Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गाउँमै उद्यमी उत्पादन गर्दै उमाकुण्ड गाउँपालिका

संवादाताः हाम्रो प्रहार
फाल्गुन १५, २०७७

रामेछाप- उमाकुण्ड गाउँपालिकाले उद्यमी उत्पादन गर्न स्थानीयहरुलाई विभिन्न तालिम दिन सुरु गरेको छ । गाउँपालिकाले जंगलमा पाइने अमला देखि किसानले उत्पादन गरेको दुधबाट बन्ने विभिन्न परिकार बनाउने तालिम संचालन गरेर गाउँमै उद्योग स्थापना गर्न सक्ने गरी १ सय २७ जना स्थानीयलाई तालिम दिन सुरु गरेको हो ।

उमाकुण्ड गाउँपालिकाको आर्थिक सहयोग र ग्रामिण विजनेश प्रमोशन प्रा.लि.को प्राविधिक सहयोगमा ८७ जना नयाँ उद्यमी उत्पादन गर्ने र ४० जना पुराना उद्यमीहरुलाई स्तरोन्नति गर्ने गरी विहिबार देखि तालिम सुरु भएको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं ४ सल्लेमा अमला, जुनार र सिस्नुबाट बन्ने विभिन्न परिकार बनाउन स्थानीयहरु तालिम लिन थालेका छन् । त्यस्तै वडा नं ४ मै दुधबाट बन्ने विभिन्न परिकारसँगै बेकरी सम्बन्धी तालिम लिन थालेका छन् ।

१५ दिन सम्म चल्ने तालिमको उद्घाटन गर्दै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँमै उत्पादन हुने विभिन्न खाद्य बस्तुबाट बन्ने नयाँ परिकार बनाउने तालिमले गाउँमा खेर जाने खाद्य बस्तुको सदुपयोग हुनुको साथै गाउँमा लघु उद्योगहरु स्थापना गरेर गाउँका युवाहरुलाई गाउँमै रोजगारी दिन सहयोग पुग्ने बताए । गाउँपालिका अध्यक्ष सुनुवरले गाउँपालिकाबाट पहिलो पटक संचालन भएको गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रममा सहभागीहरुलाई राम्रोसँग तालिम लिन अनुरोध गर्दै सीप सिकेर काम गर्न सुरु गर्ने सहभागीहरुलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उमकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदीले गरिवी निवरणको लागि लक्षित गरी संचालन गर्न लागिएको तालिमले जीविको पार्जनमा सहयोग पु¥याउँदै आत्मनिर्भमा समेत सहयोग पुग्ने विश्वस व्यक्त गरे । उमाकुहण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले तामिल पश्चात फलफुलबाट बन्ने जुस, दुधबाट बन्ने दुधजन्य बस्तु र बेकरीका परिकारहरु गाउँमै उत्पादन गर्न सकिने भएकाले शहरबाट ल्याउनु पर्ने बाध्यता हट्ने बताए ।

त्यस्तै तालिम उद्घाटन कार्यक्रममा बोल्दै ग्रामिण विजनेश प्रमोशन प्रा.लिका कार्यक्रम संयोजक युवराज सुवेदीले दक्ष जनशक्तीबाट तालिमहरु संचालन हुने भएकाले तालिमबाट अपेक्षा गरिएका उद्देश्य पुरा हुने विश्वास व्यक्त गरे ।

१५ दिन सम्म संचालन हुने सीप विकास तालिममा सिस्नुको पौडर बनाउन सिकाइने उमाकुण्ड गाउँपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता रण बहादुर कार्कीले बताए । कार्कीका अनुसार फलफुल प्रसोधन तालिमबाट अमला, अदुवा, जुनार र सुन्तलाको जुस उत्पादन गर्न सिकाइने छ । त्यस्तै बेकरी तथा डेरी सम्बन्धी तालिममा दुध तथा दुध जन्य बस्तुको परिकार बनाउन सिकाइने छ ।

बाँकी रहेका पशु पालन, आलु चिप्स र तरकारी खेतीको तालिम पनि चाँडै संचालन हुने वरिष्ठ उद्यम विकास सहजकर्ता रण बहादुर कार्कीले बताए ।

नयाँ उद्यमी उत्पादनको लागि उमाकुण्ड गाउँपालिकाको वडा नं ४ र ५ छनौट भएका छन् भने पुराना उद्यमीको स्तरोन्नति कुन वडामा गर्ने भन्ने निर्णय हुन बाँकी रहेको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper