Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा एमालेका १ सय ६५ जनप्रतिनिधिलाई पार्टी छोड्न सकस

संवादाताः रामचन्द्र वि.क.
भदौ २०, २०७८

एमालेमै रहने की, नेकपा एसमा जने ?, अझै अलमलमा 

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएसँगै एमाले भित्र आएको आन्तरिक विवादले २०७८ भदौ ९ गते एमाले फुटेर निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भयो । एमालेकै वरिष्ट नेता माधव कुमार नेपालको नेतृत्वमा एमालेबाट निर्वाचित ३० सांसद सहित ५५ जना केन्द्रीय सदसयको संयुक्त सनाखतपछि दर्ता भएको नेकपा एकीकृत समाजवादीमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधि सभा सदस्यलाई नयाँ दल रोज्न दिइएको समय भदौ २२ गते सकिदै छ । नयाँ दल रोज्न दिइएको समय सकिन केही दिन मात्रै बाँकी हुँदा नेकपा एमालेबाट निर्वाचित रामेछापका स्थानीय जनप्रतिनिधिहरुलाई पुरानो पार्टी छोडेर नयाँ पार्टीमा जन निकै सकस परेको देखिन्छ । ८ स्थानीय तह, दुई प्रदेशसभा र एक प्रतिनिधिसभा भएको रामेछापमा नेकपा एमालेबाट १ सय ६६ जना जनप्रतिनिधि निर्वाचित छन् । तर निर्वाचन आयोगमा नयाँ दल रोज्न पाउने समय दुई दिन मात्रै बाँकी हुँदा १ जना वडाध्यक्षले मात्रै नेकपा एकीकृत समाजवादी रोजेका छन् भने बाँकी १ सय ६५ जना जनप्रतिनिधि एमालेमै रहेका छन् ।

दुई प्रदेशसभा सदस्य एमाले तिरै

दुई प्रदेशसभा क्षेत्र भएको रामेछापमा प्रदेश सभा क्षेत्र ‘क’ मा शान्ती प्रसाद पौडेल र प्रदेशसभा क्षेत्र ‘ख’ मा कैलाश प्रसाद ढुंगेलले एमालेबाट चुनाव जितेका छन् । दुई प्रदेशसभा सदस्य मध्ये पौडेल माधव कुमार नेपाल पक्ष र ढुंगेल केपी ओली पक्षबाट टिकट लिएर चुनाव जितेको बताइन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुई समूहमा हुँदा पौडेल नेपाल पक्षमै थिए । तर नेपालको नेतृत्वमा नयाँ दल दर्ता भएको केही दिनमानै प्रदेशसभा सदस्य पौडेलले आफू एमालेतिरै भएको भन्दै नेपालको साथ छोडेर अहिले ओलीको साथमा पुगेको बताउँदै आएका छन् । नेकपा एमाले रामेछापको अध्यक्ष रहेका पौडेललाई नेपाल समूहमा लागेर एमाले नेतृत्वको विरोध गर्दै हिडेको आरोपमा यसअघि ओली पक्षले अध्यक्षबाट हटाएर सचिव आनन्द श्रेष्ठलाई जिल्ला अध्यक्ष बनाएको छ । एमाले एकताको लागि तयार भएको दश बुँदे सहमती कार्यन्वयमा आइसकेको एमालेले बताउँदै आएको छ । सोही दश बुँदे सहमाति अनुसार एमाले २०७५ जेठ २ को अवस्थामा फर्किएकाले रामेछापको जिल्ला अध्यक्ष शान्ती प्रसाद पौडेल नै भएको रामेछाप एमालेले बताएको छ । जिल्ला अध्यक्ष शान्ती प्रसाद पौडेल नै भएको बताइएको भएपनि पौडेलको अध्यक्षतामा अहिले सम्म जिल्ला कमिटीको बैठक बस्न नसकेकाले भदौ २२ गते पछि पौडेललाई ओली पक्षबाट ठूलो धोका हुने नेपाल पक्षका एक नेताले दावी गरे । उता केपी ओली पक्षबाट टिकट पाएर सांसद बनेका कैलाश प्रसाद ढुंगेल ओली पक्षकै कोटाबाट बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनीसकेका छन् । ढुंगेल अहिले पनि नेपालले पार्टी फुटाएर गद्दार गरेको भन्दै नेपाललाई गाली गर्दै एमालेलाई एक ढिक्का बनाउने अभियानमा आफू रहेको बताउँदै अएका छन् । नेकपा एमाले निकट स्रोतका अनुसार माधव कुमार नेपालको साथ छोडेका शान्ती प्रसाद पौडेलले अब एमाले छोड्न सक्ने छैनन् ।

नेपाल पक्षका भनिएका पालिका प्रमुख र उपप्रमुख अलमलमा

नेपाल पक्षका भनिएका पालिका प्रमुख र उपप्रमुखहरु

८ स्थानीय तह भएको रामेछापमा एमालेले एक नगरपालिका प्रमुख र एक उपप्रमुख, ४ गाउँपालिकाको अध्यक्ष र ३ गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जस मध्येमा ४ पालिकाका प्रमुख र दुई उपप्रमुख नेपाल पक्षबाट निर्वाचित भएको नेकपा एकीकृत समाजवादी निकट स्रोतले बतायो । स्रोतका अनुसार मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ, लिखुतामाकोशी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल र खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ नेपाल पक्षका हुन् । तर सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले एमाले र माओवादीलाई पुर्ववत अवस्थामा नै पु¥याएपछि एमालेबाट निर्वाचित चार पालिकाका प्रमुख मध्ये खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ ओली पक्षमा देखिएका छन् । तामाङले यस अघिनै एमालेमै रहने घोषणा गरिसकेका छन् ।

ओली विरुद्धको आन्दोलनमा समेत देखिएका मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ र लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहालले एमाले फुटेर बनेको नयाँ दल नयाँ दल रोज्न पाउने समय भित्र नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने नेकपा एसका एक नेताले बताए । नेकपा फुटेपछि ओली र नेपाल पक्ष कतै पनि नखुलेका उमाकुण्डा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्का बहादुर सुनुवार अहिले पनि कतै देखिएका छैनन् ।

एमालेका २७ वडाध्यक्ष सहित १ सय ६५ जनप्रतिनिधि पनि अन्यौलमा

५ पालिकाको प्रमुख, ४ पालिकाको उपप्रमुख, २८ वडाको वडाध्यक्ष, ६० खुल्ला सदस्य, ३१ महिला सदस्य, ३० दलित महिला सदस्य र ६ कार्यपालिका सदस्य सहित १ सय ६४ जना जनप्रतिनिधि जिताउन सफल भएको एमालेमा अहिले पार्टी फुटेसँगै एिमालेबाट निर्वाचित जनप्रतिनिधि कुन पार्टीमा रहने भन्ने अन्यौलमा परेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराउने समय दुई दिन मात्रै बाँकी हुँदा यसअघि एमालेको नेपाल समूहबाट निर्वाचित करिव ३० प्रतिशत जनप्रतिनिधिले २२ गते सम्ममा जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गराउने नेकपा एसले बताएको छ । उता एमालेले भने एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधि नेकपा एसमा नजाने दावी गर्दै आएको छ ।

यसअघि नेपाल पक्षका मानिएका अधिकासं जनप्रतिनिधि एमालेकै ओली पक्षसँग आगामी निर्वाचनको लागि टिकट निश्चित गर्न र पार्टीका महत्वपूर्ण जिम्मेवारी लिएर एमालेमा थप प्रभावशाली बन्ने आशले भदौ २२ गतेलाई पर्खिएको पार्टी भित्रका केही नेताहरुको बुझाई रहेको छ ।

गोकुलगंगा–५ का वडाध्यक्षले नेकपा एसमा गराए सनाखत

गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडाध्यक्षले एमाले छोडेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गराएका छन् । शुक्रबार जिल्ला निर्वाचनको कार्यालयमा आएर नामाडीका वडाध्यक्ष बलराम खड्काले आफू नेकपा एमाले त्यागेर नेकपा (एस) मा रहने भन्दै सनाखत गराएको रामेछापका निर्वाचन अधिकारी सम्भुकुमार कटुवालले बताए । जिल्ला निर्वाचन कार्यालयले सबै पालिकामा भदौ २२ गते सम्ममा आफू कुन पार्टीमा रहने हो भनेर सनाखत गराउन पत्रचार गरिसकिएको जनाएको छ । तर हाल सम्म एक जना बाहेक अरु सम्पर्कमा नाएको निर्वाचन अधिकारी कटुवालले बताए ।

२२ गते भित्र नेकपा एसमा सनाखत नगराए एमाले बलियो 

निर्वाचन आयोगले नायँ दल रोज्नको लागि तोकेको भदौ २२ गते सम्मको समयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी नरोजे रामेछापमा एमाले नै बलियो हुने देखिने भएको छ । एमालेले जिल्लामा माधव कुमार नेपालको पार्टी नेकपा एसलाई समाप्त पार्ने रणनीतिका साथ अगाडि बढेको छ भने नेकपा एस पनि आउँदो चुनावमा एमालेलाई हराउने रणनीतिका साथ अगाडि बढेको छ ।

प्रहार खबर साप्ताहिकमा भदौ २० गते आइतबार प्रकाशित

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper