Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनकोशी–२ जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई माझी समुदायको आन्दोलनपछि स्थगित

संवादाताः रामचन्द्र वि.क.
साउन १७, २०७८

रामेछाप– सुनकोशी नदीमा प्रस्तावित जलाशयमा आधारित सुनकोशी–२ जलविद्युत आयोजना निर्माणको लागि वातवरणिय प्रभाव मूल्यांक अध्ययन प्रतिवेदन तयार गर्न प्रभावित क्षेत्रलाई लक्षित गरी मन्थलीमा आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई स्थगित भएको छ । नेपाल सरकार, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागबाट प्रस्तावित आयोजना कार्यन्वयन भएमा प्रभावित प्रस्तावको बारेमा राय सुझाव लिनको लागि आइतबार निर्धारण गरेको कार्यक्रम माझी समुदयले आफूहरुको पहिचान मेटाउने गरी आएको भन्दै विरोध गरेपछि स्थगित भएको हो ।

आयोजनाले साउन १२ गते देखि काभ्रपलान्चोक, सिन्धुली र रामेछापको विभिन्न ठाउँमा सार्वजनिक सुनुवाई सकेर १७ गते आइतबार मन्थली नगरपालिकाको वडा नं १, २, ६, ७, ८ र ११ का स्थानीय र सरोकारवालाहरुलाई लक्षित गरेर रकार्यक्रम निर्धारण गरेको थियो ।

सुनकोशी जलविद्युत आयोजना–२ कार्यन्वयन भयो भने पुर्खौ देखि कोशी किनारमा रहेका माझीहरुको अस्तित्व समाप्त हुने भएकाले आयोजनाको काम अगाडि नबढाउनको लागि माग गर्दै विरोध गरिएको बागमती प्रदेशसभा सदस्य रिता माझीले बताइन् । आयोजनाले दिएको मुआब्जले धर्म संस्कृति किन्न नसकिने भएकाले माझी समुदायको धर्म संस्कृति जोगाउनकै लागि भएपनि प्रस्तावित आयोजनालाई खारेज गरिनु पर्ने उनको माग छ ।  सासंद माझीले कोशीसँग माझी समुदयको जन्मेदखि मर्दा सम्मको सम्बन्ध हुने भएकाले माझीहरुको संस्कारलाई जोगाउनको लागि आयोजनालाई काम तत्काल रोक्न सरकारलाई आग्रह गरिन् ।

प्रस्तवित आयोजना प्रभावित क्षत्रबाट सयौँको संख्यामा जम्मा भएर मन्थली आएका माझी समुदायले विकासको नाउमा आफूहरुको अस्तित्व नै मेटाउने गरी संचालन हुन लागेको आयोजना खारेज नभए थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

उनिहरु आयोजना खारेजीको माग सहितका विभिन्न नारा लगाउँदै बजार परिक्रमा गरेर कार्यक्रम स्थलमा पुगेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक्ष रुपमा प्रभावित हुने स्थानीयहरुको राय सुझाव लिनकै लागि आयोजना गरिएको भएपनि कार्यक्रममा सहभागि नभई कार्यक्रमलाई नै प्रभावित पार्नु राम्रो नभएको आयोजकको भनाई रहेको छ । परियोजना अगाडि बढाउनको लागि एक किसिमको राय सुझाव आइसकेकाले त्यसलाई बातावरण मन्त्रालयमा पठाइने र थप राय सुझाव माग भएमा फेरि प्रत्यक्ष प्रभावित क्षत्रका नागरिकहरुसँग समन्वय गरेर सार्वजनिक सुनुवाई गरी राय सुझाव पठाइने आयोजक संस्थाका इन्जिनियर सुवास थपलियाले बताए ।

सन् १९८५ मा जाइकाको एक अध्ययनले ११ सय १० मेगावाट विद्युत उत्पादन गर्न सकिने भनेर बताइएको भएपनि हाल सम्म बिस्तृत अध्ययन भने भएको छैन् । त्यसैलाई आधार मानेर सरकारले २०७४ बाट सुनकोशी– २ र सुनकोशी– ३ लाई अगाडि बढाउन उपयुक्त छ की छैन भनेर थप सम्भाव्यता अध्ययन र वातावरिणय प्रभाव मूल्यांकनको काम सुरु गरेको आयोजकले बताएको छ । अध्ययनको क्रममा प्राविधिक काम सम्पन्न भइसकेको र वातावरिणय प्रभाव मूल्यांकनको केही काम बाँकी रहेकाले ६ महिना भित्र सबै काम पुरा हुने आयोकले बताएको छ ।

अहिले नेपाल सरकार, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागले रामेछाप, सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा जलाशयमा आधारित ९ सय ७८ मेगावाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरेर अध्ययन गरीरहेको बताइएको छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper