हुनले पनि बजार बिस्तार हुनुको साथै मानिसहरुको बसोबास पनि दिनानुदिन बढीरहेको छ । मन्थली बजारमा बनेका घरहरु पनि पक्की नै छन् । सुविधाको हिसाबले पनि यहाँ केही कमी छैन् । यस बजारमा बस्ने अधिकाशं मानिसहरु पनि जाने बुझेकै वर्ग भित्र पर्दछन् । धेरै कुराले सुविधा सम्पन्न भएको मन्थली बजारमा फोहोरको राम्रो व्यवस्थापन नहुँदा बजारको सुन्दरता नै कुरुप बन्दै गएको छ । घर भित्रबाट निस्केको फोहोर, पसलबाट निस्केको फोहोर र सवारी साधन तथा ढुवानीका साधनबाट निस्केको फोहोरलाई हामी बजार बासीले व्यवस्थापन गर्न नसक्दा बजार सरसफाइमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु वा विभिन्न अभियान्तहरुले गरिदिनु पर्ने स्थिति छ ।

आफ्नो घर अगाडिको फोहोर बाहिरको मानिस आएर टिपेको हेरेर बस्ने हामीले कहिल्यै पनि फोहोर उठाउन उनिहरुलाई साथ दिएनौ । बरु सफा भएको ठाउँमा घरभित्र वा पसलमा बाँकी रहेको फोहोर थुपारेर भोलीको लागि सफा गर्ने मानिसलाई बोलाई रहयौँ । त्यति मात्रै हैन, बजार सरसफाई समेत गर्न नसक्ने यहाँका जनप्रतिनिधि भन्दै सार्वजनिक ठाउँमा गएर जनप्रतिनिधिलाई गाली पनि गरीरहेका छौँ । मन्थली बजार सफा गरौँ भनेर हातमा कुचो बोकेर आउने अभियान्तहरुलाई झ्यालबाट हेरेर बस्ने संस्कारले गर्दा मन्थली बजार कहिल्यै पनि सफा हुने देखिँदैन् ।

मन्थली बजारलाई सफा राख्नको लागि जब सम्म हामीले मेरो घर अगाडि मैले नै सफा गर्नु पर्छ भन्ने सोच राख्दैनौ तब सम्म सफा मन्थली देख्न पाउँदैनौं । त्यसैले अब हामीले हाम्रो घरबाट निस्कने फोहोर र पसलबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्ने जिम्मेवारी मेरै रहेछ भन्ने सोचको विकास गरेर नगरपालिकाको फोहोर उठाउँने गाडी आउने समय सम्मको लागि उचित व्यवस्थापन गर्न सक्यौँ भने कुरुप बन्दै गएको मन्थली बजार केही दिन बाटै सुन्दर देख्न सक्छौ । त्यसपछि हाम्रो घर अगाडि रहेको फोहोरको थुप्रो नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधि वा विभिन्न अभियान्तहरुले उठाइदिनु पर्दैन् ।

Related Posts

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper