Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली नगरपालिकाको गाउँ–गाउँमा स्वास्थ्य शिविरः नौ सय बढीले गाउँमै पाए सेवा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २, २०७७

रामेछाप- मन्थली नगरपालिकाले जेष्ठ नागरिक र महिलाहरुका लागि लक्षित गरेर गाउँ–गाउँमा लगेको निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ८३ जनाले सेवा पाएका छन् । सहज रुपमा स्वास्थ्य संस्थाहरुमा पुग्न नसक्ने जेष्ठ नागरिक र स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरुलाई लक्षित गरी गाउँमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षाण र उपचार हुने व्यवस्था सहित संचालन गरिएको शिविरबाट ९ सय ८३ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

सुविधा सम्पन्न अस्पतालहरुमा आउन नसक्ने जेष्ठ नागरिकलाई लक्षित गरी ल्याव सहितको जेष्ठ नागरिक स्वास्थ्य शिविर मन्थली नगरपालिकाको वडा नं ३, ८, ११, १२ र १४ मा संचालन भएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले बताए । नगरका पाँच ओटा वडामा पाँच दिन चलेको शिविरबाट ७ सय ५८ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख फुयालले बताए । फुयालका अनुसार ७ सय ५८ जनामा ग्यास्टिक, जोर्नी दुख्ने रोग, दम, सुगर, प्रेसर, ढाड दुख्ने जस्ता समस्या देखिएको र उनिहरुलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराईएको छ ।

त्यस्तै मन्थली नगरपालिकाको वडा नं ६ बेतीनी र वडा नं ८ चिसापनीमा महिलाहरुका लागि लक्षित गरी राखिएको स्त्रीरोग (आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर परिक्षण) सम्बन्धी शिविरबाट २ सय २५ जना महिलाले सेवा लिएका छन् । स्त्रीरोग, आङ खस्ने समस्याको उपचार र पाठेघरको मुखको क्यान्सर परिक्षणमा सहभागी भएका महिला मध्ये करिव १० प्रतिशत महिलाहरुमा सामान्य समस्या देखिएको हुँदा उनिहरुको शिविरमै उपचार गरिएको र थप उपचार गर्नु पर्ने महिलाहरुलाई थप उपचारको लागि सम्बन्धित अस्पतालहरुमा जान अनुरोध गरिएको पनि स्वास्थ्य शाखा प्रमुख केशव फुयालले बताए ।

गाउँ–गाउँ पुर्‍याउने स्वास्थ्य शिविरलाई निरन्तरता दिन्छौ– नगर प्रमुख बस्नेत

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले विगतका वर्ष देखि नै संचालन गर्दै आएको गाउँ–गाउँ पुर्‍याउने स्वास्थ्य सेवालई निरन्तरता दिने बताएका छन् । प्रत्येक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क लिन पाउने मौलिक हक संविधानमै भएकाले राज्यले त्यसको जिम्मेवारी लिनु पर्छ भन्ने कुरालाई समेत आत्मासाथ गर्दै नगरपालिकाले गाउँ–गाउँ लगेको स्वास्थ्य शिविरलाई निरन्तरता दिने नगर प्रमुख बस्नेतको भनाई रहेको छ । नगर प्रमुख बस्नेतले भने– ‘हामी स्थानीय सरकार भएपछि नागरिकाका हरेक कुराको ख्याल गर्नुपर्छ । नागरिकको स्वास्थ्य सेवा जस्तो संवेदनशिल कुरामा त झन हामीले धेरै ख्याल गर्नु नै पर्छ । नगरपालिकाले १४ वटा वडामा २३ ओटा स्वास्थ्य संस्था मार्फत सेवा दिइरहेको छ । तर सबै स्वास्थ्य संस्थामा सबै रोगको विषेशज्ञ सहितको डा. नभएको हुँदा विभिन्न रोगको विषेशज्ञ डा. सहितको स्वास्थ्य शिविर गाउँमा लगेका हौँ । यस्तो शिविरबाट नजिकै रहेको स्वास्थ्य संस्थामा समेत जान नसक्ने जेष्ठ नागरिक, बालबालिका, महिला लगायतले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । यसरी संचालन गरिएको स्वास्थ्य शिविरबाट कम आर्थिक अवस्था भएका नागरिकलाई बढी फाइदा भएको हामीले महसुस गरेका छौँ । त्यस्तै नागरिकहरुमा पनि आफू स्वस्थ रहनको लागि संधै स्वास्थ्य परिक्षण गराउनु पर्ने रहेछ  भन्ने सोचको पनि विकास हुन थालेको छ । यसले स्वस्थ नगरपालिका बनाउन पनि ठूलो सहयोग गरेको छ ।’

यो खबर आजको प्रहार खबर साप्ताहिकमा छापिएको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper