Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जलविद्युत आयोजनाको सुरुङ्गमार्ग माथीका घर चर्किन थाले, बस्ती नै भासिने जोखिम

संवादाताः हाम्रो प्रहार
चैत्र ६, २०७७

रामेछाप– रामेछाप र ओखलढुंंगा जिल्लाको सिमाना भएर बग्ने लिखु नदीमा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको सुरुङ्ग मार्गमाथि रहेका घर चर्किना थालेका छन् । २८.१ मेगावट विद्युत उत्पादन गर्ने गरी स्वेतगंगा हाइड्रोपावर कम्पनीले निर्माण गरीरहेको तल्लो लिखु जलविद्युत आयोजनाको लागि सैपुको फेदीबाट सैपुको सेतीमा पानी निकाल्न निर्माण भइरहेको सुरुङ्ग मार्गमाथि रहेका घर चर्किन थालेका हुन् ।

पटक पटकको कम्पनले चर्किएको हर्क बहादुरको घर

लिखुतामाकोशी गाउँपालिका वडा नं २ पुलु देवसेली टोलमा रहेको हर्क बहादुर कार्कीको सुरुङ मार्ग माथि रहेको भूकम्प प्रतिरोधत्माक घर, दुई तले कच्ची घर, बाख्राको खोर र जमिन चिराचिरा परेर चर्किन थालेको घरधनी हर्क बहादुर कार्कीले बताए । उनले भने– ‘करिव दुई महिना पहिले भूकम्प गएजसरी घरै हल्लाउने गरी निकै ठुलो आवज आयो । त्यसपछि लगतार जसो त्यस्तो घर हल्लाउने गरी आवज आइरहो, हामीले त भूकम्प आएछ कि भन्यौ । तर, बुझ्दै जाँदा त हाइड्रोपावरले सुरुङ निर्माणको लागि ब्लास्टिङ पो गरेको रहेछ । त्यसरी भूकम्प आएजसरी जमिन हल्लिएको केही दिनपछिबाट त घर बाहिरको आगन छेउ चर्कदै गयो । त्यो दुई महिनाको अन्तरालमा हातै छिर्ने गरी घरको भित्त सम्म चर्किएर बढ्दै गएको छ । घर नजिकै रहेको बाख्राको गोठ छेउमा त झन भ्वाङ परेर गएको छ । अहिले त मान्छेको खुट्टा नै छिर्ने जसो भ्वाङ पर्न थालेका छन् । यो हाइड्रोपावरले निर्माण गरीरहेको सुरुङ मार्गमाथी नै पर्छ । त्यसैको कारणले पनि यो भत्किन थालेको हो ।’

आफ्नो भन्ने दुई ओटा घर, मुख्या पेशाको रुपमा रहेको बाख्राको फार्म र खेती लगाउने जग्गा पनि चर्किन थालेपछि आफ्नो बास उठ्ने हो की भन्ने चिन्तामा आफ्नो परिवार रहेको हर्क बहादुर कार्कीले गुनासो गरे । अहिले चर्केकै गतिमा चर्कदै जाने हो भने पाँच लाख भन्दा बढीको लागतमा निर्माण भएको बाख्राको खोर, करिव १५ लाख बराबरको दुई ओटा घर र लाखौ पर्ने आसपासको ९ रोपनी जग्गा पूर्ण रुपमा ध्वस्त हुने कार्कीले बताए । यसरी हाइड्रोपावरको सुरुङ्गमार्ग निर्माणले घर चर्किन थालेपछि हाइड्रोपावरका प्रतिनिधिलाई खबर गरेर आफ्नो घर र आसपासको क्षेत्र इन्जिनियर सहितको टोलीले अवलोकन गरेर गएको भएपनि दुई हप्ता सम्म कुनै जानकारी नआएको कार्कीले बताए । अहिले आफ्नो घरदेखि करिव ३० मिटर टाढा सम्म चर्किएर गएको उनले बताए ।

पुलु देवसेली टोलमा हर्क बहादुर कार्की सहित अरु ५ घर र एउटा सामुदायिक विद्यालय समेत रहेकाले त्यो बस्ती नै उच्च जोखिममा परेको स्थानीय एवं पूर्व संसाद देवशंकर पौडेलले बताए । पौडेलका अनुसार अहिले चर्केको क्षेत्र चट्टानी ढुंगाको नभई कमेरे माटोले भरिएकाले त्यहाँ हाइड्रोको सुरुङ्गमार्ग निर्माणको क्रममा त्यस्तो समस्या आएको हुन सक्ने दावी छ । अहिले थोरै मात्रमा चर्केको जमिनको अध्ययन गरेर त्यसको तत्काल समधान नगरे त्यसले ठूलो जोखिम निम्तने खतरा रहेको पौडेलको भनाई रहेको छ ।

पटक पटकको कम्पनले चर्किएको बाख्राको खोर

उता स्वेतगंगा हाइड्रोपावर कम्पनीका सामाजिक परिचालक हित कुमार कार्कीले भने घरधनीले जानकारी गराएपछि तत्काल आफू सहित त्यस क्षेत्रमा गएर त्यहाँको सम्पूर्ण अवस्थाको बारेमा जानकारी लिएर थप अध्ययन भइरहेको बताए । थप अध्ययन अनुसन्धानको लागि भुगर्वविध सहितको टोली चाँडै त्यस क्षेत्रमा जाने तयारी भइरहेको उनले बताए । यदि हाइड्रोपावरकै कारणले अहिलेको अवस्था आएको देखिएमा त्यस बस्तीको बारेमा कम्पनीले थप निर्णय गरेर अगाडि बढ्ने सामाजिक परिचालक हित कुमार कार्कीको भनाई रहेको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper