Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

प्रजातन्त्र दिवस र यसको महत्व

संवादाताः हाम्रो प्रहार
फाल्गुन ८, २०७७

डा. डी.आर. उपाध्याय

हिजो फागुन ७ गते प्रजातन्त्र दिवस मनाइयो । यो प्रजातन्त्र दिवसको आफ्नै महत्व छ । राजनीतिक परिवर्तनको जग २००७ फागुन ७ गते बसेको हो । त्यसकारण यस प्रजातन्त्र दिवसलाई विशेष रूपमा मनाउने गरिएको छ । यस अवसरमा नेपाल सरकारको निर्णयअनुसार राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस भव्यताकासाथ मनाइँयो । देशमा पटक पटक राजनीतिक परिवर्तन भएका छन् । तर परिवर्तनबाट जनताले सोँचे बमोजिमका अपेक्षा पुरा नभएको पाइन्छ । जब देशमा राजनीतिक परिवर्तन हुन्छ ,त्यसको सुरुवाती दिनदेखि केही समय जनता उत्साहित हुन्छन् । जब समय बित्दै जान्छ ,तब कुनै पनि शासनबाट जनता सन्तुष्टि हुन सक्दैनन् । र आफ्नो अधिकारको लागि भन्दै कुनै समूह वा पार्टीको समर्थन गरेर विद्रोह गरेको हामीले इतिहासमा पाउँछौँ ।

जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धी हरुको रक्षा गर्नु सरकार र जनताको कर्तव्य हो । शासकले आफ्नो र आफ्नो वरिपरि रहेका आसेपासे , नातागोतालाई मात्र हेर्ने जनताको अवस्था नबुभ्mने प्रवृति र संस्कारले जनता असन्तुष्टि भइ परिवर्तनलाई साथ दिन्छन् । जनताले राणा शासनको अन्त्य गरि प्रजातन्त्र ल्याए । त्यसैगरि पञ्चायती व्यवस्थालाई फाली बहुदलीय व्यवस्था ल्याए । त्यो व्यवस्था ल्याउन काँग्रेस र कम्युनिष्ट मिलेर संयुक्त आन्दोलन गरे । त्यसपछि त्यो संयुक्त आन्दोलनको बलमा २०४६ चैत २६ गते प्रजातन्त्र पुनस्र्थापना भएको थियो । ०४६सालमा ल्याएको बहुदलीय व्यवस्था पनि एक दशक पछि पूर्वराजा ज्ञानेन्द्रको हात बाट खोसियो । गुमेको प्रजातन्त्र लाई फर्काउन २०६२/२०६३ को संयुक्त जनआन्दोलन –२ गर्नुपरेको थियो । त्यही आन्दोलनको बलमा मुलुकलाइ यो अवस्थामा ल्याएको हो । अहिले सम्मको प्राप्त उपलब्धी त्यसैको परिणाम हो । यसको रक्षा गर्नु हामी सबै नेपालीको साझा कर्तव्य र दायित्व दुबै हो ।

हरेक परिवर्तनको आ आफ्नै विशेषता हुन्छ । कतिपय देशमा प्रजातान्त्रिक शासन व्यवस्था राम्रो हुँदा ती देशहरु विकसित भएका प्रशस्त उदाहरण पनि छन् । नेपालमा भने प्रजातन्त्र नफापे जस्तो देखिन्छ । कारण के हो भने नेतृत्व वर्ग इमान्दारी र दुरदर्शी भएनन् । ०४६ वा ०६२ मा भएका आन्दोलनको बलमा प्रजातन्त्र पुनस्र्थापना, संविधान सभाले बनाएको संविधान, त्यसको कार्यान्वयनले समानुपातिक समावेशी शासन पद्धतिको जग बसाल्न र नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन २००७ फागुन ७ को ठूलो भूमिका रहेको छ ।

Related Posts

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने
खेलकुद

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

संवादाताः हाम्रो प्रहार
कार्तिक १०, २०८२
0

रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन्...

पुरा पढ्नुहोस्
आफैँप्रति निर्मम बनौँ !
विचार

आफैँप्रति निर्मम बनौँ !

संवादाताः हाम्रो प्रहार
कार्तिक ४, २०८२
0

हामीले सानै उमेरदेखि परिवर्तनको बाटो खोज्यौँ । त्यस्ता साहित्य खोजी खोजी पढ्यौँ । जुन साहित्यले क्रान्तिको मार्ग फराकिलो बनाउँछ ।...

पुरा पढ्नुहोस्
उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को
विचार

उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८२
0

१.परिचयप्राकृतिक रुपमा प्राप्त अवयब हरुलाई स्वरुप परिवर्तन गरि प्राणी जगतलाई उपयोगी सामाग्री तथा सेवाको नयाँ सिर्जना गर्नु नै उद्यम गर्नु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper