Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

निकास कांग्रेसले देला ?

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ पुष २७
  • 138shares

नेपालको राजनीतिक आकाश यो पुषको कठयाग्रिंदो जाडोमा एकाएक तातिएको छ । नियम, कानुन, संबिधान आफैहरुले बनाएर आफूले चाही पालना गर्नु नपरोस् भन्ने सामाजिक चरित्र बनिसकेको बेला राजनीति बेला कुबेला यसरी तात्नु स्वाभाविक नै हो । हरेक तह तप्कामा नियम कानुनको अवज्ञा ब्याप्त छ । नेपाली बिकृत मानसिकता बनिसकेको यो चरित्र देश डो¥याउने अभिभारा लिएकाहरुले पहिले पनि देखाएका थिए र अहिले पनि देखिएको छ । नागरिक तन्त्र या जनतातन्त्र वास्तवमा नैतिकता, इमान्दारिता र अनुशासनको झिनो त्यान्द्रोको भरमा अडिएको हुन्छ । यो त्यान्द्रोलाइ चुडाल्नासाथ बेथिति सुरु हुन्छ । जसले जनतान्त्रिक ब्यबस्थाको धज्जी उडाउछ । जो अहिले देखिएको छ ।

हामीले गर्ने राजनीति नागरिकहरुको अधिकार सुरक्षित राख्न, सुशासन दिन, र समृद्धि ल्याउन भन्ने बासी आश्वासन बाँडेको बाड्यै छन् । ठीक त्यसको विपरित देश डो¥याएको डो¥याएकै पनि छन् । देश उल्टो बाटो हिडेको हिड्यै छ ।  निरोको बाँसुरीको कथा जस्तै डढेलो लागेको देशमा शासकहरु खुशीमा बाँसुरी बजाइरहेका छन् । सम्राटको लुगाको कथा जस्तो आफु नांगै भइसक्दा पनि लुगा लगाएको अभिनय सडकभरि छताछूल्ल छ । हामी दिनरात रगत पसिना बगाएर कर तिर्ने जनताहरु उनीहरुको लागि कर मार्फत खर्च बुझाएको बुझाएकै छौ तर हात लागे सुन्य या ऋणको भारीले थिचिएको थिचिएकै छौं ।

एउटा बेथितीले भरिएको कपटपुर्ण नाटक दुइतिहाइको सरकारले देखाइरहेको छ । सामान्य ज्ञान भएको एक जनता या थोरै पनि चेतना आएको एक बालकलाइ पनि चित्त नबुझ्ने तर्कका आधारमा जनताले पाँच बर्षका लागि दिएको अभिमतलाइ कुठाराघात भएको छ । आरोप प्रत्यारोपको बर्षा भएका छन् । जुन यति तल्लो दर्जाका भाषाहरु र तर्कहरु प्रयोग भएका छन् कि जो ती सुन्ने हरेक नागरिकहरुले कठैबरा हामीले के बुझेर यो स्तरको दिमागहरुलाइ मतदान गरेछौ भनेर पश्चाताप गरिरहेका छन् ।

वास्तवमै यस्ता दुर्घटनाहरु नै नेपालको राजनितिक इतिहासमा किन घट्ने गर्छ ? के नेताहरुको पद र प्रतिष्ठाको लोभले ? या नागरिकतन्त्र चलाउन सक्ने स्तरको सोच्ने शक्ति र निर्णय क्षमता नभएर ? के उहाँहरु यो ब्यबस्थाका लागि अपरिपक्व खेलाडीहहरु हुन् ? या राजनीतिक सिद्धान्त चिज पढ्ने बस्तुमात्र हो र यसलाइ पालना गर्नु पर्दैन ? या  राजनीति गर्ने भनेका कमाउ धन्दा चलाउने र आसेपासे मोटाउन प्रयोग गरिने अस्त्र ठानिएर ? या सबैले भने जस्तो बिदेशीको इसारामा हरेक नेता चल्दछन् र उनीहरुको आफ्नो भन्ने स्वविचार केही छैन र बिदेशीका इशारामा  नाच्दछन् या छोराछोरीलाइ बिदेशमा पढाउन पठाइदिएबापत त्यो ऋण तिर्नलाइ ?

या त्याग र इमान्दारिताका राजनीति  र कर्म गर्नेहरु समाजका बहुलाहरु जस्ता ठानिने र मुख्याइ बलले मिचेर बिबेक सुन्य र बुद्धी नभएका, हत्या, आतंक बलात्कारबाट स्थापित ब्यक्तिहरुले राजनीति र संस्थाहरु चलाएर ? या आफ्नो भौतिक समृद्धि नै राजनीतीको सफलता ठानिएर ? या यो ब्यबस्था प्रति नै बिश्वास नभएर ? ( बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ संसद हो भन्ने सोचमा अझै बिश्वास भएर ?)

यी धेरै अनुतरित प्रश्नहरु नेपाली जनमानसमा ब्याप्त छन् । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै देश कोरोनाले आक्रान्त छ । लाखौ मानिसहरु बेरोजगार छन्, हरेक परिवारको अर्थतन्त्र डामाडोल अवस्थामा छ । आफ्नो जीवन र परिवार पाल्न नसकेर र ब्यबसाय धरासयी भएर हारेका हजारौ ब्यक्तिहरु आत्महत्याका शरणमा गइरहेका छन् । उद्योग धन्दा, कलकारखाना, होटल ब्यबसाय, पर्यटन सम्पुर्ण धरासयी अवस्थामा छ । स्कुल, कलेजका बिद्यार्थीहरुमा निराशा छाएको छ । निजी ब्यापार ब्यबसाय चलाउनेहरु अब आउने बर्षहरु कसरी चलाउन सकिएला भन्ने चिन्तामा छन् । किसानका बालीहरुको बिमा छैन, महंगो मल र बीउहरु प्रयोग गरेर रातदिन पसिना बगाएर फलाउछन् । कौडीको भाउँमा बिचौलियालाई दिनुपर्दछ । बिचौलिया मोटाउछ । यता सर्बसाधारण जनताले महंगोमा उपभोग गर्नुपर्दछ । जसको आर्थिक हैसियत गिर्दै गएको छ ।

उता न्याय पाउनु भनेको आकाशको फल भएको छ । हत्या, बलात्कार, गुण्डागर्दी र अनैतिक कारोवार गर्नेहरु, कर छल्नेहरु, पेशाको मर्यादा नाघेर कमाउ धन्दा चलाउनेहरु, जनताको नैर्सिर्गक अधिकारबाट प्राप्त सेवा सुबिधा प्रदान गर्दा घुस खानेहरु र  ठुला ठुला भ्रष्टाचारीहरु  अहिले छाती फुकाएर हिडिरहेका छन् । न्यायप्रेमी, इमान्दार, नैतिकबान जनताहरु असुरक्षित महसुस गर्दछन् । लाग्दछ, फट्याइ, छुल्याइ , चाकडी, चाप्लुसी नगर्नु भनेको अहिलेको संस्कारमा मिल्न नसकिने हुनु या सामाजिक मान्छेमा नगनिनु जस्तो आभाष हुने खण्ड आइसकेको छ । जसले नेपालको सामाजिक संस्कृतिलाई बिकृत बनाएर उल्टोबाटो डोर्याइ रहेको छ । जसलाई समाज र देशका मैहु भन्नेहरुले अगुवाइ गरेर हिडेका छन् ।

नागरिकहरुको यो मनोदशा भएको बेला देश चलाउने नाइकेहरु जुहारी खेल्नमा मस्त छन् । कोही यो कौरव पाण्डवको जुवामा च्याखे थापेर हस्तिनापुरको सपना देखिरहेका छन् । सहोदर भाइहरुको युद्धबाट दुर्योधनले भनेजस्तो हस्तिनापुरको राज भन्दा पनि चपरा मुनिको बास प्राप्त हुने खतरा छ । जसले हालसम्मको शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिहरु समाप्त हुने नै देखिन्छ । त्यसो हो भने बि.सं २००६ सालमा पुष्पलालले देखेको सपना देखि २०५२ सालमा देखाइएको नौरंगी सपनाहरु अव कहिल्यै संस्थागत नहुने गरि अस्ताएको हो त ?

हो भने पनि केही भएन । नपुग्ने सपनाहरु र ब्यबहारमा लागु नगर्ने सिद्धान्तहरुले यो दशा भोग्नु नै पर्नेछ । यसो हुँदा पनि देश र जनताले त राहत नै महसुस गर्ला जस्तो पो छ । तर फेरि पनि देश र जनताका लागि एउटा स्वाभिमान, राष्ट्र«बादी, समृद्धीतिर डो¥याउने गतिशिल राजनीतिक दल र नेताहरु चाहिएको छ ।

त के देशलाई सामन्ती युगबाट आधुनिक युग देखाउने नेपाली कांग्रेसले यसको अगुवाइ गर्न सक्छ ? यो अहिलेको यक्ष प्रश्न हो । नेपाली कांग्रेसले पनि इतिहासमा केही गल्तिहरु गरेको छ । यसलाई प्रायश्चित गर्नुपर्छ । लोभ, पैसा, पदमा धेरै ¥याल काडेर इतिहासले दिएको सुनौलो कार्यभार पुरा गर्न सकिन्न भन्ने कुरा नेपालका त्यागी नेताहरुबाट स्थापित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले हेक्का राख्नु पर्दछ । त्यो त्याग, जो गणेशमानसिंहले देखाएका थिए, यो दन्त्यकथा बन्ने खतरा छ । त्याग जो बी.पी कोइराला, कृष्णप्रसाद भटटराइ, शुशिल कोइराला, भीम बहादुर तामाङ लगायतका नेताहरुले ब्यबहारमा परिणत गरि प्रमाणित गरेका थिए ।

के आजको यो घडिमा यी सबै कमजोरीहरुलाई छोडेर नेपाली कांग्रेसका नेताहरुबाट प्रतिपादित सैद्धान्तिक धारलाइ नेपाली कांग्रेस जुरुक्क बोकेर स्थापित गर्ने साहस राख्दछ ? के एक अर्काका झिना मसिना ब्यक्तिगत इगोहरुलाइ थाँती राखेर देश र जनताको लागि २००७ र २०४६ जस्तै इमान्दार र आमुल परिवर्तनको मसाल नेपाली कांग्रेस बोक्न सक्छ ? सक्छ भने नेपाली नागरिकहरुलाई बिश्वासमा लिएर एक पटक नेपाली कांग्रेसको आदर्शले भने जस्तै नागरिकतन्त्रद्धारा राष्ट्रियताको सम्बर्धन र समाजकल्याण बादलाई स्थापित गर्न सक्दछ ? यो सुनौलो मौका छ र इतिहासको कार्यभार बोक्न ठुलो चुनौती पनि । नभए हाम्रो देशको भविष्य अव अध्यारो सुरुंगको बाटो ओरालो लाग्दैछ । सबै राष्ट्रबादी मनहरुलाइ यो हेक्का होस् ।

मन्थली, रामेछाप ।

  • 138shares
ShareTweetPin

Related Posts

टेलिकमका हाकिम साबको संक्रान्ति बिदा सकिएको छैन, आफ्नो चाहि जागिर नै जाला जस्तो छ !
विचार

टेलिकमका हाकिम साबको संक्रान्ति बिदा सकिएको छैन, आफ्नो चाहि जागिर नै जाला जस्तो छ !

समुदायको दिगो स्वास्थ्य कार्यक्रमः ‘रोग भन्दा अस्पताल हिड्नु उत्तम’
विचार

समुदायको दिगो स्वास्थ्य कार्यक्रमः ‘रोग भन्दा अस्पताल हिड्नु उत्तम’

युवा पत्रकार विक सम्मानित
अर्थ

युवा पत्रकार विक सम्मानित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन