Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

संसदीय व्यवस्थाको विडम्वना

संवादाताः हाम्रो प्रहार
फाल्गुन ५, २०७७

डा. डी.आर. उपाध्याय

पछिल्लो राजनीतिक घटनाक्रमले देश जटिल मोडतिर धकेलिएको छ । यो चिन्ताको विषय हो । केही समयदेखि मुलुक आर्थिक, राजनैतिक र संवैधानिक संकटमा छ । राजनैतिक परिवर्तन पछि पटक पटक नेताहरूले जनतालाई भ–याङ बनाएर सत्तामा जाने गरेका छन् । सत्तामा गएपछि सबै कुरा बिर्सने परम्परागत संस्कृतिको विकास भएको छ । यसले गर्दा पनि आम नागरिक दलप्रति असन्तुष्ट छन् । यसो हुनुमा दलहरु नै दोषी छन् ।केपी ओली खेमाको नेकपाले चुनावी सभा गर्दै हिडेको छ । चुनाव हुन्छ या हुँदैन त्यो भने भन्न सकिने अवस्था छैन । देश कोरोनाको कारण उत्पन्न समस्याले झेलिँदै गएको छ । गरिखाने वर्ग झन पछि झन गरिबीमा धकेलिँदै छन् । यस्तो बेलामा निर्वाचन गर्न खोजेर देशलाई आर्थीक संकटमा पार्न खोजिँदै छ । बजार अनियन्त्रित भइरहेका बेला बेमौसमको चुनावले आउँदा दिनको बजार कहाँ पुग्ला ?यो नै गम्भिर विषय हो । पैसा बिना चुनावमा उम्मेदार बन्न पनि सकस परिरहेको अवस्था छ । जो सँग पैसा छ ,उसैको हातमा टिकट थमाइदिने लामो समयदेखिको राजनैतिक प्रवृति अझै पनि कायम छ । पैसा नहुनेले झट्ट टिकट नै पाउँदैनन् यदि टिकट पाइहाले पनि जित्ने संम्भावना अत्यन्त न्युन हुन्छ ।

संसदीय व्यवस्थामा चुनाव महँगो बन्दै गएको छ । विगतमा आफ्नो पार्टी र देशको निम्ती त्याग तपस्या गरेका विभिन्न पार्टीका नेताहरु पैसाको अभावले चुनावमा उठ्ने आँट गर्दैनन् । यस्तो छ संसदीय व्यवस्थाको विडम्वना । जबसम्म राजनीतिलाई समाजसेवाका रुपमा हेरिदैन तब सम्म यस्ता समस्याहरु बारम्बार दोहोरिरहन्छन् । देशलाई संकटबाट बचाउँन देशभक्त नेपालीहरु आफै जाग्नु पर्छ । देशको भविष्य सुधार्न सबै पक्ष इमान्दारीका साथ लाग्नु पर्छ । देशमा अधिनायकवाद वा त्यस्तै कुनै पनि तानाशाह टिक्न सक्दैनन् । कसैले त्यस्तो सोचेको छभने त्यो केबल दिवा सपना मात्र हो । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । यहाँ अरु कुनै विकल्प छैन । स्पष्ट खाका र मार्ग दर्शन दिन नसक्ने कुनै नेताको काम छैन ।

अब देशलाई क्षमतावान नेताको आवश्यकता परेको छ । अब अल्मलिने बेला छैन । देशलाई माथि उठाउँन सक्ने सक्षम र योग्य नेताको जरुरी छ । अब देश हाँक्ने राजनीतिक दल र तिनका नेताहरुको इमान्दारीताको खाँचो छ । नेकपालाई दुईतिहाइको बहुमत नपचेर संसद विघटन ग–यो । जसको कारणले देशमा धेरै समस्याहरु उत्पन्न भएका छन् । वर्तमान समयमा उत्पन्न राजनैतिक र संवैधानिक संकट समाधान गरी छिटो निकास खोजिनु पर्छ ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper